निर्णय नं. ३५७१ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५७१ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०७/२९ २०६६ निर्णय नं. ३५७१ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. १९७७ आदेश भएको मिति : २०४५।७।२९।२ मा रिट निवेदक : सुनसरी जिल्ला ईटहरी गा.पं.वा.नं.७ बस्ने प्रल्हादबहादुर बस्नेत विरुद्ध विपक्षी : श्री पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरसमेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) निर्णयमा प्रहरी नियमावली, ०३३ को नियम ९.१(छ) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको नभई नियम ९.१(च) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको देखिँदा निर्णयमा बर्खास्त भन्ने शब्दको प्रयोग भएकै कारणबाट प्रहरी नियमावली, २०३३ को नियम ९.१(छ) बमोजिम बर्खास्त भएको र निवृत्तिभरण पाउने कानूनी अधिकारमा समेत प्रतिकूल असर परेको भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. म निवेदक सोलुखुम्बू जिल्लाको नाम्चे प्रहरी थानामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत हुँदा स्थानीय वासिन्दाको दुई पक्षबीच झगडा भई कार्यवाहीको लागि प्रहरी थाना नाम्चेमा निवेदन दर्ता गराएकोमा उक्त अवस्थामा उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक विदामा बस्नु भएको म निवेदकले इन्चार्जको समेत काम सम्हालेकोमा दुवैपक्षलाई प्रहरी कार्यालयमा बोलाई हप्की दप्की गरी सम्झाई बुझाई अब आइन्दा झगडा गर्दैनौं भनी दुवैपक्षबीच मिलापत्रको कागज गराई पठाएको थिएँ । सोही झगडा र मिलापत्रको विषयलाई लिएर केही व्यक्तिहरुको बहकाउमा लागी स्थानीय मानिसहरुले नारा जुलुस गरेको भनी प्रत्यर्थी अञ्चल प्रहरी कार्यालयले मउपर विभागीय कारवाहीको प्रक्रिया अपनाई सेवाबाट बर्खास्त गर्न पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा मिसिल पठाइएकोमा मलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालयबाट प्रहरी नियमावली, २०३३ को परिच्छेद–९ को नियम ९(५)(ङ) बमोजिम मिति २०३३।५।१ मा भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट बर्खास्त गर्ने निर्णय गरियो । उक्त निर्णयउपर प्रत्यर्थी श्रीमान् प्रहरी महानिरीक्षकज्यू समक्ष प्रहरी नियमावली, २०३३ को ९(१०) बमोजिम ३५ दिनभित्र पुनरावेदन प्रस्तुत गरेको थिएँ । मिति २०४३।७।४ मा पुनरावेदनको निर्णय भइसकेको छ नक्कल सारी लानुहोस भनेबाट मिति २०४३।७।६ मा निर्णयको प्रतिलिपि सारी हेर्दा पूर्व क्षेत्रीय प्रहरी कार्यालयको निर्णयलाई नै सदर गरी निर्णय गरिएको व्यहोरासंग साक्षात्कार भएकोले सम्मानीत अदालत समक्ष यो रिट याचिका प्रस्तुत गरेको छु । ३. निवेदकलाई सेवाबाट बर्खास्त गर्दा प्रहरी नियमावली, २०३३ को नियम ९(६)(२) बमोजिम हुनसक्ने सजायँ प्रस्तावित गरी मलाई स्पष्टीकरण सोध्नु पर्ने बाध्यता छ । प्रस्तावित सजायँ कुन गर्ने भन्ने सम्बन्धमा प्रहरी नियमावली, २०३३ को नियम ९(९)(१) को खण्ड (क) देखि (छ) सम्म व्यवस्था गरेको छ । यसप्रकार उक्त नियम (९)(६)(२) बमोजिम ९(९)(१) को कुनै पनि सजायँ प्रस्त