निर्णय नं. ३५७३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५७३ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०३/०७ २०८४ निर्णय नं. ३५७३ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४४ सालको फौ.सा.नं. ६३ फैसला भएको मिति : २०४५।३।७।३ मा वादी : मन पौड्यालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : केन्द्रीय कारागारमा थुनामा रहेको रामकाजी पौड्याल खत्री क्षेत्री मुद्दा : कर्तव्य ज्यान (१) प्रहरी र अदालतमा समेत घटनाको विवरण उल्लेख गरी वारदातमा प्रयोग गरेको खुकुरीलाई समेत सनाखत गरी सावित भई बयान गरेकोबाट अभियुक्तको मगज बिग्रेको भन्न सकिने अवस्था नभएको । (प्रकरण नं. १४) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. करिब डेढ महिना पहिले मेरो पति रामकाजीको मगज बिग्रेको हुनाले निजलाई पाटनको मानसिक अस्पतालमा भर्ना गरी १५ दिन पछि उपचार गराई केही निको भएपछि घरमा आएका थिए । २०४०।९।२७ गते दिउँसो दिनभरी घरमा नआई साँझ परेपछि घरमा आई बेसुरका कुरा गर्न लागेकाले डर लागेको हुँदा तल्ला घरकी आना तमाङ्गनीलाई साथी बोलाई ल्याई सुतेकोमा निज पति आना सुतेको कोठामा पसी आनालाई समाती जवर्जस्ती बलात्कार गर्न लागेकोले छुट्याउन भनी जाँदा मलाई पनि पिटेकोले म आनाको आमालाई बोलाउँन भनी गई हल्ला गर्दा आनाको आमा उठी दुवैजना भर्याङ्ग चढी माथि जान लाग्दा माथि छपाछप खुकुरीले काटेको आवाज आएकोले मार्ला भनी भाग्न लाग्दा निजले हामीलाई लखेटे । आनाको आमा लडेकीले निजलाई काटी हाल्यो म चाहीं भागी बाँचे । निज तलतिर लागे पछि आफ्नो घरको चोटाहरुमा गई हेर्दा आना, छोरी उर्मिला, छोरा चिरन्जीवी र ध्रुव समेत ४ जनालाई काटी मारी सकेको दृष्य देखेको हुँदा प्रहरी अधिकृत समेतको डोरैमा यो जाहेरी दर्खास्त दिएकी छु । अपराधीको खोज तलास गरी ज्यानसम्बन्धीका महल बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मन पौडेल क्षेत्रीनीको २०४०।९।२८ को जाहेरी दर्खास्त । ३. चिरन्जीवी पौडेलको लाश हेर्दा दायाँ हातको हत्केला मुनी अं.२ लामो काटेको घाउ, चिउडोमा काटेको ठूलो चोट भएको, च्यापुदेखि पछाडि गर्दनको आधी भाग सम्म पुग्ने गरी काटेको धारिलो हतियारको गहिरो चोट, दाहिने कान समेत काटिएको देखिएको, ध्रुव पौडेलको लाश हेर्दा टाउकाको पछाडि पट्टिको भाग धारिलो हतियारले काटेको ठूलो चोट । पिठ्यूँको भागमा २ वटा गहिरो चोट, दायाँ कानको भाग समेत काटेको देखिएको, उर्मिला पौडेलको लाश हेर्दा पछाडि पट्टि गर्धनमा टाउकाको भाग समेत काटिने गरी धारिलो हतियारले काटेको, ठूला ठूला २ वटा चोट कान देखि गर्धन कन्चट सम्म पुग्ने गरी धारिलो हतियारले हानेको ठूलो चोट, योनीबाट वीर्य झरी पेटिकोटमा लागि सुकिरहेको देखिएको भन्ने समेत व्यहोराको मिति २०४०।९।२८ को लाश प्रकृति मुचुल्का । ४. गाउँका श्री राम गौतमको जग्गा बाबुका पालादेखि मोहियानीमा कमाई आएकोमा मोहियानीको क्षति पूर्ति लिई जग्गा छाड्ने सम्बन्धमा गाउँ समाज मै छलफल हुँदा गाउँकै तिर्थप्रसाद पौडेलले मेरो मुखमा थुकी दिएकाले निज तिर्थप्रसाद समेत सँग रीस उठिरहेको थियो यस्तैमा मिति २०४०।९।२७ का रात मेरी श्रीमतीले साथ ल्याएकी आना तमाङ्गनी मेरै घरमा सुतिरहेको हुँदा निज सँग करणी गर्न माग्दा कराएकीले मेरै घरको खुकुरीले निज आना तामाङ्गनीलाई काटी मारी दिएँ र त्यसपछि क्रमशः मेरै छोरी उर्मिला, छोरा