निर्णय नं. ३५७७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५७७ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/०७ २२२३ निर्णय नं. ३५७७ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ६२६ फैसला भएको मिति : २०४५।८।७।३ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा तेह्रथुममा थुनामा बस्ने चन्द्रबहादुर डांगी विरुद्ध प्रत्यर्थी/वादी : चन्द्रबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) छोरालाई मार्नु पर्ने रीसइवी मनसाय नभई अह्राएको काम नगरेबाट रीस उठी परिश्रम मेहनत गर्नु पर्छ भनी निज मर्नेकै हितको लागि निजलाई कुटपिट गरेको, होस नपुर्‍याई हान्दा मृतक कान्लामनी लडी रुखमा अल्झी संजोगवस मृत्यु भएकोमा ज्यानसम्बन्धीको महलको ५ नं. अनुसार भवितव्यको अपराध देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ६(२) बमोजिम निजलाई कैद वर्ष २ हुने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री नरहरी आचार्य प्रत्यर्थी/वादीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.बब्बरप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफउपर चित्त नबुझी प्रतिवादीतर्फबाट कारागार शाखा तेह्रथुम मार्फत यस अदालतमा पर्न आएको पुनरावेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. २०४१।४।१० गतेका दिन छोरा लक्ष्मीप्रसाद डांगीलाई वस्तु भएको रेखदेख गर्न भनी श्रीमती र छोरा २ समेत लिई खेतको काम गर्न गई बेलुका ६ बजे घरमा फर्की आउँदा घरमा नभई तलास गर्दा घर मुनी खस्रेताको रुखमा डोरीले पासो लगाई झुण्डी मरेकोले लास समेत फेला परेबाट कानून बमोजिम गरी पाउँ भन्ने समेत चन्द्रबहादुरको २०४१।४।११ को जाहेरी दर्खास्त । ३. छोरा लक्ष्मीप्रसादले घरमा काम नगरेकाले चन्द्रबहादुर डाँगीले कुटपिट गरी लडाई मारी ज्यानमा परिन्छ भनी श्रीमती, छोरा टेकबहादुर समेत भई खस्रेतोको रुखमा झुण्ड्याएको बुझीन आएकोले चन्द्रबहादुर समेत ३ जनालाई दाखिल गरेको छु भन्ने प्र.स.नि. चन्द्रबहादुर श्रेष्ठको प्रतिवेदन । ४. घरमा वस्तुलाई घाँस पानी गर्नु भनी दाजु लक्ष्मीलाई अह्राई बाबु आमा र म समेत खेत रोप्न गएका करिव १ बजे दाजुले के गर्नु भयो भनी बाबु घर आएका दाजुले केही काम नगरी बसेको देखी बाबु चन्द्रबहादुरले २।४ थप्पड हिर्काए पछि दाजु घाँस काट्न घर मुनी वारीमा गएका र बाबु त्यही बाटो खेततिर झर्दा फेरि हिर्काई १५ फिट मुनी डिलमा लडाई मरेपछि बाबु खेतमा जानु भयो र लक्ष्मीप्रसादले घरमा केही काम गरेको छैन, घरमा पनि छैन भन्दा खोज्न भनी घर आएका, पछि बाबुले मैले रीसले कुटपिट गर्दा छोरो लक्ष्मी त्यहीं मरे अब कसो गर्ने ज्यानमा परिन्छ भन्दा किन त्यो गर्नु भयो भनी मैले भनें र बाबुको अह्रावट अनुसार दाजु लक्ष्मीप्रसादलाई डोरीले झुण्ड्याउनसम्म सहयोग गरेको हो, मार्न सहयोग गरेको छैन भन्ने समेत टेकबहादुरको प्रहरी तथा अदालतमा बयान । ५. घरमा काम नगरेकोले मेरा श्रीमान चन्द्रबहादुरले हिर्काउँदा छोरो लक्ष्मीप्रसाद मरेका हुन् । मारे पछि किन त्यसो गरेको भनेको, श्रीमानले ज्यानमा बच्छु कि भनी आफैं झुण्डी मरेको भन्ने पार्न झुण्ड्याउनु पर्छ भनेकोले रुखमा झुण्ड्याउनसम्म सहयोग दिएको हो । झुण्ड्याई मार्नमा मेरो सहयोग छैन भन्ने समेत चन्दमायाको प्रहरी तथा अदालतमा बयान । ६. २०४१।४।१० गते छोरा लक्ष्मीप्रसादलाई वस्तु भाउलाई घाँस पराल गर्न अह्राई विरोटा खेत रोप्न गएका, घरमा आ