निर्णय नं. ३५७६ - जग्गा खिचोला चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५७६ - जग्गा खिचोला चलन भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१२ २३३६ निर्णय नं. ३५७६ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४४ सालको दे.पु.नम्बर ८१४ फैसला भएको मिति : २०४५।८।१२ मा पुनरावेदक/प्रतिवादी : संखुवासभा धनुषा गा.पं.वार्ड नं. ३ बस्ने महानन्द उपाध्यायसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने कपिलमणि उपाध्याय भट्टराई मुद्दा : जग्गा खिचोला चलन (१) हक टुटाई लिएको सबूद बिना भोग गरेको भन्ने आधारमा मात्र हक स्थापित हुन नसक्ने । (प्रकरण नं. १७) फैसला न्या.बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।९।१३ को फैसला उपर पुनरावेदन गर्ने अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्रदान भई इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ । २. १९५० साल जाँचमा धुपुको राई जगसेरका जिम्मा भित्रको मोही जितमान भनेको जितु जिम्मा रु.३।२ धुरी तिरोमा दर्ता भई निज दर्तावाला गयरी हुँदा जिम्माबालको छोरा बहादुर राईबाट अन्यायको महानन्दले ८८।३।१६।३ मा पजनी लिई ९४।६।८।५ मा भिन्न हुँदा निज जितु भोटे दर्ताको जग्गा मेरो भाग अंशमा परी मैले भोगेको रु.१।– रिताको गैरीवारी आधी र बारी पुछारवारी र भोटे खण्ड धुरीको मुरी सखी खेत समेत आमा धनमायाका अंश भागमा परी आमा धनमायालाई विपक्ष दाजु महानन्दले हेला होचो नगरे मरे उप्रान्त शेष पछि खाने भन्ने बण्डापत्रमा लेखिएबमोजिम भोगी आएकोमा ००४।१।२४।४ मा भा.रु. ४८०। मा पाठा बस्ने धनन्जय पाध्यालाई बिक्री गर्दा उक्त पास तमसुकका ४ किल्लाका जग्गा मध्ये आमा धनमायाबाट २०२७।२।१ गते मेरी श्रीमती पुण्यकुमारीले गैरी बारी आधीबाट पूर्व निज आमा धनमायाबाटै २०२९।५।१५ गते पुण्यकुमारीले नै राजीनामा लिएको बारी पुछार बारी साँध अदालतको डिल वारपार पश्चिम, पोटी खोल्सा, उत्तर ठाडो बाटो, दक्षिण पति ४ किल्लाभित्रको दामासाही तिरो रु.१।२ लाग्ने रु. २००।– मोलिने मेरो अंश हकको रैकर धुरी बारी उक्त मो.व. साहूको थैली ०३२।८।१३ गते मैले तिरी निखनी लगत कट्टा गरेको जग्गामा विपक्षीहरुले मिति २०३२।८।२९ गते जबरजस्ती जोतखन गरी गहुँ बाली लगाई खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई विपक्षीहरुलाई कानून बमोजिम सजायँ गरी पाउँ भन्ने समेत फिरादपत्र । ३. वादी लेख अनुसार ०४ सालमा धनन्जयलाई भोग बिक्री गर्दा म महानन्द साक्षी बसेको छैन । मबाट विपक्षीले ४ थान लिफा लिएको थियो त्यस लिफामा खडा गरेको छ वा के छ लिखत देख्न पाए अ.बं.७८ नं. अनुसार नामाकरण गर्नेछु । वादी दावी अनुसार हामीले वादीको जग्गामा खिचोला गरेको छैन होइन जालसाजी राजीनामा खडा गरी मनोमानी किल्ला लेखी झुठ्ठा कुरामा उजूर गरेकोले मैले अघिदेखि भोगी आएको जग्गा भोगी खान सदरको सदरै गरी झुठ्ठा उजूर गरेमा वादीलाई सजायँ समेत गरी पाउँ भन्ने प्रतिउत्तरपत्र । ४. वादीबाट पेश भएको धनी धनन्जय ऋणी कपिलमणी भएकोमा रु.४८०।– को ०४।१।२४।४ को भोगबन्धकी लिखत देखे सुने उक्त तमसुकमा लेखिएको मध्ये पहिला दफाको गैरी बारी मेरा हकको भएकोले वादी कपिलमणिले नन्दलाल र मेरा नाउँमा समेत लेनदेन मुद्दामा आजै चाहिन्छ भनी सही गराई लिएको लिफाबाट उक्त लिखतमा धनी ऋणी र कलमी अन्तरसाक्षी भई जालसाज गरी खडा गरेको हुन भन्ने प्र.वा.देवराज भट्टराईले गरेको बयान । ५. पु.वा.देवराजले गरेको बयान अनुसार जालसाज गरेको होइन बयान झुठ्ठाले लिखत सद्दे हो भन्ने समेत वादी वा.बल