निर्णय नं. ३५६९ - कीर्ते जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५६९ - कीर्ते जालसाजी भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१४ २२१६ निर्णय नं. ३५६९ ने.का.प. २०४५ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.इ.नं. २७ फैसला भएको मिति : २०४५।८।१४।३ मा पुनरावेदक/प्रतिवादी : त्रिभुवननगर न.पं.वा.नं.३ ढिकपुर बस्ने विमलकुमार शर्मासमेत विरुद्ध विपक्षी/वादी : जि.दाङ मानपुर गा.पं.वा.नं.४ बस्ने तेसराकुमारी उपाध्याय मुद्दा : कीर्ते जालसाजी (१) बण्डापत्र पढी सुनाई यस्को मजबून समेत सम्झाई बुझाई आफू स्वयंले सहिछाप गरी अडडबाट पारित समेत गराएको बण्डापत्रको लिखतलाई कीर्ते भन्न नमिल्ने । (प्रकरण नं. २५) निवेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्त कुंवर फैसला प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : यस सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भई निर्णयार्थ यस इजलासमा पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. ससुरा गिरीराजका छोरा जेठा मेरा पति युधिष्ठिर २००३ सालमा र ससुरा गिरीराज २००७ सालमा देहान्त भएपछि ससुराका नाउँको जग्गा देवर खगेश्वरले आफ्ना नाउँमा नामसारी गराएको देवर खगेश्वर र म एकाघरमा रहेकोले राय नमिली २०२१ साल विजया दशमीको दिन चलअचल धन सम्पत्ति बुझी म दाङ हल्वार देवर खगेश्वर लहरामा बसी अचल सम्पत्ति घर जग्गा ०२१।७।१५ मा बण्डापत्र गरेको रजिष्ट्रेशन नभएको मेरो बण्डामा परेको दाङ हलवारको ज.वि.०–१७–० बोधीप्रसादलाई ०२८ सालमा बिक्री गर्नु भएछ । त्यस्को बदला खलुवा हलोराको जग्गा भोग गर्न दिनु भएको तिर्थ ब्रत गराई सुख सन्तोषमा राखौंला अब देखि एकै घरमा बसौं भनी खगेश्वर, माधवीदेवीले भनेबाट ०२८ साल चैत्र देखि सगोल एकाघरमा बसेका थियौं पछि खान लाउनमा समेत दुःख दिएकोले बण्डा गरी ०३३।३।२९ मा बण्डापत्र कागज खडा गरी ऐ.३१ गते पास भएको माधवीदेवीका नाउँको निजको पेवाको मोहीले कमाएको विगहा ८–२–६ जग्गा मोहीकै जिम्माबाट बाली बण्डा बिक्री गरी दिने गरेको छ भनी विमलकुमार, खगेश्वरले र मेरो पेवा जग्गा छ भनी माधवीदेवीले भनेको खगेश्वरले यो जग्गा माधवीदेवीको पेवाको भनी हटक सुनाएको थुमाकुमारीबाट राजीनामा गराई लिएको जग्गा विगहा ७–१३–० विमलकुमार नागेश्वरबाट लिएको जग्गा विगहा ११–०–० जंगबहादुरलाई दिई निजबाट सट्टापट्टा लिएको जग्गा ४–७–२ समेत साविक विगहा १२–३–८ माधवीदेवीका नाउँको दाङ मानपुर गा.पं.वडा नं.४(क) कि.नं.३८६, ३८७, ३८०, ३८१, ३८२, ३१५, ३०७, ३१४, ३०१, ३९४, ३९३, ४००, ४११, ४१०, ऐ.(ख) ३३५ समेत सोह्र कित्ताको ज.वि.८–२–६ अंश लाग्ने जग्गा बण्डापत्र हुँदा माधवीदेवीको पेवा हुँदा भनी बण्डा नगरी माधवीले फाइदा उठाई खगेश्वरले फाइदा गरी दिने गरी मिलोमतोबाट झुक्याई काम गर्ने अन्यायवालाहरुलाई सजायँ गरिपाउँ झुक्याई गरेको बण्डापत्र बदर गरिपाउँ भन्ने समेतको तेश्राकुमारीको फिरादपत्र । ४. ०२१।७।१५ गते बण्डापत्र हुँदा सो भन्दा अगावै ०१९।७।२६ मा ज.वि.३–१४–१४ माधवीदेवीको पेवा धनबाट सो लहलौराको जग्गा नन्दलालबाट लिएको भई ०२१।७।१५ को बण्डापत्रबाट वादी दावी ज.वि.८–२–६ जग्गा लेखिएकोमा माधवीदेवीको पेवा धनबाट विमलकुमार नागेश्वरबाट ज.वि.११–०–० मितारियाको किन