निर्णय नं. ३५५४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५५४ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/२३ २४२३ निर्णय नं. ३५५४ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. २२०२ आदेश भएको मिति : २०४५।६।२३।१ मा निवेदक : विराटनगर न.पं.वार्ड नं. ३ बस्ने शिवबहादुर कार्कीसमेत विरुद्ध प्रत्यर्थी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरबार समेत विषय : उत्प्रेषण (१) पत्रिकाको प्रकाशनलाई निलम्बन गर्नसक्ने अधिकार नपाएको श्री ५ को सरकारले नियमित रुपमा प्रकाशित भइरहेको पत्रिकालाई सूचना विभागमा प्रकाशित अंकहरु नियमित रुपमा पठाइएन भन्दैमा प्रकाशन निलम्बन गर्न पाउने अधिकार स्वतः नै नरहने प्रष्ट भएको हुँदा श्री ५ को सरकारले निवेदकको पत्रिका प्रकाशन निलम्बन गर्ने गरिदिएको आदेश त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की उल्लिखित मुद्दा : निवेदक पद्मभक्त खरेल वि.श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयसमेत भएको नि.नं.२७८० को निवेदनमा मिति २०४३।७।२ मा यस अदालत डिभिजन बेञ्चबाट सिद्धान्त प्रतिपादित । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निर्णय निम्नानुसार छ : २. हामी निवेदकहरु मध्ये इन्द्र काफ्ले सम्पादक र प्रकाशक भई ४१–२०३९।०४० नं. मा जिल्ला कार्यालय मोरङमा दर्ता गराई प्रकाशन गरिदै आएको साप्ताहिक दिग्दर्शन समाचार पत्रिका मिति २०४३।३।५ देखि जिल्ला कार्यालय मोरङको अनुमति पत्रानुसार शिवबहादुर कार्की प्रकाशक, जिवेश्वर लाखे प्रधान सम्पादक र इन्द्र काफ्ले सम्पादक भई नियमित रुपमा प्रकाशित गर्दै आइरहेका छौं । ३. श्री ५ को सरकार सञ्चार मन्त्रालयबाट २०४३।८।१३ मा बुझाउन भनी जिल्ला कार्यालय मोरङमा पठाएको पत्र मिति २०४३।९।१८ का दिन जिल्ला कार्यालय मार्फत गोप्य सिलबन्दी पत्र बुझी लिंदा उक्त मन्त्रालयको प.सं.८७ मिति २०४२।९।७ को अतिगोप्य पत्रद्वारा तपाईको सम्पादन तथा प्रकाशनमा रहेको उपरोक्त साप्ताहिक पत्रिकाको कुनै पनि अंक आर्थिक वर्ष २०४१।०४२ भरी नै प्रकाशन भएको प्रमाणित हुन नआएकोले छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली, २०४० संशोधन सहित २०४१ को नियम ६।७ तथा २९ को विपरीत हुन आएकोले उक्त पत्रिकाको प्रकाशन निलम्बन गर्ने गरी श्री ५ को सरकारको निर्णय भएको हुँदा आदेशानुसार जानकारी गराइएको छ भन्ने जानकारी हुन आयो सोही आधारमा प्रत्यर्थी मध्येको जिल्ला कार्यालय मोरङबाट पत्रिका प्रकाशन नगर्नु भनी मौखिक आदेश दिइयो । हाम्रो उक्त पत्रिका प्रकाशनको स्वीकृति लिएपछि नियमित रुपमा प्रकाशन भइरहेको छ र आर्थिक वर्ष ०४१।०४२ मा प्रकाशित भइरहेको छ । नियमानुसार ५।५ प्रति समयमा नै जिल्ला कार्यालय मोरङमा बुझाई हामीबाट पूरा गरिनु पर्ने दायित्व पुरा भएकोले जिल्ला कार्यालय मोरङले शिवबहादुर कार्की प्रधान सम्पादक भएको विराटनगरबाट निस्कने दिग्दर्शन साप्ताहिक पत्रिका हाल सम्म नियमित रुपमा प्रकाशित भएको कुरा प्रमाणित समेत गरिदिएको छ । यसरी नियमित रुपमा प्रकाशित भइरहेको पत्रिकालाई आ.ब. ०४१।०४२ भरी नै प्रकाशन भएको प्रमाणित हुन नआएको भनी गरेको ठहर गलत तथ्यमा आधारित छ भने प्रकाशन अनियमित रहेको मानेकै अवस्थामा पनि छा