निर्णय नं. ३५६६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५६६ - लेनदेन भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०७/३० २४३५ निर्णय नं. ३५६६ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ५७७ फैसला भएको मिति : २०४५।७।३०।३ मा पुनरावेदक/प्रतिवादी : जिल्ला बर्दिया पातभार गा.पं.वा.नं.९ बस्ने मणिराम थारु विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने प्रतापबहादुर शाह मुद्दा : लेनदेन (१) दावीको सबै कुरामा ठहर नगरी आंशिक रुपमा ठहर गरेकै आधारमा सो लिखतलाई सद्दे कायम गरी सो लिखतबाट भरी पाउने ठहर्‍याएको मुलुकी ऐन, अ.बं.८४(क) नं. विपरीत देखिन आएकोले शुरु र क्षे.अ.को इन्साफ बदर हुने । दावीका सबै कुरामा कानून बमोजिम जो बुझ्नु पर्ने बुझी ठहर गर्नु पर्ने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.हिरण्येश्वरमान प्रधान : म.प.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. मणिराम थारुले म बाट रु.४५,०००।– मिति ०२९।७।५ मा लिई कपाली तमसुक गरी दिनु भएको २०३९ साल माघ महिना भरमा बुझाउने भाखा गरेको २०४० साल माघ २१ गते कुरा हुँदा तिर्दिन भन्ने जवाफ दिएकोले साँवा रु.४५,०००।– र फैसला हुँदा सम्मको व्याज समेत र फिराद गर्दा राखेको कोर्टफी समेत भरी पाउँ भन्ने फिरादपत्र । ३. म विपक्षीको घरमा ३, ४ वर्ष अघिदेखि नोकर भई बसेको अवस्था मलाई सिधा साधादेखि तेरो छोरा छैन जग्गा छोरीको नाउँमा बकसपत्र गरी दे भनी २०३९ साल फाल्गुण महिनामा नेपालगञ्जतर्फ लगी बकसपत्रको कागज हो भनी कागजमा सहिछाप गराई जग्गा तेरी छोरीको नाउँमा भयो भन्नु भएको थियो तर बकसपत्र नभई रु.४५,०००।– को कागज गराउनु भएको हो वा के हो पछि सक्कल कागज देख्न पाएका बखत अ.बं.७८ नं.बमोजिम बयान गर्नेछु । मैले रु.४५,०००।– कर्जा लिएको हैन छैन भन्ने प्रतिउत्तर । ४. तमसुकमा लागेको दा.वा. ल्याप्चे सहिछाप प्रतिवादीकै हो प्रतिवादीको छोरीका नाउँमा जग्गा पास गरी दिन्छु भनी बाँके नेपालगञ्जमा वादीले प्रतिवादीलाई र निजको छोरीलाई लगी कागज लेखाई अब बकसपत्र पास हुन्छ भनी विभिन्न ठाउँमा सहिछाप गराउनु भएको थियो सो सम्बन्धमा वादीले राजापुर प्रहरी थानामा सो कागज बदरतर्फ कारवाही चलाउँदा मैले प्र.लाई कुनै कागज गराएको छैन भनी भन्नु भएको रु.४५,०००।– प्रतिवादीले वादीबाट लिएखाएको होइन जालसाज लिखत खडा गरी नालेश गरेको वादीलाई र सो कागजमा साक्षी बस्नेहरु समेतलाई सजायँ गरी लिखत तमसुक बदर गरिपाउँ भन्ने प्र.वा. मदन मोहन मिश्रको बयान । ५. प्रतिवादी मणिराम थारुले विभिन्न मितिमा विभिन्न कार्यको लागि लिएको रु.३९,१०६।– रुपैयाँ लिई सकेपछि कपाली तमसुक गर्दाका दिन रु. ५,८९४।– समेत जम्मा रु.४५,०००।– वादीबाट लिई प्रतिवादीले तमसुक गरिदिएका हुन् मैले जालसाजी गरेको होइन भन्ने समेत वादीको वा.मधुसुधन शर्माको बयान । ६. पटक–पटक लिइसकेको हिसाब गरी रु.४५,०००।– मा नपुग रु. ५,८९४।– हाम्रो रोहवरमा लिई तमसुक गरिदिएकोले साक्षी बसी दिएको हुँ भन्ने तमसुकका साक्षी वालाराम थारु, ठाकुरप्रसाद थारुको बयान । ७. ऋणी धनी दुवै थरले हाम्रो लेनदेन व्यवहार भइसकेको छ तमसुक लेखी दिनुहोस् भन्दा मैले निजहरुको भनाई अनुसार रु.४५,०००।– को तमसुक लेखी दिएको हुँ भन्ने समेत व्यहोराको लिखत साक्षी भुपेन्द्र व