निर्णय नं. ३५६७ - जग्गा खिचोला जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५६७ - जग्गा खिचोला जालसाजी भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०९/०६ २३८५ निर्णय नं. ३५६७ ने.का.प. २०४५ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पुर्ण इजलास नं. ८० फैसला भएको मिति २०४५।९।६।३ मा पुनरावेदक/प्रतिवादी : जि.उदयपुर भुटार गा.पं. वा.नं.३ बस्ने लालबहादुर खत्री क्षेत्री विरुद्ध विपक्षी/वादी : ऐ. वा.नं.९ हाल वा.नं. ६ बस्ने मानबहादुरको मु.स.गर्ने भक्तबहादुर सुनार कार्की मुद्दा : जग्गा खिचोला जालसाजी (१) कानूनले पारित हुनु पर्ने लिखत पारित भएको छैन भने त्यसबाट कसैको हकको स्रोत हुन नसक्ने । (प्रकरण नं. १६) (२) हक पक्का भएको जग्गा कानून बमोजिम हक हस्तान्तरण गरी गराई जग्गा प्राप्त नगरेको अवस्थामा अरु विभिन्न कृयाकलापबाट जग्गामा हक प्राप्त भयो भन्न नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत फैसला प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमतिद्वारा प्रतिवादीको परेको पुनरावेदन यस अदालतको संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णययार्थ यस इजलास समक्ष पेश हुन आएकोमा मुद्दाको तथ्य यसप्रकार छ : २. भक्तबहादुर र भीमबहादुर समेतबाट ०३, ०४, ०५, साल समेतमा पटक–पटक राजीनामा गराई लिएको माटो मुरी ६।५।४ र विर्ता पाखा बासिंटार मान्के भन्ने खेत समेत भुटार गा.पं.वडा नं.७ कि.नं.३ को १–१०–३ र सोही जामुने ७(ख) कि.नं.१८० को ०–५–१, कि.नं.१८२ को रोपनी ०–५–३ र वडा नं.७(घ) कि.नं.७८ को रोपनी १–२–३ समेतको राजीनामा गराई ०३।०४ सालको मालपोत समेत तिरी अधिया कमाउन विपक्षी लालबहादुरलाई दिएको र ज्यान मुुद्दामा म २०१० सालदेखि र छोरो भक्तबहादुर २०१६ सालदेखि डाँका मुद्दामा थुनामा परी कागतपत्रहरु प्रतिवादीले गुम पारे म २०२८।२।३० गते कारागारबाट घर आउँदा सर्भे नापी हुँदा अधियामा कमाएको जग्गाहरु मेरै हो भनी उक्त ४ कित्ता जग्गा झगडा जनाई मेरा नाममा दर्ता हुन नदिएको म्यादभित्र २ नं. नापी गोश्वारामा उजूर दिंदा अदालतमा गई निर्णय गराई लिनु भनी मिति २०३०।२।२३ मा सूचना दिएकोले नालेस गर्न आएको छु । उक्त जग्गाबाट प्रतिवादीहरुको खिचोला मेटाई मेरा नाममा दर्ता गरराई चलन चलाई पाउँ भन्ने समेत फिरादपत्र । ३. दावीको जग्गा दाता भीमबहादुर, भक्तबहादुरबाट लिई सालसालै पोत तिरी २०१४ सालमा म लालबहादुरबाट लगत भएको मानबहादुरको भए २०१४ सालमै छोरा भक्तबहादुरले दर्ता गराउन सक्नु पर्ने सो जग्गामा विपक्षीको कुनै दायित्व छैन । विर्ताको जग्गा हुँदा भक्तबहादुर, भीमबहादुरबाट दाजु भाइले लिन पाउने भई म लालबहादुरले खरीद गरी हाल भुटार गा.पं.वडा नं.७(क) कि.नं.३, १८०, १८२ वडा नं.७(घ) कि.नं.७८ मा हामी तीनैजनाको नाममा नापी दर्ता छ । वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिउत्तरपत्र जिकिर । ४. यसमा सक्कल लिखत सनाखत गराउँदा ०३।१।१२, ०३।१०।८, ०३।११।२९ गतेका राजीनामा जालसाजीबाट खडा गरी पेश गरेका हुन् भन्ने समेत प्रतिवादीको वा.वीरबहादुरको बयान र जालसाजी होइन भन्ने समेत वादीको वा.भक्तबहादुरको बयान र प्रतिवादीबाट पेश भएको राजीनामा र रसीद समेत कीर्ते जालसाजी हुन भन्ने समेत वादीको वा.भक्तबहादुरको बयान र सद्दे हुन भन्ने प्रतिवादीका वा.वीरबहादुर ततिम्बा बयान । ५. वादीको उजुर झुठ्ठा ठहर्छ भन्ने उदयपुर जि