निर्णय नं. ३५७२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५७२ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०३/२१ २१०७ निर्णय नं. ३५७२ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४५ सालको फौ.सा.नं. १३० फैसला भएको मिति : २०४५।३।२१।३ मा वादी : लोगे तिरुवाको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : अछाम कारागार शाखामा थुनामा रहेकी कलसी तिरुवा कमिनी मुद्दा : कर्तव्य ज्यान (१) विधुवा स्त्रीले अर्काको गर्भ बोकी जन्मेको बच्चालाई लोकापवाद र लाजगालबाट बच्न सकिन्छ कि भन्ने अभिप्रायले सम्म जन्मेको बच्चालाई मारेको भन्ने देखिएकोमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अभियुक्तलाई घटी सजायको लागि राय लगाएको मनासिब देखिँदा अपराधको अवस्था समेतबाट अभियुक्तलाई अ.बं.१८८ नं.ले कैद वर्ष १० सजायँ हुने । (प्रकरण नं. १९) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मेरो बाजे जयातिरुवा मरेपछि बजै कलशीको पेट बढी राखेको देख्ता के हो भनी सोद्धा पेटमा ग्याँस भरिएको हो भनी भन्थिन । यही साल भाद्र ५ गते बच्चा जन्माई ऐ.७ गते पेट ठीक भयो भनी रहेकी थिइन् । गोठमा स्याउला फाल्न जाँदा बोरामा मृतक शिशु लपेटी स्याउलामा लुकाई डोकाले छोपी राखेको देखी के रहेछ भनी हेर्दा भरखर जन्मेको मृतक नवजातक शिशु (छोरा) रहेछ पक्कै बजै कलशीकै कैफियत हो भनी निजलाई सोद्धा २०४१ साल कार्तिक महिनामा खड्के कठायतसंग करणी गरेको थिएँ निजकै विर्यबाट गर्भ रही बच्चा जन्मी बोरामा लपेटी लुकाई राखेको भनेकीले बालकलाई कलशीले कर्तव्य गरी मारी लुकाई राखेको पूर्ण विश्वास लागेकोले निज बजै कलशीलाई सजायँ गरी पाउँ भन्ने मिति २०४२।५।८ गतेको लागे तिरुवाको जाहेरी दर्खास्त । ३. वोरा खोली हेर्दा मृतक नवजात शिशुको दाहिने कान देखिएको दाहिने हात कुइना टेकी हत्केला उत्तानो परेको दुइटै घुँडा टेकी घोप्टो परेको गुद्दद्वारबाट पातलो दिशा निस्की पिडलामा समेत दिशा लागेको, टाउकोमा पुरै रौं आएको, मुख खुल्ला रहेको, दुवै आँखा चिम्लेको, घाँटीमा केही चिजले बाँधी रातो भएको, सो रातो दाग पुरै घाँटीको गोलाइमा भएको, शरीर पुरै निलो पँहेलो भएको, शिशुको लाश नीलो भई औंसा परी दुर्गन्ध आई पोष्टमार्टम गर्ने स्थितिमा नभएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. २०४१ साल मंसीर महिना हो खड्के कठायतले मौरको जंगलमा जबरजस्ती करणी गरेबाट निजको वीर्यले गर्भ रही भाद्र ६ गते दिउँसो ३ बजे मेरो गर्भबाट छोरा जन्मियो । बच्चा जिउँदै थियो । बच्चा पायो भनी थाहा पाइन्छकी भनी साँझपख बच्चालाई सोही बच्चाको नाभीको आन्ध्राले घाँटीमा थिची दिएकी थिएँ । बच्चाको मृत्यु भएछ । भोलिपल्ट साँझ ५ बजे थाङना सहित बोरामा लपेटी स्याउलाले ढाकी डोकाले छोपी दिएको थिएँ, साँझ नाती लोगेले देखी हल्ला गरेको थियो । बदनामी हुन्छ कि भन्ने डरले जन्मेको बच्चालाई मारी घरकै गोठमा फाली दिएको हुँ भन्ने समेत कलशी तिरुवाले मिति २०४२।५।१० मा प्रहरी अनुसन्धानमा गरी दिएको बयान कागज । ५. प्रतिवादी कलशी तिरुवा नाम गरेकी महिलाले गर्भ धारण गरी बच्चा जन्माएको देखिन्छ भन्ने समेत जि.का.स्वास्थ्य शाखा अछामले मिति २०४२।५।१० मा गरी दिएको प्रमाणपत्र । ६. यही भाद्र ६ गते कलशीले नजवात शिशु छोरा जन्माई भाद्र ६ गतेमा जन्माएका बच्चा भाद्र ७ गते गोठमा फालेकी रहिछ भन्ने कु