निर्णय नं. ३५५५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५५५ - अंश भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०७/१८ २७०६ निर्णय नं. ३५५५ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ८०० फैसला भएको मिति : २०४५।७।१८।५ मा पुनरावेदक/वादी : जि.स्याङ्जा, गणेशपुर गा.पं., वार्ड नं. ४ बस्ने गोबर्धन क्षेत्रीको मु.स.गर्ने लालबहादुर खत्री क्षेत्री विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने दलबहादुर खत्री क्षेत्री मुद्दा : अंश (१) अंश मुद्दामा वादीले तारेख गुजारे पनि मुद्दा डिसमिस नगरी ठहरे बमोजिम गर्नुपर्ने । (प्रकरण नं. ११) (२) कानूनमा भए गरेको व्यवस्था अनुरुप वादीले तारेख गुजारे पनि अदालतले कानून बमोजिम ठहर फैसला गर्नुपर्ने । (प्रकरण नं. १२) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सिताराम तिवारी फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्न अनुसार छ । २. बाबा लक्ष्मण क्षेत्रीका २ श्रीमती जेठी मेरी आमा पट्टि म गोवर्धन खत्री र एक छोरी (बहिनी) र कान्छी आमा पट्टी विपक्षी दलबहादुर खत्री १ र छोरी बहिनीहरुको विवाह भइसकेको र बाबा आमा मरी सक्नु भएको ०३८।१०।१५ गते म सिलाङबाट आई विपक्षी भाइसंग बाबा आमा सबै मरे अब हामीले आफ्नो–आफ्नो बण्डा गरौं भन्दा विपक्षले आलटाल गरेका ०३८।१०।१२ गते घरमा बस्न पनि दिन्न अंश पनि दिन्न भनी अन्याय गरेको हुँदा अंशबण्डा गर्नुपर्ने अंशियारमा विपक्ष र म मात्र भएको हुँदा मानो छुट्टिएको मिति ०३८।१०।२२ गतेलाई कायम गरी चलअचल श्रीसम्पत्तिको तायदाती फाँटवारी लिई २ भाग गरी १ भाग अंश मलाई दिलाई पाउँ भन्ने समेत व्यहोराको गोबर्धन खत्री क्षेत्रीको फिराद दावी । ३. विपक्ष बेमानी दाजु हुँदा पिता माताकै पाला पिताका २ नाल पत्नी हाम्रा आमाहरुमै घरमा प्रति दिन कचिंगल भएको कारण २०१०।२।११ गते छुट्टी अंश बापतमा २२ तोला सुन र नगद रु.११,०००।– बुझी लिई भर्पाई भइसकेको हुनाले विपक्षीले पुनः मबाट अंश पाउने होइन । झुठ्ठा फिरादबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भई मिसिल सामेल रहेछ । ५. अंशको तायदाती लिनु पर्ने नपर्ने कुराको अदालतबाट आदेश हुन नपाउँदै वादीले ०४०।१०।२७ गतेदेखि नै तारेखै गुजारी बसेकोले वादीलाई मुद्दाको सबूद प्रमाण बुझी इन्साफ दिई रहन पर्ने अवस्थाको नदेखिएकाले खारेज हुने ठहर्छ भन्ने समेत शुरु स्याङ्जा जिल्ला अदालतको ०४१।११।१५।३ को फैसला । ६. शुरु स्याङ्जा जिल्ला अदालतले वादी दावी खारेज गर्ने गरी गरेको फैसला बदर गरिपाउँ भन्ने समेत वादीको पुनरावेदनपत्र । ७. अंशमा दावी गर्ने वादीले मुद्दाको कारवाहीको लागि तारेखमा रही पैरवी गर्नुपर्ने दायित्व भएकोमा स्वयं वादीले नै तारेख गुजारेबाट खारेज गर्ने गरी गरेको शुरुको फैसला मनासिब छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।१।३१।४ को फैसला । ८. प्रतिवादीबाट वादीले अंश पाउने नपाउने के हो ठहर गर्नु पर्नेमा सो नभई मुद्दा खारेज गरी मलाई अंशबण्डाको ३२ नं. ले प्राप्त हक र सुविधाबाट बन्चित गराएको काुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको निवेदनपत्र । ९.