निर्णय नं. ८०६७ - मोही प्रमाणपत्र पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०६७ - मोही प्रमाणपत्र पाउँ भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६१/१०/२९ ३१२८ निर्णय नं.८०६७, वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु संबत् २०६० सालको दे.पु.नं. ९५५१ फैसला मितिः २०६१।१०।२९।६ मुद्दाः मोही प्रमाणपत्र पाउँ । पुनरावेदक प्रतिवादीः जि. सुनसरी इनरुवा न.पा.वडा नं. ७ बस्ने गोपीलाल लुइटेल समेत बिरुद्ध विपक्षी वादीः जि. सुनसरी डुम्राहा गा.वि.स. वडा नं. ७ बस्ने बच्चा महतो अघि मुद्दा छिन्नेः भु.सु.अ. श्री रोहीत कुमार भट्टराई पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री श्यामबहादुर प्रधान मा.न्या. श्री केशवप्रसाद मैनाली § बालकृष्ण लुइटेलका नाउँमा नापी दर्ता भएको जग्गाको परशुराम उपाध्यायका नाउँबाट प्रकाशित भएको २ नं. अनुसूचिका आधारमा विपक्षीलाई मोही कायम गर्न मिल्दैन भन्ने पुनरावेदक प्रतिवादीहरूको जिकिर रहेको देखिए पनि परशुराम र बालृकष्ण तत्काल एकापरिवारका अंशियारनाताका व्यक्ति थिए भन्ने तथ्यलाई पुनरावेदक प्रतिवादीका वारेशले पुनरावेदन अदालतमा मिति २०५८।१।५ मा गरिदिएको कागजमा अन्यथा भन्न सकेको नपाइने । § स्थलगत सर्जमिन समेतबाट जग्गा साविकदेखि नै मोहीको हैसियतले जोत कमोद गर्दै आएको देखिने, जग्गाको बिभिन्न सालको बाली बुझी भरपाई गरी दिएको मिसिल संलग्न बाली बुझाएको भरपाईका प्रतिलिपिहरूबाट देखिन्छ । बाली बुझेको भरपाईका आधारमा मात्र मोही कायम हुन नसक्ने भन्ने पुनरावेदकहरूको जिकिर रहेको पाइए तापनि कुत बुझेको होइन भनी जिकिर लिन नसकेको अवस्थामा सालसालै बाली बुझी भरपाई गरी दिएको तथ्य समेतबाट आचरणगत रुपमा मोही स्वीकार गरेको देखिँदा जग्गाको मोही प्रमाणपत्र दिन मिल्ने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री कुलदेवराज शाही विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री उत्तमराज पाठक र दयाराम हुमागाइँ अवलम्वि नजीरः सम्बद्ध कानूनः फैसला न्या. भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत, बिराटनगरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अन्तर्गत मुद्दा दोहर्याई पाऊँ भनी प्रतिवादीको तर्फबाट यस अदालतमा निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०६०।२।२१ को आदेशानुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- साविक जग्गा धनी पर्शुराम लुइटेलका नाउँमा दर्ता भै हाल जग्गाधनी विपक्षीका नाउँमा दर्ता रहेको डुम्राहा गा.वि.स.वडा नं ७(ग) साविक कि.नं. ९१, ९२, कि.नं. ९१ फोड भै हाल कायम कि.नं. ४५९, ४६० कायम भै कि.नं. ९२ को ज.वि. ०.३.०, ऐ. कि.नं. ४५९ को ज.वि. ०.५.१०, ऐ. कि.नं. ४६० को ज.वि. ०.१६.८ समेत जम्मा ज.वि. १.५.१ समेत मैले साविकदेखि नै जोतआवाद गर्दै ज.ध. ले पाउनु पर्ने कुतवाली बुझाई भरपाईसमेत लिदै आएको छु । उक्त जग्गाको मोहियानी हकको पुर्जा लिन वाँकी भएको हुँदा भु.सं. ऐन, २०२१ को दफा २५ बमोजिम कारवाही गरी मेरा प्रमाणहरू समेत बुझी मोहियानी हकको प्रमाणपत्र पाऊँ भन्ने बादी दावी । बादी दावी सतप्रतिशत झुठ्ठा हो । प्रस्तुत दावीमा प्रतिवादी वनाइनु भएका गीताप्रसाद लुइटेल मिति २०५१।७।३० मै परलोक भैसक्नु भएकोले निजको शेषपछि हकखाने हकदार म लक्ष्मी देवी लुइटेलले निजको नाममा भएका सवै जग्गा जमिन नामसारी गराइसकेकी छु । निज परलोक भै सकेको हुँदा निजलाई प्रतिवादी बनाइएको दावी खारेज हुनुपर्दछ