निर्णय नं. ८०६३ - लिखत दर्ता बदर नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०६३ - लिखत दर्ता बदर नामसारी भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६३/०३/२९ ७४५२ निर्णय नं.८०६३ वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री गौरी ढकाल सम्वत २०५९ सालको दे.पु.नं. – ९२४४ सम्वत २०५९ सालको दे.पु.नं. – ९२४५ फैसला मितिः २०६३।३।२९।५ मुद्दाः लिखत दर्ता बदर नामसारी । पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही, गोनहा गा.वि.स. वार्ड नं. ७ वरसौली वस्ने पल्टन अहिर समेत बिरुद्ध प्रत्यर्थी वादीः जिल्ला रुपन्देही, कम्हरीया गा.वि.स. वार्ड नं. ७ ठाकुर वानियाको मु.स. गर्ने रामलखन वानिया पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही, गोनहा गा.वि.स. वार्ड नं. ७ पर्साहवा वस्ने चन्द्रा गडेरिया बिरुद्ध प्रत्यर्थी वादीः जिल्ला रुपन्देही, कम्हरीया गा.वि.स. वार्ड नं. ७ वस्ने ठाकुर वानियाको मु.स. गर्ने रामलखन वानिया शुरु फैसला गर्नेः मा.जि.न्या.श्री दिनेश कुमार कार्की पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री चन्द्रबहादुर कार्की मा.न्या.श्री वुद्धिप्रसाद रेग्मी § मुद्दा गर्ने पक्षले दुषित दर्ताको हवाला दिई अरुको नाम दर्ता भोगको जग्गा वदर गर्ने माग दावी जहिले पनि गर्न पाउने भनी अर्थ गर्न नमिल्ने । § जग्गाको हक स्वामित्व राख्ने व्यक्तिले त्यसको जिम्मेवारी पनि वहन गर्नु पर्ने । § मुद्दा पर्दापर्दैको अवस्थामा हक हस्तान्तरण भएको तथा सार्वजनिक सम्पत्ति समेत अन्य विषयको दर्तामा लिइने दुषित दर्ताको अर्थलाई पक्षले जुनसुकै अवस्थामा मुद्दा गर्ने पाउने खुला हदम्यादको सिद्धान्तवाट हेरिनु हुँदैन । यस्तो हुन गए हदम्याद सम्बन्धी कानूनी व्यवस्था निस्प्रयोजित हुन गई न्यायको मर्म माथि आघात पर्न जाने हुन्छ । यसरी हदम्याद नघाई परेको फिरादलाई दुषित दर्ता देखिएको भनी फिराद हदम्याद भित्रकै कायम गरी पुनरावेदन अदालतवाट भएको निर्णय मिलेको देखिदैन । (प्रकरण नं.२) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ता श्री ईश्वरीप्रसाद भटृराई अवलम्वित नजीरः नेकाप २०४३, अंक १२, निर्णय नं. २९२३, पृष्ठ ११३८ स.अ. वुलेटिन, २०५८, अंक २४, पृष्ठ ६ २०६० सालको दे.पु.इ.नं. ३८ सम्बद्ध कानूनःजग्गा पजनीको १७ नं. § जग्गा मिच्नेको १८ नं. फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍षाई हेर्ने निस्सा भए अनुसार पुनरावेदन दायरीमा दर्ता भै यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– मेरा काका सहदेव अग्रहरीले लिलाम सकार तह तह नामसारी भै मेरो अंश हकमा परी २०२७ सालमा नाप नक्सा हुँदा कायम भएको समेरी गा.पं. वार्ड नं. १ कि.नं. १५८, १६६, १६७, १७७, १८२, १८६, २६७, ३७३, ३७७, ३७८, ४०९ एवं ४१० समेतमा कायम भै कि.नं. ४१० वाहेक अन्य सवै कित्ताहरू मेरा नाउँमा दर्ता भएको र मैले अविछिन्न रुपमा भोग चलन गरी आएको कि.नं. ४१० को ज.वि. ०–३–११ जग्गामा जानाजान मेरो हक मेटाउने उद्देश्यले उल्लिखित सवै प्रतिवादीहरू मिली मेरो हक भोगको जग्गालाई चन्द्रा गडेरिनको हक भोगको भनि विपक्षी चन्द्राको नाउँमा नापी दर्ता गराई बिभिन्न मितिमा बिभिन्न व्यक्तिहरूलाई बिभिन्न र.नं. वाट लिने दिने गरी राजीनामा पारित गराई लिएको कुरा मैले ०५२।१२।८, ०५३।२।१, २०५३।४।१३ र ०५३।४।२४ का दिन सम्बन्धित राजीनामाहरूको र मिति ०५३।३।२