निर्णय नं. २५८४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५८४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/२६ २४३८ निर्णय नं. २५८४ ने.का.प. २०४३ अङ्क १ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी २०४२ सालको रिट फुलबेञ्च नम्बर ४६ आदेश भएको मिति : २०४३।१।२६।६ निवेदक : का.न.पं.वडा नं.१० बानेश्वर बस्ने कमल शमशेर राणा विरुद्ध विपक्षी : सचिव, श्री ५ को सरकार अर्थ मन्त्रालय, काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ (१) निवेदक उपर लगाइएका आरोपहरू अन्य सबूदबाट समर्थित भएको पाइँदैन, यसबाट निर्णयमा उल्लिखित कारणहरूलाई उचित र पर्याप्त कारण भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १३) (२) स्पष्ट तथ्यमा आधारित नभई दिइएको कारणहरूलाई न्यायोचित कारण भन्न सकिने देखिँदैन । (प्रकरण नं. १४) (३) प्रमाणित अभियोगमा मात्र नोकरीबाट बर्खास्त गर्न सकिन्छ भने नोकरीबाट हटाउँदा अभियोग प्रमाणित भएको हुनुपर्छ भन्ने केही छैन । (प्रकरण नं. १५) (४) नियम १०.१(६) बमोजिम नोकरीबाट बर्खास्त गरिएको स्थिति र नियम १०.१(५) बमोजिम नोकरीबाट हटाएको स्थितिमा कर्मचारीले पाउने सुविधाहरू फरक फरक छन्, निवेदकलाई दिइएको पत्रमा दुई ठाउँमा बर्खास्त शब्द परेको छ, यसबाट निर्णयकर्ताले कानुनको अध्ययन बिना नै हतार हतारमा निर्णय गरी पत्र थमाउने कार्य गरेको छ भन्ने पनि देखिने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. म निवेदक २०२२ सालमा श्री ५ को सरकारको खरिदार पदमा सेवा प्रवेश गरी २०३५ सालमा ना.सु.पदमा पदोन्नती पाई भन्सार विभाग अन्तर्गत रही विभिन्न कार्यालयमा कार्यरत रहेकोमा एकाएक मिति २०३९।२।२८ मा निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरी नि.से.नि., २०२१ को नियम १०.१(५) अनुसार भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको छ भन्ने विपक्षी महानिर्देशकले सही गरेको पत्र दिइयो । मलाई दिएको पत्रसाथ नि.से.नि २०२१ को नियम १०.९(३) अनुसार दिइनु पर्ने सजायँको आदेशको नक्कल दिइएन । सो समेत कुरा उल्लेख गरी विपक्षी सचिव समक्ष पुनरावेदन गरेकोमा महानिर्देशकबाट भएको निर्णय कानुनसंगत देखिएकोले तपाईको जिकिर पुग्न सक्दैन भनी भएको मिति २०४१।१।१९ को पुनरावेदन निर्णय मिति २०४१।१।२० को पत्रद्वारा मिति २०४१।२।२५ मा प्र्राप्त भयो । ३. निवेदकलाई भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्दा नि.से.नि., २०२१ को दफा १०.१ को देहाय (५) अनुसार गर्ने गरेको छ । सजायँ दिनु अघि स्पष्टीकरण लिनु पर्ने लिएको छैन र त्यस्तो स्पष्टीकरण लिनु अख्यितारवाला (साविक पेज नं.४) लाई अव्यवहारिक लागेमा त्यसको कारण खुलाई निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गरी बर्खास्त गर्दा पनि सो नियम १०.१ बमोजिम उचित र पर्याप्त कारण विद्यमान भएकै हुनुपर्छ । निवेदकलाई बर्खास्त गर्