निर्णय नं. ८०६१ - कीर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०६१ - कीर्ते भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/११/०६ ४२१९ निर्णय नं.८०६१ वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी सम्बत् २०६० सालको फौ.पु.नं ...... ३२७५ फैसला मितिः २०६५।११।६।३ मुद्दा :- कीर्ते । पुनरावेदक प्रतिवादीः जि.महोत्तरी डाम्ही मडै गा.वि.स.२ मा बस्ने रणेन्द्रकुमार ठाकुर विरुद्ध प्रत्यर्थी वादीः जि.महोत्तरी डाम्ही मडै गा.वि.स.वडा न २ मा बस्ने चन्देश्वर मिश्र भुमिहार शुरु निर्णय गर्नेः मा.न्या. श्री पवनकुमार शर्मा पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री विष्णुप्रसाद ढकाल मा.न्या श्री अलिअकवर मिकरानी § हदम्यादसम्बन्धी प्रश्न कानूनी प्रश्न भएकाले यसलाई न्यायिक प्रक्रियाको प्रत्येक चरणमा उठाउन सकिन्छ । हदम्यादसम्बन्धी प्रश्न उठेमा त्यसको निराकरण गरी, दावी हदम्यादभित्र देखिएमा मात्र तथ्य र औचित्यभित्र प्रवेश गरी अदालतले ठहर इन्साफ गर्नुपर्ने । § एकपटक हदम्यादसम्बन्धी कानूनी प्रश्नको निरोपण भई टुङ्गो लागिसकेकोमा पुनः सोही प्रश्न उठाई पहिला दावी खारेज गरेकै निर्णयाधारमा पुनः दावी खारेज गर्नु प्रत्यक्ष कानूनी त्रुटिपूर्ण र यस अदालतबाट भएको फैसलाको समेत विपरीत हुने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव, विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र धीरजकुमार यादव प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री टेकबहादुर रावल अवलम्वित नजीरः नेकाप २०५५, अङ्क ११, पृष्ठ ६३६ सम्बद्ध कानूनः कीर्ते कागजको १८ नं. फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत जनकपुरको मिति २०५९।११।१९।२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत प्रतिबादीको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- म धेरै जसो अस्वस्थ रहने भएकोले खेतीको कार्य इष्टमित्रहरूबाट गराउने गरी आएको प्र.रणेन्द्र पनि मेरो परिवार भित्रकै भएकोले निजले मेरो खर्चबाट तपसिलमा लेखिएको जि.म.पडौल तिलगढ गा.वि.स वडा नं ८ कि.नं २०७, २११, २१५, २१८ र २६१ को जम्मा ज.वि. ६–२–८½ जग्गा आवाद गर्ने, आयस्ता दिने गरेको र जग्गाको तिरो इत्यादि निज रणेन्द्रले नै तिरी आएको थियो । निज माथि मैले कुनै शंका गरेको थिइन । २०४४ सालमा जग्गा आवाद गर्न खर्च मबाट माग गरिएन आवतजावत पनि एकाएक बन्द गरेकोले के भएको भनी बुभ्mन पटक पटक मानिस पठाउँदा पनि नआएको भेटन खोज्दा मसँग भेट्न पनि इन्कार गरेकोले के भएछ भनी शंका लागि पत्ता लगाउँदा सम्पूर्ण जग्गा निजले आफ्नै नामबाट आवाद गरेको कुरा २०४४।३।२७ मा थाहा पाई रणेन्द्र कुमारलाई भेटी २०४४।३।३२ गते सोधपुछ गर्दा यो जग्गा मेरो हो र २०३३।१।६ गते मेरो नाममा राजिनामा भै आएको जग्गामा तपाईको कुनै सरोकार छैन भनेबाट आश्चर्यमा परी मालपोत कार्यालय महोत्तरीबाट २०४४।६।६ मा नक्कल लिदा मेरो नाउँका सम्पूर्ण जग्गा कीर्ते चन्देश्वर खडा गरी राजिनामामा आफ्नो नाम उल्लेख गरी आफैले लिएछन् । निजले कुन चन्देश्वर खडा गरी राजिनामा गराए निजबाटै खुलाई मलाई सनाखत गराई पाऊँ । मैले राजिनामा गर्दै नगरेका लिखतका आधारमा विपक्षी प्रतिवादीले जग्गा आफ्नो नाममा गराई २०४४।३।२७ गते देखि खिचोला गरेकोले आजै जग्गा खिचोला दर्ता बदर मुद्दा दर्ता गराएको छु । रणेन्द्र कुमार र अन्तर साक्षीहरू समेत मिली कीर्ते गरेको छ तापनि साक्षीहरू अन्यत्र जिल्लाको