निर्णय नं. २५८६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५८६ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/२५ २१४९ निर्णय नं. २५८६ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०४२ सालको रि.नं. १६२२ आदेश भएको मिति : २०४३।१।२५।५ निवेदक : नुवाकोट खड्गभञ्ज्याङ गा.पं.वडा नं.७ बस्ने टेकनाथ रिमाल विरुद्ध विपक्षी : भूमिसुधार मन्त्रालय सिंहदरबारसमेत विषय : उत्प्रेषण (१) कसैले कसैलाई विपक्षी बनाई फिराद वा उजूर दिए जस्तो गरी समिति समक्ष निवेदन दिएको नभई आ–आफ्नो भएको प्रमाण देखाई निवेदन दिएकोले विषयवस्तुको रुपबाट कुनै व्यक्तिले अरु कुनै व्यक्तिउपर कुनै जग्गाको सम्बन्धमा मुद्दा दायर गरेको भन्न सकिने अवस्था छैन । (प्रकरण नं. ११) (२) बुझ्नु पर्ने श्रेस्ता प्रमाण बुझी त्यसको आधारमा गरेको निर्णयलाई कानुनी त्रुटिपूर्ण भएको भन्न मिल्ने अवस्था नहुँदा माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री शिवानन्ददाश सरस आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : जग्गा दर्ता तथा हदबन्दी कार्यान्वयन समितिको २०४२।३।३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता हुन आएको आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. निवेदकको नाममा साविक देखि तिरो तिरान गरी आएको सर्भे नापी नक्शा हुँदा निवेदकको नाममा फिल्डबुकमा जनिएको भोगचलनको रैकर जग्गा खड्ग भञ्ज्याङ गा.पं.वडा नं.७ कि.नं. ५४७ कायम भएको उक्त जग्गाको दर्ता गरी जग्गाधनी दर्ता प्रमाण पूर्जा पाउँ भनी विपक्षी समितिले प्रकाशित गरेको सूचना अनुसार निवेदन दिएको र सोसँग सम्बन्धित प्रमाण पनि पेश गरेकोमा विपक्षी समितिले सम्पूर्ण सबूद प्रमाणको आधारमा प्राप्त अधिकारको अवज्ञा गरी मैले दर्ता गरी ज.ध.प्र.पु. पाउँ भनेको जग्गा विपक्षीको नाउँमा दर्ता गर्ने गरी २०४२।३।३ मा निर्णय गरेको २०४२।४।३० मा जनाउबाट थाहा पाएँ । ३. निवेदकले आफ्नो दावी जग्गाको श्रेस्ता मोठ लगत मालपोत तिरेको रसीदहरू समेत प्रष्ट उल्लेख गरेको छु । विपक्षी समितिले पूर्णजङ्गको परिवार भनिएका वीरजङ्ग शाह, भगवती शाह, हिरण्यजंग शाह, केशरीकुमारी शाह, केशरीदेवी शाह समेतको जग्गा दर्ता गरी ज.ध.प्र.पूर्जा पाउँ भनी दिनु भएको छुट्टाछुट्टै निवेदन र म समेतका सयौं व्यक्तिहरूले आफ्नो आफ्नो भोगाधिकारको जग्गा दर्ता गरी ज.ध.प्रमाण पूर्जा पाउँ भनी दिएको छुट्टा छट्टै निवेदनलाई मध्यनजर राखी विवादको विषयमा न्यायिक प्रकृयाको अवलम्बन गरी छुट्टाछुट्टै निर्णय गर्नुपर्नेमा समितिले विलकुलै हचुवा गैरकानुनी एवं बेढंगको एउटै निर्णय गरेको छ । विपक्षीहरूको नाममा जग्गा दर्ता गर्ने निर्णयबाट अ.बं.१८४(क), १८५ नं.को अवज्ञा भएको छ । श्री ५ को सरकारले भू.सं. ऐन, २०२१ को दफा ५२ र भू.सं. नियमहरु, २०२१ को नियम ४१(क) ले दिएको अधिकार प्रयोग गरी उक्त ऐनको दफा ७, ९, १०, ११,(२), १३, १४, १५, १६, १७, १८, १९, २१, २१(क), २१(ख) २२, २४ र २४(क) समेतको अधिकार प्रयोग गर्न पाउने गरी २०४१।३।५ को राजपत्रमा प्रकाशित सूचनाबाट स्पष्ट हुन्छ । अर्थ मन्त्रालयले समितिको अधिकारलाई विस्तार गर्न २०४१।२।४ को निर्णयलाई २०४१।४।८ को राजपत्रमा सूचना प्रकाशित गरिएको छ । भू्.सं.ऐन, २०२१ को दफा ५२ र नियम ४१ अन्तर्गत गठित स