निर्णय नं. ३५५२ - उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५५२ - उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०५/३० २६७४ निर्णय नं. ३५५२ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४४ सालको रि.नं. २५०५ आदेश भएको मिति : २०४५।५।३०।५ मा निवेदक : वारा देवापुर गा.पं.वा.नं.८ बस्ने रामलोचन राउत अहिरसमेत विरुद्ध विपक्षी : वारा, देवापुर गा.पं.वार्ड नं. ८ बस्ने चनर जोतिया अहिरनीसमेत विषय : उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ (१) तथ्यलाई लुकाई एवं भ्रमात्मक तवरले बंग्याई पेश गरिएको प्रस्तुत निवेदमा निवेदकले सफा हात लिई अदालतमा प्रवेश गरेको नदेखिएको र यस्तो कपटपूर्ण निवेदनमा अदालतबाट सहयोग गरिनु न्यायोचित समेत नहुँदा माग बमोजिमको आदेश दिनु कानूनसंगत नदेखिने । (प्रकरण नं. १०) (२) सर्वोच्च अदालतबाट कानून बमोजिम गर्नु भनी आदेश निर्णय आदेश भइसकेको कुरामा रिट क्षेत्रबाट हेरेको भनेर त्यस आदेशलाई उल्टाउने गरी हेर्ने संवैधानिक प्रक्रिया बमोजिम दोहराई हेर्ने वा आदेश गर्ने इत्यादी कुनै कुरा गर्न नमिल्ने । (प्रकरण नं. १०) (३) विशेष जाहेरी विभाग मार्फत कानून बमोजिम गर्नु भनी हुकुम प्रमाङ्गी भइसकेको कुरालाई तथ्यभित्र पसेर यस इजलासले हेर्न मिल्ने अवस्था नभएको । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री कुलबहादुर, विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा तथा निर्णय यसप्रकार रहेछ । २. २०४०।५।२१ मा आमा चनर जोतिया अहिर र दाजु लक्ष्मी राउत अहिरउपर बारा जिल्ला अदालतमा हामीले अंश मुद्दा दायर गरी चलिरहेको हाम्रो अंश हक मेट्ने उद्देश्यले आपसी मिलेमतो गरी विपक्षी महाराज यादव धनी र आमा चनर जोतिया ऋणी भई हामी दाजु भाइलाई साक्षी समेत नराखी २०३७।२।२७ को मिति राखी रु.३१,०००।– को तमसुक बनाई २०४०।६।११ मा विपक्षी महाराज राय यादव र रामस्वरुप यादवले लेनदेनमा बारा जिल्ला अदालतमा आमा चनरउपर गरेको नालिश देखाइयो । सो को म्याद आमा चनर जोतियाले बुझी मिलोमतोबाट म्याद समेत गुजारी एकतर्फी फैसला मिति २०४०।११।२१ मा गराइएछ । सो को बिगो आमा चनर जोतिया अहिरबाट भरी भराउ हुनुभन्दा पहिले आमा चनर जोतिया अहिरले २०४०।१०।२० मा बारा जिल्ला अदालतमा पेश गरेको तायदातीमा देखाइएको चारखण्डको दुईखण्ड अंश हामीले पाउने ठहरी २०४१।२।१ मा बारा जिल्ला अदालतबाट फैसला भयो । सोउपर नारायणी अञ्चल अदालतमा परेको पुरनरावेदन २०४२।१।४ मा डिसमिस भई अन्तिम रह्यो । अंश मुद्दाको उक्त फैसला बमोजिम बारा जिल्ला अदालतबाट डोर खटाई २०४२।३।४ मा अंश छुट्याई सो को विधिवत मुचुल्का खडा गराई सो बमोजिम दाखिल खारेज गर्न मा.पो.कार्यालय बारामा च.नं.४६३९ को पत्र पठाई सो बमोजिम दाखिल खारेज भई हाम्रो नाममा जग्गाधनी प्रमाण पूर्जा समेत प्राप्त भई हाल उक्त जग्गा हाम्रै भोग चलनमा रहेको छ । विपक्षीले २०३७।२।२७ मा गर्नुभएको कपाली तमसुक जालसाजको भएकोले लिलामी आदेश हुनु अगावै २०४२।९।१५ मा फौ.मि.नं.२८५ को जालसाजी मुद्दा बारा जिल्ला अदालतमा हामीबाट दायर भयो । सो मुद्दाको कारवाही चलिराखेको बेला प्राकृतिक न्यायको समेत पालना नगरी गुपचाप मिलोपतोबाट बेरीतको लिलामी आदेश बारा जिल्ला अदालतबाट भय