निर्णय नं. ३५७० - उत्प्रेषणयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५७० - उत्प्रेषणयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१४ २३०६ निर्णय नं. ३५७० ने.का.प. २०४५ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट पूर्ण ई.नं. ७१ आदेश भएको मिति : २०४५।८।१४।३ मा निवेदक/प्रत्यर्थी : का.न.पं.वा.नं.३३ बस्ने छत्रकुमारी पाठक विरुद्ध विपक्षी/रिट निवेदक : ऐ.ऐ.बस्ने गेहेन्द्र देव पाठक विषय : उत्प्रेषणयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) तेरो मेरो परी हक बेहकको प्रश्न उपस्थित भएकोमा अदालतबाट हक बेहक गराई आउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं. १५) (२) तेरो मेरो परी हक बेहकको प्रश्न उपस्थित भएकोमा निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई नभएको । (प्रकरण नं. १५) निवेदक/प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल प्रत्यर्थी/कार्यालयतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहोर्याई पाउँ भनी छत्रकुमारी पाठकले चढाएको विन्तिपत्रमा पूर्ण इजलासबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४४।२।११।२ मा तोक लागी आई पूर्ण इजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा तथ्य यसप्रकार छ : २. नाप नक्शा हुँदा विपक्षी छत्रकुमारीको घरमा कि.नं.१०६७ मा रोपनी ०–१३–१–३ कायम भई नाप नक्शा भएको यसै कित्ताको दक्षिण पट्टीको कित्तामा बनेको घरको उत्तर तर्फको घरको लम्वाई बराबरको पेटी सहितको घर जग्गा कि.नं.१०६५ मा मेरो नाममा नाप नक्शा हुँदा क्षेत्रफल ०–६–०–३ भई मेरो नाममा दर्ता भएको थियो । दर्ता भएको ६ वर्ष वाद विपक्षी छत्रकुमारीले मेरो घरको उत्तर पट्टीको पेटीलाई पक्री उक्त पेटी कि.नं.१०६५ मा घुसेकोले नक्शा सुधार गरी जग्गाधनी पूर्जा पाउँ भनी ०३९।११।१५ मा निवेदन गर्नु भएको सिलसिलामा मलाई बुझोकोले मेरो घरको पेटी विपक्षीको हुन सक्तैन नापी दर्ता भएको ६ वर्ष पछि एकाको नामको दर्ताको जग्गामा मेरो घुस्यो भन्ने उजूरी लिई कित्ता संशोधन गर्न माल कार्यालयलाई अधिकार दिएको छैन भन्ने समेत मैले लिखित जवाफ पेश गरेकोमा २०४१।४।७ को सदर टिप्पणी सदर बमोजिम कि.नं.१०६५ को ०–०–०–२½ कि.नं.१०६७ मा समावेश हुँदा कि.नं.१०६७ को क्षेत्रफल ०–१३–२–१½ कायम गरी कि.नं.१०६५ मा क्षेत्रफल ०–५–३–३½ कायम गरी श्रेस्ता मिलान भएको जानकारी गराइएको छ भनी विपक्षी मालपोत कार्यालयको २०४१।४।२९ को सूचना पाउँ । ०४१।४।२ को टिप्पणी ०४१।४।३ को पत्र समेतको नक्कल ०४१।४।२९ मा सारी हेर्दा कि.नं.१०६७ को घर जग्गा छूट दर्ता गर्ने समितिबाट सिफारिश भई मालपोत विभागमा स्वीकृतिको लागि लेखी जाँदा लगत समेतमा जनाउने गरी २०४१।४।५ मा निर्देशन प्राप्त भएकोले यस कार्यालयको २०४०।८।२३ को आदेशानुसार नक्शा सुधार गरी जग्गाधनी प्रमाण पूर्जा तथा श्रेस्ता खडा गरी गेहेन्द्रदेव पाठकलाई सूचना दिने भन्ने समेत मालपोत कार्यालय काठमाडौंले २०४१।४।७ मा निर्णय गरेको रहेछ । ३. मालपोत ऐनको दफा ७ को उपदफा ३ र ऐ.को नियम ४ समेतले नाप नक्शा भएको दर्ता गर्न छूट भएको जग्गा भए नियम ४(क) बमोजिम समितिको सिफारिश साथ विभागको स्वीकृति लिई द