निर्णय नं. ३५६० - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५६० - अंश दपोट भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/११ २४२५ निर्णय नं. ३५६० ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पू.नं. ५५५, ७९९ फैसला भएको मिति : २०४५।६।११।३ मा पुनरावेदक/वादी : का.न.पं.वा.नं.१३ कालिमाटी बस्ने पूर्णबहादुर रोक्काको मु.स.गर्ने भरतबहादुर रोक्का विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने मु.स.गर्ने मनहरी रोक्का पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने मनहरी रोक्का क्षेत्री विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने भरतबहादुर रोक्का क्षेत्री मुद्दा : अंश दपोट (१) बण्डा गर्नुपर्ने आफ्नो जानकारीमा रहेको जग्गाहरु आफूले दिएको तायदातीमा देखाउनु पर्ने । (प्रकरण नं. १५) (२) आफूले आफ्नो जानकारीमा रहेको सम्पत्तिको तायदाती नदिई मोहिहक लेखिएको जग्गा कानुनी व्यवस्था बमोजिम बण्डा नलाग्ने सम्झी सोही व्यहोरा देखाई दिएको तायदातीमा नदेखाएको कारणबाट दवाउने नियतले दपोट गरेको भन्न न्यायसंगत नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर खड्का पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. हस्तबहादुरसंग अंश दिलाई पाउँ भन्ने समेत नालेश परी बागमती अञ्चल अदालत समेत बाट ४ खण्डको १ खण्ड अंश पाउने ठहरी फैसला भएकोमा विपक्षीले तायदाती दिंदा कालीमाटी गा.पं.वार्ड नं. १(ख) कि. नं. ३३ को १–५–२, ऐ.ऐ.को कि.नं.३४ को १–५–२, ऐ.ऐ.को कि.नं.४९ को १–१३–० हस्तबहादुरको नाउँमा मोहियानी कायम भएको जग्गामा रहेका २ घर मध्ये १ घर नदेखाई सो घरले चर्चेको लिग लागपात ऐ.कि.नं.६५ को १–८–० ऐ.कि.नं.४८ को ३–०–० को जग्गामा बनेको पक्की घर र सो घरले चर्चेको लिग लगापात समेत घर जग्गा तायदातीमा नदेखाएकाले अंशबण्डाका २७ नं.बमोजिम फिरादीको हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. दावीका जग्गा मेरा पिताका नाउँमा मोहियानी कायम भएको जग्गा हुँदा वादीलाई उजूर गर्ने हकदैया छैन, अ.बं.१८० नं. अनुसार दावी खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. दावीको कि.नं.४८ को जग्गामा बनेको पक्की घर वादी प्रतिवादी दुवैको आधी आधी हुने र अरुमा वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको २०४०।५।२३ को फैसला । ५. कानूनको गलत व्याख्या गरी भएको शुरुको फैसलामा चित्त बुझेन, दावी अनुसार गरिपाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुर रोक्काको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन । ६. कि.नं.४८ को जग्गामा बनेको कुरुवा छाप्रोलाई पक्की भनी बण्डा गर्ने गरेको इन्साफ चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी मनहरी रोक्काको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन । ७. का.न.पं.वार्ड नं. १३ कि.नं.४८ मा बनेको एकतले घर पक्की ईंटको गारो र फुसको छाना भएको कि.नं.४९ को काँचो ईंटको गारो र टायलको छाना भएको भन्ने समेत व्यहोराको २०४१।३।९ को सरजमीन मुचुल्का । ८. कि.नं. ३३, ३४, ४९, ६५ मु.स.गर्ने भरतबहादुरले एकलौटी खान पाउने, कि.नं.४८ दान काजीको भन्ने देखिँदा दावी नपुग्ने र सो जग्गामा भएको पक्की घरसम्म दपोट गरेको ठहरी भरतबहादुरले एकलौटी खान पाउने ठहर्छ भन्ने समेत व्यहो