निर्णय नं. २५८७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५८७ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/१०/१३ २०४२ निर्णय नं. २५८७ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं. १३९४ आदेश भएको मिति : २०४२।१०।१३।१ मा निवेदक : नेपाल युवक संगठन अञ्चल कार्यसमिति बागमतीका सभापति पदबाट गैरकानुनी रुपमा निष्काशित गरिएको कमलप्रसाद जोशी विरुद्ध विपक्षी : नेपाल युवक संगठन केन्द्रीय कार्य समितिको सभापति पदमा कार्यरत कमलबहादुर थापा भन्ने कमल थापा विषय : उत्प्रेषण (१) सफाई दिने मौका दिई निवेदकले दिएको स्पष्टीकरणबाट समेत सफाई पाउन सक्ने कानुनी आधारित सबूदका अभावमा कानुनको रीत पुर्याई पदबाट निष्कासन गर्ने गरी दिएको आदेशमा कुनै त्रुटि नभई गैरकानुनी नदेखिने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षीलाई निष्कासन गर्ने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. तपाइले तोकिएको मिति भन्दा १ दिन पश्चात गर्नुभएका स्पष्टीकरणको व्यहोरा अवगत भयो, पेश गर्नुभएको स्पष्टीकरण यस समितिलाई चित्त बुझ्दो र युक्ति युक्त नहुनुको अलावा तपाइलाई सोधिएका नेपाल युवक संगठनको विधान तथा विनियमको धारा १८(च) वर्गीय संगठन नियमावली, ०३७ को नियम ६२(३) र विधानको धारा २५ भित्र पर्ने कसूरका सम्बन्धमा कुनै जवाफ स्पष्टीकरणमा समावेश नगरी मन गढन्त स्पष्टीकरण पेश गर्नुभएको हुँदा तपाइलाई वर्गीय संगठन नियमावलीको नियम ६२ (३) र नेपाल युवक संगठनको विधान तथा विनियमको धारा २५ र २६ बमोजिम बागमती अञ्चल कार्य समितिको सभापति पदबाट निष्काशित गरिएको छ भन्ने समेत व्यहोराको नेपाल युवक संगठन केन्द्रीय कार्य समितिले कमल जोशीलाई लेखेको ०४१।३।२० को पत्र । ३. म निवेदक नेपाल युवक संगठन अञ्चल कार्य समिति बागमती अञ्चलको सभापति पदमा ०३९ सालमा निर्वाचित भएको छु । इमान्दारीपूर्वक काम गर्दैै आएको पनि थिएँ । मेरो निर्दोषितालाई ख्यालै नगरी मैले पेश गरेको स्पष्टीकरणलाई चित्त बुझ्दो र युक्ति नहुनु भनी च.नं.३०२० मिति ०४१।३।२० को निष्कासन गरिएको पत्रद्वारा पठाइयो । विपक्षीको उक्त कारवाही पूर्णतः पूर्वाग्रही कानुन त्रुटिपूर्ण अतएवं अन्यायपूर्ण छ । समितिले ०४१।३।४ को पत्रद्वारा मागेको स्पष्टीकरणमा आफू निर्दोष भएको कुरा स.प्रमाण स्पष्टीकरण पेश गरी सकेको छु । सो स्पष्टीकरणमा म निर्दोष छु भन्ने कुरा स्वतः पुष्टी हुन्छ । मलाई निष्कासन गर्दा लगाइएका विधान विनियम जो छ उक्त विधान तथा विनियमको धारा १८(च) वैठकको निर्णय अभिलेख राख्ने भन्ने उल्लेख भएको छ । अनि उक्त विधान तथा विनियमको धारा २५ तथा वर्गीय संगठन नियमावली, ०३७ को नियम ६२(३) मा केन्द्रीय समिति अन्तर्गतको कुनै कार्य समिति वा पदाधिकारी वा सदस्यलाई भंग गर्न वा निलम्बन गर्न वा हटाउन सक्ने व्यवस्था गरेको छ । तर उक्त धारा २५ तथा नियम ६२(३) कुनै कसूर गरे बापत हुने सजायँको उल्लेख नभएको धारा तथा नियमको त्रुटिपूर्ण प्रयोग भई कानुनको अपहेलना भएको प्रष्ट छ । मलाई निष्कासन गरेको विधान तथा नियमको धारा २६ को प्रश्न छ सो धारा २६ को उपधारा (२) मा उपधारा (१) बमोजिम कुनै निकायका सदस