निर्णय नं. ३५६१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५६१ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/२० २३९६ निर्णय नं. ३५६१ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको रिट नं. १३०४ आदेश भएको मिति : २०४५।६।२०।५ मा निवेदक : का.न.पं.वा.नं.२४ वटुटोल घर भई ऐ.वा.नं.२५ इन्द्रचोक दोकान गरी बस्ने गोपाल चित्रकार विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) जुन फैसलाको आधारमा वादीको चलन चलाउने कारवाही चलाइएको छ सो फैसलाबाट निवेदकको हक हनन् भएको भए सो फैसलामा कानून बमोजिम उजूर गर्नु पर्ने सो गरेको समेत निवेदन लेखाईबाट नदेखिएकोले यो निवेदनबाट माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८) निवेदनतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे आदेश न्या.हिरण्येश्वरमान प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. धनवीर सिं की पत्नी मान्यलक्ष्मीले सम्वत् १९४७ साल सुदी १० मा स्थापना गरेको श्री सत्यनारायण राधाकृष्णको मूर्तीको नित्य पूजा र भोज भतेर खाने खुवाउने नियम बाँधी घर गुठी राखिएको रहेछ । सोही घरको आयस्ताबाट गूठी चलाउन पर्ने कसैले पनि नियम उल्लंघन गर्न नपाउने, घर भत्के बिग्रेमा मर्मत गर्नु पर्ने, बेचबिखन गर्न नपाउने र गुठी चलाउने पालोको नामावली समेत सिलापत्र लेखी चढाएको रहेछ । उक्त घरमा निवेदक लगायत विभिन्न व्यक्तिले पसल कवल तथा कोठाहरु भाडामा लिई भोगचलन गरी वहाल बुझाउँदै आएको कुरामा विवाद छैन । गुठीयारहरु मध्ये ज्ञानेश्वरी श्रेष्ठले निवेदकलाई ब्लक नं. ८।२४ को घर मध्येको पहिलो तलाको उत्तर पट्टीको कोठा १ ज्यूताभर वहालमा बस्न पाउने गरी वार्षिक रु.१८००।– मा बसी आएको कुरा २०३६।९।३० को बहाल कबूलियतले स्पष्ट गरेको छ । यस्तो कबुलियत छँदाछँदै काठमाडौं जिल्ला अदालतबाट एक म्याद प्राप्त हुन आयो जसमा गुठी घर पसल चलन चलाई पाउँ भन्ने मुद्दामा का.जि.अ.का २०४१।७।२७ का फैसला र बागमती अञ्चल अदालतका २०४३।१०।१५ का मिलापत्र बमोजिम गुठी घर पसल चलन चलाई पाउँ भनी वादी का.जि.का.न.पं.वडा नं.२५ बस्ने बद्रीदास श्रेष्ठले दिएको दर्खास्तको सिलसिलामा डोर खटाई पठाउँदा तपाई भेट नभएको र सो घरमा तपाई समेत बहालमा बसी राखेकोले उक्त गुठी घर पसल वादीलाई चलन चलाई दिन बाधा अड्चन परेको भनी २०४४।३।२३ मा डोरबाट मुचुल्का भई आएकोले तपाईको नाउँमा यो १५ दिनको म्याद जारी गरी पठाएको छ । १५ दिनभित्र उक्त गुठी घर पसल खाली गरी दिनु भन्ने समेत उल्लेख रहेछ । ३. प्रत्यर्थीहरुका बीच मुद्दा गरी हारजित तथा मिलापत्र गरे गराएको कुरो निवेदकलाई जानकारी हुने कुरा भएन । वहाल कबुलियत बमोजिम भाडा तिरी भाडामा बसी आएको निवेदकलाई त्यसबाट असर पर्ने कुरा थिएन । बहालमा बसेको व्यक्तिलाई उठाउन र चलन लिनको लागि मुलुकी ऐन घर बनाउनेको महलको ८ र ९ नं. ले व्यवस्था गरेको छ । सो अनुरुपको मुद्दा परी चलन पाउने विपक्षको दावी पनि छैन । ज्यूताभर बस्न पाउने हक मलाई बहाल कबूलयतले दिएको छ । मिलापत्र तथा फैसला समेतले निवेदकसँग चलन पाउने भनिएको छैन । मिलापत्र र फैसलाले नभनेको कुरामा अदालत स्वयं वादी बनी चलन चलाउन नमिल्नेमा गैरकानुनी रुपको काठमाडौं जिल्ला अदालतको उक्त आदेश तथा जारी गरिएको म्याद समेत बदर गराउन अन्य उपचारको बाटो नभएकोले निवेदन गरेको छु भन्ने समेत व्यहोराको निवेद