निर्णय नं. २५८८ - हदबन्दी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५८८ - हदबन्दी भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/१०/१७ २३९४ निर्णय नं. २५८८ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको डि.दे.पु.नं. ६७७ फैसला भएको मिति : २०४२।१०।१७।५ मा पुनरावेदक/प्रतिवादी : जि.महोत्तरी इटहरवा गा.पं.वा.नं. ५ बस्ने गुलेविया पाण्डेसमेत विरुद्ध विपक्षी/वादी : जिल्ला भूमिप्रशासन कार्यालय, महोत्तरी मुद्दा : हदबन्दी (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७(१)(२) मा उल्लेख भए अनुसार कुनै व्यक्तिको जग्गावालाको हैसियतले २५ विगहा र घरबारीका निमित्त ३ विगहा सम्म राख्‍न पाउने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी/वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्र.हरूको यस अदालतमा परेको पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. यसमा विश्वेश्वर पाण्डे भूमिहारले भू.सं. ऐन, २०२१ को दफा बमोजिम आफ्नो नाउँमा भएको जग्गा जमीनको मिति ०२२।१०।१० मा फाँटवारी पेश गरेकोमा ऐनको दफा १४ अनुसार दफा १३ बमोजिम पेश भएको फाँटवारी छ । नवीन कारवाही गर्नुपर्ने विश्वेश्वर पाण्डेलाई झिकाउँदा मैले जग्गा विगहा ६४–२–११ को फाँटवारी पेश गरेको छु । सगोलको भतिजा रामनारायण, सत्य नारायणका नाउँमा उक्त जग्गा बाहेक अरु केही जग्गा छ त्यसको फाँटवारी निजहरूले फरक गरी पेश गरेछन् कति जग्गा हो त्यो थाहा छैन मेरो उक्त जग्गामा अंश लाग्ने १६ माथिका नातेदार रामेश्वर पाण्डे, सत्यनारायण पाण्डे रामनारायण पाण्डे छन् । चार परिवारमा अंश हुँदा हदबन्दी भन्दा बढी छैन भन्ने समेत व्यहोराको विश्वेश्वरको वारेस हरिप्रसादले गरेको बयान । ३. विश्वेश्वरको जग्गामा मेरो अंश लाग्ने होइन विश्वेश्वरले म बाट पाउने पनि होइन दाजु विश्वेश्वरसंग पहिले नै भिन्न भई बसेको छोराहरू समेत २०२० सालमा नै भिन्न भएकोले दाजु विश्वेश्वरको नाउँमा के कति जग्गा छ मलाई थाहा छैन भन्ने समेत व्यहोराको रामेश्वर पाण्डेको बयान । ४. भू.सु.ऐन, २०२१ को दफा ७ उपदफा १, २ मा १ परिवारले २५ विगहासम्म राख्‍न पाउने भएको र निज विश्वेश्वर पाण्डे एक परिवार कायम हुन आउने हुँदा उल्लिखित जग्गा हाल सर्भे नापीबाट ५५–१५–८।। कायम हुन आएकोले राख्‍न पाउने जग्गा विगहा २८ कटाई बाँकी रहेको जग्गा विगहा २७–१५।। बढी देखिन आएकोले भू.सु.ऐन, २०२१ को दफा १४(१) बमोजिम लगत प्रकाशित गर्ने गरी भू.सु.का.महोत्तरीबाट २०२८ साल आषाढमा निर्णय भएको । ५. फेकु पाण्डेको विश्वेश्वर पाण्डेको जेठो रामेश्वर पाण्डे कान्छो दुई छोरा भएकोमा विश्वेश्वर पाण्डेको नविन नामको एउटा नाबालक छोरा र प्रेमीया गुलेविया दुई स्वास्नी भएको हामी ५ विश्वेश्वर पाण्डेको अंशियार भई अंश भाग नभई संगै बसेको म भिन्न भई सक्यो भनी भु.प्र.का.ले अन्यायपूर्ण फैसला गरी हाम्रो सम्पत्ति हरण गर्‍यो भन्ने समेत सत्यनारायण गुलेविया प्रेमिया समेत ३ जनाले जनकपुर अञ्चल अदालतमा पुनरावेदन दिएको । ६. जनकपुर अञ्चल अदालतले भूमिप्रशासन कार्यालयले गरेको निर्णयलाई नै सदर गरी मिति ०३६।३।१४ मा गरेको पुनरावेदन फैसला । ७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी रामेश्वर पाण्डेले मध्यमाञ्