निर्णय नं. २५८३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५८३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/३० १९६० निर्णय नं. २५८३ ने.का.प. २०४३ अङ्क १ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.फु.नं. ५७ आदेश भएको मिति : २०४३।१।३०।३ निवेदक : जि.सिरहा इटहरी गा.पं.वडा नं.९ बस्ने सूर्यनाथ मण्डल धानुकसमेत विरुद्ध विपक्षी : जि.सिरहा इटहरी गा.पं.वडा नं.७ बस्ने रघुनाथ साहुतेलीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कुनै जग्गाको दर्ता सम्बन्धी विवादमा हक बेहकको प्रश्‍न उठेमा उक्त जग्गा पजनीको १७ नं. अनुसार ऐनको म्यादभित्र अदालतमा नालेश गरी निर्णय गराउनु पर्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा म्याद थामी नालेश लिई कानुन बमोजिम गर्नु गराउनु भन्ने प्रमांगी बक्स पाउँ भनी रिट निवेदकहरूले चढाएको विन्तिपत्रमा डिभिजनबेञ्चबाट छिनिएको उत्प्रेषण मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी ०४१।२।९ मा तोक लागी आए अनुसार पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. जि.सिरहा साविक मौजा इटहरी प्रसाहीको तीन जना जिमिदार भएको मध्ये रघुनाथ साहुको पाँच आना ६ दाम हिस्सा जमदार सिंहको पाँच आना तीन दाम हिस्सा, र म जदुनी मण्डलको पाँच आना सात दाम हिस्सा थियो । पटवारीमा अनुग्रहलाल हुनुहुन्थ्यो । जिमिदारी हुँदाका अवस्था २००५ सालको उक्त मौजाको जमावंदी लगतको कि.नं.२२१ मा जिमिदारी कचहरी पटवारी अनुग्रहलालको डेरा समेत जनिई ०–३–१० जग्गा मध्ये ०–०–१७½ धुर रघुनाथ साहु, ०–०–१७½ पटवारी अनुग्रहलाल स्वर्गे भई निजको छोरा भुवनेश्वर लाल ०–०–१७½ धुर जमदार सिंह र ०–०–१७½ धुर म जदुनी मण्डलले भोग गरी आएका थियौं । ०२९।९।५।४ मा घरसारमा र ०२९।११।२३ मा भू.प्र.का सिरहामा रजिष्ट्रेशन गराई अनुग्रहलालको घर डेरा समेत भएको उक्त ०–३–१० को पूर्व तर्फको ०–०–१७½ घर जग्गा निज स्वर्गे भई हक खाने छोरा भुवनेश्वरलाल बाट र जिमदार सिंहको हक भोगमा रहेको ०–०–१७½ जग्गा र सोमा बनेको फुसको घर समेत म सूर्यनाथले राजीनामा गराई भोगचलन गर्दै आएको हाल सर्भे नापी भएको छैन । प्रतिरक्षी रघुनाथ साहुतेलीले निजको भाइ प्र.पं.शोभित साहुतेलीबाट यो जग्गा रघुनाथले २००५ सालमा खरीद गरी ०११ सालमा घर बनाई भोग गर्दै आएको निजको नाउँमा लगत कायम गरी दिन ०३६।९।१९ मा सिफारिश गराई सो सिफारिश सहित जग्गाको लगत कायम गरिपाउँ भनी निवेदन दिनु भयो । २००५ सालको जमावंदीमा कि.नं. २२१ को जिमिदारी कचहरी पटवारी अनुग्रहलालको डेरा भनी जनिएको ०–३–१० मिन्हैमा कायम भएको २००५ सालमा जिमिदारी खरीद गरी ०११ सालमा घर बनाई रघुनाथले भोग गर्दै आएको हुनाले गा.पं.को सिफारिश बमोजिम मालपोत विभागको ०३६।५।३१ को आदेश अनुसार ०२७ साल देखिको पोत प्रतिपक्षी रघुनाथबाट लिने गरी लगत कायम गरी दिने भनी पेश भएको टिप्पणीलाई श्री अधिकृतज्यूले मिति ०३७।१२।२० मा सदर गर्नुभयो । ३. प्रतिरक्षी रघुनाथ पाँच आना ६ दाम हिस्साको मात्र जिमिदार थियो । चार भागको एक भाग ०–०–१७½ धुर जग्गामात्र निजको हक भोगमा रहेकोमा सम्पूर्ण जग्गा लगत कायम