निर्णय नं. ३५५८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५५८ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०८/०५ २७७७ निर्णय नं. ३५५८ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको रिट नं. १४५८ आदेश भएको मिति : २०४५।८।५।१ मा निवेदिका : का.न.पं.वा.नं.३२ डिल्लीबजार बस्ने इन्दीरा थपलिया विरुद्ध प्रत्यर्थी : श्री कर्मचारी संचयकोष सुन्धारा, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) मिति २०४३।११।३ मा दिएको सूचना मिति २०४३।११।१० मा बुझेपछि मिति २०४४।६।२ मा मात्र रिट निवेदन दर्ता भएको देखिएबाट समयमा नै यस अदालतमा प्रवेश गरेको भन्न सकिएन, यसरी विलम्ब गरी रिट क्षेत्रमा प्रवेश गरेको उचित कारण समेत निवेदकबाट खुल्न नसकेको अवस्थामा मुद्दाको तथ्यसमेत सबै कुरा विचार गर्दा अनुचित विलम्बको आधारमा समेत निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न उपयुक्त नदेखिने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्ल आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णयादेश निम्नानुसारछ : २. म निवेदिका विपक्षी संचयकोषमा सहायक पदमा कार्यरत रहेकोमा मलाई लोकसेवा आयोगको संस्थानमा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०३५ को परिच्छेद ११ को दफा १ को खण्ड (ङ) बमोजिम सो दफा लागू हुने गरी प्रत्यर्थी अध्यक्ष तथा प्रशासकले नोकरीबाट हटाउनु भयो । ३. यसरी नोकरीबाट हटाई पछि संस्थामा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०३५ को परिच्छेद ११ को दफा ९(क) बमोजिम ३५ दिनभित्र पुनरावेदन प्रस्तुत गर्नु पर्नेमा उक्त दिन ३५ को म्याद र अ.बं.६२(२) बमोजिमको म्याद समेत सुत्केरी भएको कारणले गर्दा काबु बाहिरको परिस्थिति परी गुज्रन गएकोले म्याद थामी पुनरावेदनपत्र दर्ता गरिपाउँ भनी प्रत्यर्थी सञ्चालक समितिको नाममा श्री ५ महाराजाधिराज सरकारका जूनाफमा विन्तिपत्र चढाएकोमा त्यसमा “व्यहोरा साँचो भए र म्यादभित्रै विन्तिपत्र परेको भए जनाउ पाएका मितिले १५ दिन भित्र पुनरावेदन दिए रु.१५।– जरिवाना गरी पुनरावेदन दिने गुज्रेको म्याद थामी कानून बमोजिम गर्नु प्रमांगीको जनाउ विन्तिपत्रवालालाई दिनु” भनी हु.प्र.भई आएकोले जनाउ दिएको छ भन्ने कर्मचारी संचय कोषले मलाई जनाउ पत्र दिएपछि म्यादभित्रै पुनरावेदन प्रस्तुत गरें । यसका साथै मउपर विशेष प्रहरी विभागले कर्मचारी संचय कोषका विभिन्न व्यक्तिहरुको सही कीर्ते गरी सामाजिक कार्य सापटी फाराम भरी रु.१०८६।– रकम झिकी कोषलाई हानी पुर्याई भ्रष्टाचार गरेको भन्ने आरोप लगाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) अन्तर्गत मुद्दा दायर गरेकोमा श्री बागमती विशेष अदालतले वादी दावी अनुरुपको कसूर गरेको ठहर्दछ भनी गरेको फैसला उपर श्री मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन प्रस्तुत गरेकोमा मलाई सफाई दिने ठहर भई फैसला भएपछि प्रत्यर्थी सञ्चालक समिति समक्ष मेरो पुनरावेदन विचाराधीन अवस्थामा नै रहेकोले सो मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला समेतको आधारमा बर्खास्ती बदर गरी पाउँ भनी सो फैसला समाविष्ट गरी निवेदन प्रस्तुत गरेको थिएँ । मेरो विचाराधीन रहेको पुनरावेदन र निवेदनको सम्बन्धमा मिति ०४३।९।३ मा अदालतबाट भ्रष्टाचारको आरोपबाट सफाई पाए पनि अदालती कारवाही र विभाग