निर्णय नं. ३५५३ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५५३ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/२३ २३६२ निर्णय नं. ३५५३ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रि.नं. २१९० आदेश भएको मिति : २०४५।६।२३।१ मा निवेदक : का.न.पं.वा.नं.८ बस्ने इश्वरमान मानन्धर विरुद्ध प्रत्यर्थी : शिक्षा तथा संस्कृति मन्त्रालयसमेत विषय : उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ (१) निजामती सेवा नियमावली, २०२१ को नियम ३.३(६) तथा ३.३(७) को व्यवस्था एउटै समूहको लागि मात्र बनेको र एक समूहबाट अर्को समूहमा जान फर्म भर्नुपर्ने भएकोले दर्खास्त दिनुपर्ने । (प्रकरण नं. १२) (२) बढुवा समितिले सम्भाव्य उम्मेदवार नबनाएको भनी सूचना दिएकोमा सो समितिलाई नै विपक्षी नबनाई दिएको प्रस्तुत रिटमा निवेदकको माग बमोजिम आदेश दिन नमिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकूरेल प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. मिति २०४३ साल आश्विन २१ गतेको गोरखापत्रमा श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा प्रकाशित बढुवाको सूचनामा चित्त नबुझी नि.से.नि., २०२१ को परिच्छेद ३ को नियम ३.१० अन्तर्गत ३५ दिनभित्र लोकसेवा आयोग केन्द्रीय कार्यालय कमल पोखरीमा उजूरी गरेकोमा लोकसेवा आयोग नीति नियम तथा उजूरी शाखाबाट पदोन्नति समितिले सम्भाव्य उम्मेदवार नबनाएको ठीकै देखिएको भनी ०४३।९।१८ मा निर्णय भएको जानकारी ०४३।१०।१।५ मा प्राप्त भयो । ३. मैले मिति ०१७।८।१ मा निजामति शिक्षा सेवा अन्तर्गत रा.प.अनंकित प्रथम श्रेणीमा स्थायी शिक्षक पदमा नियुक्ति पाई मिति ०२९।९।१८ मा रा.प.प्रा.तृतीय श्रेणी शिक्षा सेवाको विज्ञान शिक्षक पदमा नियुक्ति बढुवा पाई ०३०।७।१२ मा मा.वि.निरीक्षक पद रा.प.तृतीय श्रेणीमा सरुवा भई ०३४।९।४ सम्म विभिन्न जिल्लाहरुमा कार्यरत रही पुनः ०३४।९।५ देखि क्षे.शि.नि.मध्यमाञ्चल विज्ञान विशेषज्ञको रुपमा र ०३४ सालदेखि ०३९ सालसम्म क्षे.शि.नि.मध्यमाञ्चलद्वारा जिल्ला जिल्लामा सन्चालित मा.वि.तथा नि.मा.वि.स्तरमा शिक्षकहरुको लागि गणित सम्बन्धी तालीम कार्यक्रममा विशेषज्ञको रुपमा सहभागी भई कार्यक्रम सम्पादन गरी आएको, लोकसेवा आयोगद्वारा शिक्षा तथा संस्कृति मन्त्रालयको माग अनुसार ०४२।४।२ को गो.प.मा प्रकाशित सूुचना नं. १५१।०४२ मा शिक्षा सेवा अन्तर्गत शिक्षा समूहको उपसमूह गणितको लागि रा.प. द्वितिय श्रेणी सहायक सचिव वा सो सरह पद बढुवाद्वारा पूर्ती गर्ने सिलसिलामा नि.से.नि., ०२१ को परिच्छेद ३ को नियम ३.३ को उपनियम (६) अन्तर्गत दर्खास्त माग गरिएकोमा ऐ.को उपनियम (७) बमोजिम बाध्यात्मक रुपमा फर्म भरिरहन पर्ने आवश्यकता नसम्झी भरेको थिएन । म गणित समुहबाट पदोन्नतिको लागि योग्य उम्मेदवार हुँदा उम्मेदवारको सूचीमा मेरो नाम समावेश हुनपर्ने स्वतः सिद्ध छ । शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा प्रकाशित ०४३।६।२१ को सूचनामा नाम निस्केका श्री ओमकारनाथ पन्त, अर्जुनबहादुर भण्डारी दामोदर गौलीले प्राप्त गरेको अङ्क भन्दा मैले बढी अंक प्राप्त गरेको छु । मेरो जानकारीमा आएसम्म पदोन्नति हुने उम्मेदवारले कूल २२३.३३१ मात्र अंक