निर्णय नं. ३५६४ - करकापसंग कागज गराए बदर गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५६४ - करकापसंग कागज गराए बदर गरी पाउँ भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०७/१७ २६४३ निर्णय नं. ३५६४ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ६३६ फैसला भएको मिति : २०४५।७।१७।४ मा पुनरावेदक/वादी : जि.वैतडी शिवलिङ गा.पं.वा.नं.७ बस्ने हर्कबहादुर साउद विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने धनसिंह साउदसमेत मुद्दा : करकापसंग कागज गराए बदर गरी पाउँ (१) मिलापत्रको कुराहरुमा प्रहरी ऐन नियमले प्रहरीलाई कागज गराउने र जिल्ला कार्यालयले समेत मिलापत्र गराउन लेखी पठाउने अधिकारक्षेत्र भित्रको नदेखिएकोले विपक्षी प्रहरी समेतले अड्डाको काम कारवाहीको सिलसिलामा प्रहरी ऐन नियम भित्र रही काम कारवाही गरेको भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) प्रहरी समेतले गरेको काम कारवाही अड्डाको काम कारवाहीको सिलसिलामा भए गरेको नदेखिएकोले अ.बं.२९(८) बमोजिम यो फिराद अञ्चल अदालतमा लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. ११) फैसला न्या.हिरण्येश्वरमान प्रधान : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावदेनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ । २. प्रहरी इन्चार्जले बोलाएकोले प्रहरी चौकी गाजरीमा मिति २०४२।६।१४ गतेका दिन गएकोमा प्रहरी इन्चार्ज नरसिंह धामी र प्रहरी सुन्सरीले मेरो कान निमोठी उठ बस समेत गरी घाँटी च्यापी थप्पड हानी विपक्षी धौले बोहराले नमालुम के व्यहोरा लेखेको कागजमा व्यहोरा पढन नदिई नसुनाई २ ठाउँमा लेखात्मक र दायाँ बायाँ बुढी औंलाको ल्याप्चे सहिछाप गराई अब जग्गा नामसारी हुनसक्दैन जे जो गर्नु पर्छ गर्नु भनी धनसिंह, कृष्णसिंह, नरसिंहले मलाई सुनाई छोडी दिएकाले धनसिंह समेतको एकोहोरो कुरा सुनी प्रहरी इन्चार्जले अनाधिकारसंग करकापबाट मेरो कागज गराएकाले सो कागज अ.बं.२४ नं. अनुसार बदर गरी दं.स.को १२ नं. अनुसार सजायँ गरिपाउँ भन्ने समेतको मिति २०४२।७।१३ को फिराद दावी । ३. धन सिंह, कृष्ण सिंहले कुटपिट अशान्ति गरेको भनी हर्कबहादुरले जि.का.मा दिएको निवेदनबाट अवगत गरी दुवै थरलाई हाजिर गराई मिले मिलाई दिने र नमिले तारेख तोकी उपस्थित गराई दिनु भनी उक्त निवेदन साथ प्राप्त जिल्ला कार्यालय बैतडीको पत्रानुसार स्वयं उपस्थित भएका दुवैपक्षले लेनदेन विषयको मेल मिलाप गरी सोही विषय दर्साई जिल्ला कार्यालय बैतडीमा निवेदन साथ मिलापत्र समेत पठाई दिएको हो । वादीको इच्छा विरुद्ध करकापसंग अरु कुनै कागज गराएको होइन । प्रहरी ऐन, २०१२ को दफा ३८ अनुसार प्रहरी कर्मचारीलाई मुद्दा चलाउने सूचना दिई मुद्दा चलाउनु पर्नेमा कानून विरुद्धको फिराद हुँदा खारेज गरिपाउँ भन्ने समेतको प्रहरी चौकी इन्चार्ज नरसिंह धामीको प्रतिउत्तरपत्र । ४. फिराद दावी अनुसार जबरजस्तीपूर्वक विपक्षीको कुनै कागज गराएको छैन । विपक्षको हक भोगको जग्गा निजका नाउँमा नामसारी गर्न हाम्रो मञ्जूर छ भनी हामीहरुले जिल्ला माल कार्यालय बैतडीमा बयान गरिसकेकाले जग्गा विषयमा जबरजस्तीपूर्वक कुनै कागज गराउनु पर्ने प्रयोजन छैन विपक्षीले मबाट सापटी लिएका गहनाहरु बुझाउने र हामीहरुउपर जि.का. बैतडीमा गरेको उजूरमा कुनै कारवाही नगर्ने भनी मिलापत्र गर्न वादी मञ्जूर भएकोले जि.का.बाट प्राप्त पत्रानुसार मिलापत्र भएको हो । सो मिलापत्र बदर हुनसक्ने स्थिति नहुँदा सो कागज सदरै राखी झुठ्ठा उजूरबाट फुर्सद दिलाई विपक्ष वादीलाई