निर्णय नं. ८०६५ - बाटो खुलाई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०६५ - बाटो खुलाई पाऊँ भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/१२/३० ४०६३ निर्णय नं.८०६५ वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय सम्बत् २०६५ सालको दे.पु.नं.०६५–CI–००३७ फैसला मितिः २०६५।१२।३०।१ मुद्दा :– बाटो खुलाई पाऊँ । निवेदकः रौतहट जिल्ला, गा.वि.स.राजपुर तुलसी वडा नं.१ घर भै रौतहट जिल्ला गौर नगरपालिका वडा नं.८ बाल्मीकि नगर बस्ने शकुन्तला गिरी समेत विरुद्ध विपक्षीः रौतहट जिल्ला,गा.वि.स.हथियाही वडा नं.१ घर भै हाल ऐ.गौर नगरपालिका वडा नं.८ बाल्मीकी नगर बस्ने शकुन्तला देवी शुरु फैसला गर्नेः मा.न्या. मेघनाथ भट्टराई पुनरावेदन फैसला गर्नेः मा.न्या.ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.गौरीबहादुर कार्की § बाटोको प्रयोजनकालागि दाताले प्रदान गरी कित्ताकाट गरिसकेको जग्गाको बाटो छेक्ने अधिकार प्रतिवादीमा रहेको पाईंदैन । दाताले केवल बाटोको प्रयोजनको लागि मात्र उक्त जग्गा कित्ताकाट गरी छोडेको देखिन्छ न कि घर पर्खाल तथा टहरा बनाउने प्रयोजनको लागि । दाताले नै बाटोको प्रयोजनको लागि छोडेको जग्गामा पर्खाल टहरा बनाई बाटो छेक्ने अधिकार कुनै कानूनले प्रदान गरेको नपाइने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः आदेश न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत हेटौंडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीको तर्फबाट पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :- मैले गौर दोस्तिया वडा नं.७ बस्ने धनधारी साहको नाम दर्ताको पुरेनवा गा.वि.स. वडा नं.४ कि.नं.१२६५ को ०–३–१४ जग्गाको उत्तरतर्फबाट ३ फिट बाटो छाडी उत्तर पूर्व कुनाबाट ०–०–१० जग्गाको मिति २०४७।५।५ गते राजिनामा लिखत पारीत गराई लिई उत्तरतर्फबाट ३ फिट बाटो छाडी कित्ताकाट हुँदा कायम भएको कि.नं.१३५४ को जग्गा मेरो नाममा दर्ता रहेकोले उत्तर तर्फबाट ३ फिट बाटो छाडी सो बाटोबाट दक्षिणतर्फको कि.नं.१३५५ को जग्गा कित्ताकाट हुँदा कायम कि.नं.१४३४ को ०–०–११ जग्गा विपक्षी शकुन्तला देवीको नाममा दर्ता रहेकोमा विपक्षीले मेरो घरमा आउने जाने गरेको निकास बाटोलाई दखल कब्जा गरी पर्खाल टहरा २०५९ साल कार्तिक महिनामा निर्माण गर्न लागेकोलाई मैले मनाहि गर्दा नमानी २०५९।७।२७ गते टहरा बनाउने काम पूरा गर्नु भएकोले सो सम्बन्धमा गौर नगरपालिकामा निवेदन दिएकोमा गौर नगरपालिकाबाट अमिन समेतका कर्मचारीलाई खटाई पठाउँदा कि.नं.१४३४ को जग्गा धनीले पर्खाल बनाई बाटो अबरुद्ध गरेको हो भनी मिति २०६०।६।१४ को मितिमा प्रतिवेदन पेश गरेको भए पनि बाटो खुलाउनेतर्फ नगरपालिकाबाट कार्यवाही भएको छैन । सो जग्गाको नक्सा सर्जमिन गर्न लगाई विपक्षीहरूले मेरो निकास बाटोको जग्गालाई दखल कब्जा गरी मिची बनाएको टहरा र पर्खाललाई हटाउन लगाई मेरो निकास बाटो खुलाई न्याय इन्साफ पाऊँ भन्ने समेत व्यहोराको फिराद–पत्र । साबिक पुरेनवा गा.वि.स.वडा नं.४ हाल गौर न.पा.वडा नं.८ कि.न. १४३४ को ०–०–११ जग्गा र सो मा कायम रहेको एकतल्ले पक्की भवन र उक्त जग्गामा भएको पर्खाल भान्सा पक्की घर म प्रतिवादी शकुन्तलादेवी गिरीको जग्गा घरको पूर्व उत्तरतर्फमा पक्की भान्सा घर तथा उत्तरतर्फमा रहेको पर्खाल समेत मेरो हक भोगको भएकोले वादीले बाटो निकास पाउनुपर्ने होइन छैन । मैले लिखत पारीत गराउँदा लिखतमा उल