निर्णय नं. ३५६५ - जिउमास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५६५ - जिउमास्ने बेच्ने भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०७/१७ २३८७ निर्णय नं. ३५६५ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ४१४ फैसला भएको मिति : २०४५।७।१७।४ मा पुनरावेदक/प्रतिवादी : जि.बाँके फत्तेपुर गा.पं.वडा नं.१ बस्ने राजनन्दन भन्ने नन्को पाण्डे विरुद्ध विपक्षी/वादी : श्यामकुमारीको जाहेरीले श्री ५ को सरकार मुद्दा : जिउमास्ने बेच्ने (१) आफूलाई लगाइएको अपराध गरेकोमा इन्कार रही आफू देखाइएको वारदातमा गाउँघरमै नभई बर्दियामा नोकरी गरी बसेको भनी देखाई बयान गरेकोमा निजका साक्षीहरुले निजको सो इन्कारी बयान समर्थित हुने गरी बयान गरेको देखिन आएकोले शंकारहित तवरबाट प्रतिवादीले वादी दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न नसकिने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. लोग्ने राम नरेश नेपालगञ्ज गएका बखत २०३९।११।१७ गते राती अन्यायी नन्को मेरो घरमा आई आजै राती गहना नगद समेत लिई, भागी जाउँ भनी मलाई फकाएकाले मैले रु.६,०७०।– को गहना समेत लिई, निजसंग सो राति भागी गई भारत मेडकोहा गाउँ बद्रिसिंका घरमा पुर्‍याई सकेपछि २ महिना जति स्वास्नी तुल्याई रु.३,५००।– मा बद्रिसिंको हातमा मलाई बिक्री गरी निज नन्को भागी बेपत्ता भएकाले मौका पारी म पनि भागी आई २०४०।१।२२ गते आफ्नो विवाहिता लोग्ने राम नरेश दुवेको घरमा आई बसेको छु । अन्यायी नन्को पाण्डेलाई पक्राउ गरी मेरो बिगो रु.६,०७०।– को धनमाल भराई मलाई भारतमा लगी विक्री गरेमा सजायँ समेत गरिपाउँ भन्ने समेत श्यामकुमारी दुवेको जाहेरी । ३. जाहेरवालीलाई प्र.नन्को पाण्डेले फकाई लिई विदेश भारतमा बिक्री गरेको हुनुपर्छ, सो कुरा जाहेरवालीबाट प्रष्टै थाहा भयो भन्ने समेत वनवारीलाल बाहुन समेतको सरजमीन मुचुल्का । ४. सङ्कलित प्रमाणहरुबाट अभियुक्त राजनन्दन भन्ने नन्को पाण्डेले जाहेरवालीलाई विदेशमा लगी विक्री गरी मुलुकी ऐन ज्यू मास्ने बेच्नेको महल १ नं.अन्तर्गतको अपराध गरेको हुँदा निजलाई सोही १ र ५ नं. ऐन अनुसार सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ५. मेरो भाइ गोविन्द पाण्डेसँग झगडा भएकोले म ०३९।९।१ गतेदेखि बर्दिया जमुनी गा.पं.प्लट नं. २२ मा बस्ने तिलकबहादुर थापा कहाँ गई नोकरी गरिरहेको हुँदा ०३९।११।१७ गते पनि म त्यही नै छु, जाहेरवाली कहाँ थिए थाहा छैन । जाहेरवालीको लोग्नेसंग धेरै पहिले देखि पशुले खेत चरेको विषयमा झगडा भएको रिसले झुठ्ठा जाहेरी दिन लगाएका हुन । जाहेरवाली र गहना सहित लगेर पछि विक्री गरेको समेत होइन । जाहेरी र सरजमीन समेत झुठ्ठा हो भन्ने समेत प्र.राजनन्दन भन्ने नन्को पाण्डेको अदालतमा गरेको बयान । ६. जाहेरवाली नन्को को साथमा गएकी थिई । निज २०४० साल बैशाखमा घर फर्की आएपछि मलाई नन्कोले बिक्री गरेका थिए भनी भन्दा थाहा पाएको हो नन्कोले जाहेरवालीलाई बिक्री गरेको भन्ने कुरामा विश्वास लाग्छ भन्ने समेत सरजमीनका वनवारीलाल, यज्ञबहादुर थापा, बदलु भुजवा, वंश गोपाल समेतको बकपत्र । ७. प्रतिवादी दिनदिनै मेरो घरमा आएर मलाई यहाँ