निर्णय नं. ३५५९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५५९ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/१९ २४४० निर्णय नं. ३५५९ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १४६० फैसला भएको मिति : २०४५।६।१९।२ मा निवेदक : महोत्तरी सिस्वाकटैया गा.पं.को प्रधानपन्च महेन्द्रराय यादव बिरुद्ध प्रत्यर्थी : अञ्चलाधीश, जनकपुर अञ्चलाधीश कार्यालय जलेश्वरसमेत विषय : उत्प्रेषण (१) आर्थिक सहायता दिने भनी गरिएको गा.पं.को निर्णयउपर अञ्चलाधीश समक्ष परेको निवेदनमा गा.पं.लाई अधिकार नभएको भनी गा.पं.को निर्णयलाई बदर गर्ने गरी अञ्चलाधीशबाट निर्णय पर्चा भएकोमा उक्त गा.पं.ले गरेको निर्णयउपर अञ्चलाधीशले निर्णय गर्न पाउने कानूनमा व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १४) (२) अञ्चलाधीशले गरेको निर्णय पर्चामा कुन कानून अन्तर्गत निर्णय पर्चा गरिएको सो प्रष्टरुपमा पर्चाबाट नदेखिएबाट क्षेत्राधिकार विहीन अञ्चलाधीशले गरेको निर्णय पर्चा कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव प्रत्यर्थीतर्फबाट : श्री का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.प्रचण्डराज अनिल : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्न प्रकार छ । २. कुनै व्यक्ति विशेषको निजी हक अधिकार नरहेको महोत्तरी सिस्वाकटैया गा.पं.क्षेत्र भित्रको वार्ड नं. ७ मा पर्ने कुटी पोखरी भन्ने पोखरी–१, वार्ड नं. ८ मा पर्ने लोहार घर नजिकको पोखरी १, वार्ड नं. ३ मा पर्ने पूर्णी पोखरी भन्ने पोखरी–१, वार्ड नं. ५ मा पर्ने सानो कट्टीको पोखरी १, समेतका पोखरीहरु गा.पं.ऐन, २०१८ को दफा २४(१)(ख) अनुसार गा.पं.को सम्पत्ति रहेको कुरा निर्विवाद छ । ३. उक्त पोखरी मध्ये कुटी भन्ने पोखरीबाट आएको आयस्ता रकमबाट केही रकम गा.पं.को निर्णय अनुसार नि.मा.वि.सहश्रामलाई दिने भन्ने गा.पं. कार्यकारिणीबाट मिति २०४१।४।३२ मा भएको निर्णय विपरीत लागेको ठेक्काबाट आएका सम्पूर्ण आयस्ताको साथ पोखरी पनि विद्यालयलाई नै हस्तान्तरण गर्ने गरी प्रस्ताविकलाई गाउँ सभाबाट मिति २०४१।८।१६ मा समर्थन जनाई पास गर्ने गरी गा.पं.को कुटी भन्ने पोखरीको वारेको निर्णय लोहार घर नजिकको पोखरीको प्रथम किस्ताको भुक्तानी बाहेक पछि निम्न माध्यमिक विद्यालयले पोखरीको आयस्था खान पाउने गरी सम्पूर्ण कागजात विद्यालयलाई बुझाई दिने गरी अवधि नै किटान नगरी मिति २०४२।८।२२ को गाउँ पञ्चायत र सभाको निर्णय के कति रकममा वार्ड नं. ५ को कट्टी पोखरीको डाँक भएको भन्ने माइनट निर्णयबाट नदेख्नुको साथै डाँक सकार गर्ने भनेको राम भरोस–१, ललित राउत–१, तथाराज करण–१, मध्ये राम भरोस डाँक दिन बसेको गाउँ पञ्चायतको बैठकको सदस्य मध्येबाट वार्ड नं. ६ को पन्च सदस्य रसी कापरको एकासगोलको काकाको छोरा ललित राउत वार्ड नं. ५ को सदस्य पञ्च चलितर राउतको एकासगोलको छोरा र राजकरण राय वार्ड नं. १ को सदस्य पञ्च देवनन्दन रायको एकासगोलका दाजु रहेको र त्यस्तै पूर्णी पोखरीको ठेक्का तत्कालिन प्र.पं.नवलकिशोर ठाकुरले आफ्नो छोरा परशुराम ठाकुर तथा गा.पं. का सचिव–१ राम तलेवार राउतले आफ्नो एकासगोलको काकाको छोरा अर्थात भाइ रामविनोद राउतलाई संयुक्त रुपमा आपसी मिलेमतोबाट नाम मात्रको रकममा डाँक दिए लिएकोले मिति २०४४।३।११ र २०४४।४।१४ को गा.पं.को बैठकले लग