निर्णय नं. ३५५६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५५६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०७/३० २१७२ निर्णय नं. ३५५६ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको रिट नं. १७७९ आदेश भएको मिति : २०४५।७।३०।३ मा निवेदक : वीरगंज न.पञ्चायत वार्ड नं.१३ बस्ने वर्ष ३४ को सुनिल चन्द्र वर्मा विरुद्ध प्रत्यर्थी : इन्धन संस्थान, केद्रीय कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) कुनै कर्मचारीलाई विभागीय कारवाही गर्दा विभागीय सजायको आदेश दिन पाउने अधिकारीको चित्तमा निजलाई सफाईको सबूद दिन मनासिब माफिकको मौका दिंदा अव्यवहारिक हुन्छ भन्ने लागेमा पर्चा खडा गरी त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउन वा बर्खास्त गर्न सक्नेछ भन्ने व्यवस्था भएबमोजिम पहिले नियम ३६(ग) अनुसार सजायँ गर्दा निजको आचरणमा सुधार नआई पुनः बदनियत तथा बेइमानी गरेको कारणले पछि नियम ६२(ग) को अधिकार प्रयोग गरी पर्चा खडा गरी हटाएकोलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ८) (२) इन्धन संस्थान नियमहरुको नियम १४(२) अनुरुप गयल रहेको कारणले नियम ३६ ले दिएको अधिकार प्रयोग गरी नियम ६२(ग) अनुसार महाप्रबन्धकले पर्चा खडा गरी गरेको निर्णयउपर निवेदकले पुनरावेदनको व्यवस्था छैन भने पनि नियम ४१ ले ३५ दिनभित्र सञ्चालक समितिमा पुनरावेदन दिन पाउने वैकल्पिक उपचारको बाटो भएको अवस्थामा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ९) (३) तथ्यलाई लुकाई सफा हात नलिई अदालतमा प्रवेश गर्नेलाई अदालतले सहयोग गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुनिल अधिकारी प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री राजाराम कर्माचार्य आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको विषय एवं निर्णयादेश निम्नानुसारछ । २. म निवेदक मिति २०३२।९।६ देखि इन्धन संस्थानको लेखापालमा स्थायी नियुक्ति पाई मिति २०३७।१०।२१ देखि संस्थानको जनकपुर शाखाको का.मु. शाखा अधिकृत पदमा बढुवा एवं सरुवा पाई कार्यरत रहेकोमा मिति २०४१।१।८ मा का.मु. शाखा अधिकृत बाट केन्द्रीय कार्यालय लेखापालमा सरुवाका साथै संस्थानको परिपत्र प्रतिकूल उधारो दाउरा बेचेको आरोप लगाई निलम्बन गरियो । मिति २०४१।७।३० मा प्रत्यर्थी महाप्रबन्धकज्यूबाट मेरो विरुद्धमा निर्णय हुँदा हानी नोक्सानीको बिगो मेरो तलब भत्ताबाट ७५५ का दरले कट्टा गर्ने र लेखापालबाट तल्लो तहमा घटुवा गर्ने गरिएपछि सोउपर म निवेदकले २०४१।९।५ मा प्रत्यर्थी संस्थानको सञ्चालक समितिमा पुनरावेदन गरेमा अझैसम्म विचाराधीन रहेको छ र सो घटुवा निर्णयउपर मेरो चित्त बुझेको छैन एवं सो निर्णय अन्तिम पनि भएको छैन । ३. यस्तैमा प्रत्यर्थी संस्थानबाट मिति २०४४।५।२४ मा अवकाश बारे भनी प्रेषित पत्रमा उपरोक्त विषयमा यस संस्थानको मिति ०४४।५।२२ को निर्णय अनुसार यस संस्थानको नियमावलीको दफा ६२(ग) अनुसार तपाईलाई संस्थानको सेवाबाट अवकाश दिइएको छ साथै तपाईले संस्थानलाई दिनु पर्ने जम्मा रु.१०,२००।– संस्थानको खातामा १५ दिनभित्रमा जम्मा गर्नु होला अन्यथा कानून बमोजिम कारवाई हुने व्यहोरा जानकारी गराइन्छ भनी सेवाबाट अवकाश दिइयो । सो निर्णयको नक्कल पाउँ भनी अनवरत रुपमा प्रयास गर्दा बल्लबल्ल मिति २०४४।११।१६ मा मात्र नक्कल प्राप्त गरें । उक्त पर्चामा म निवेदकलाई सात दिनभित्र हाजिर हुने वोधार्थ दिएको एवं हाजिर