निर्णय नं. ८०६४ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०६४ - भ्रष्टाचार भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/११/०२ ३७६९ निर्णय नं.८०६४ वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०६१ सालको फौ. पु. नं. –––३७१४ फैसला मितिः २०६५।११।२।६ मुद्दा :– भ्रष्टाचार । पुनरावेदक प्रतिवादीः वाजुरा जिल्ला वाई गा.वि.स.वार्ड न. ६ घर भई उपत्यका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक स्व. वसन्तबहादुर बुढाको मु.स.गर्ने श्रीमती रुपा बुढा विरुद्ध प्रत्यर्थी वादीः राजनप्रसाद दवाडीको प्रतिवेदनले नेपाल सरकार शुरु फैसला गर्ने मा.न्या. श्री तपबहादुर मगर मा.न्या. श्री गोविन्दप्रसाद पराजुली मा.न्या. श्री भूपध्वज अधिकारी § प्रतिवादीको मृत्यु भइसकेको कारणले मात्र फैसलाले असर पर्ने कुरामा निजको पुनरावेदन गर्न पाउने कानूनी हक समाप्त भएको मान्न नमिल्ने । § मृत्यु भइसकेको मुद्दाको पक्षको दैयादारले निजको हकमा पुनरावेदन गर्न सक्ने । (प्रकरण नं.३) § तोकिएको तारेखका दिनभन्दा अगावै मुद्दाको पक्षको मृत्यु भएको अवस्थामा सो तोकिएको तारेखका दिन निज अदालतमा उपस्थित हुन नसक्नु स्वाभाविक भएको र यस्तो कारणवाट अदालतमा पक्ष उपस्थित हुन नसकेकोलाई अ.वं. १२४ नं. मा उल्लेख भएको मनासिव, तथ्ययुक्त र वस्तुपरक कारण मान्नुपर्ने हुन्छ । पक्षको मृत्यु भएको मनासिव कारणवाट निजलाई तोकिएको तारेखका दिन अदालतमा उपस्थित हुन नसकेको अबस्थामा अ.वं. १२४ नं. बमोजिम निजले राखेको धरौट जफत गर्न युक्तिसँगत र कानूनसम्मत समेत मान्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री नारायण वल्लभ पन्त र विद्वान अधिवक्ता श्री जगदीशचन्द्र पाण्डे प्रत्यर्थी वादी तर्फवाटःविद्वान सहन्यायाधिवक्ता श्री मोहनबहादुर कार्की अवलम्वित नजीरः सम्बद्ध कानूनः § भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ § भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) § मुलुकी ऐन अदालती वन्दोवस्तको महलको दफा ६२(३), १९३, १७६, १२४ र १२४क आदेश न्या.रामकुमारप्रसाद शाहः विशेष अदालत काठमाडौंको मिति २०६०/७/१३ को फैसला उपर प्रतिवादीको तर्फवाट विशेष अदालत ऐन २०५९ को दफा १७बमोजिम यस अदालत समक्ष पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– शाही सेना, प्रहरीमा आदेशको भरमा भर्ती हुन्छ । उनीहरूलाई कसैले छुन नसकेर बाहिर अन्य निकायमा हात हाली रहेछ । यदि हो भने सम्पूर्ण पदासिन इकाईमा हात हाल्नु पर्‍यो, देशमा मनपरीतन्त्र चल्न पाइदैन, विधिको शासन होईन, गहन अनुसन्धान हुन अनुरोध छ भन्ने उजूरी आयोगमा द. नं. ४५७३।०५८।९।१८ मा दर्ता हुन आएको । वसन्तबहादुर वुढाको प्रमाणपत्रको फोटोकपी प्रमाणीकरणको लागि पठाइएको छ भनी प्रहरी प्रधान कार्यालयको च.नं. १६७ मिति २०५९।२।३ को पत्रद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाएको । विवादित प्रमाणपत्र समेतका प्रमाणीकरण विवरण समेत संलग्न राखी पठाइएको भन्ने समेत व्यहोराको उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको मिति २०५९।१२।२० च. नं. ६४६ को पत्र । म २०३२ सालमा रि.प्र.ज. पदमा भर्ना भएकोमा ०३६ सालमा प्र.ह. पदमा, ०३९ सालमा प्र.स.नि., २०४५ सालमा प्र.ना.नि. र ०५९ सालमा प्र.नि. पदमा बढुवा भएको हुँ । विवादित प्रमाणपत्र मैले बढुवाको लागि पेश गरेको हुँ तर सो वाट मेरो बढुवा भएको होइन भन्ने समेत व