निर्णय नं. ३५७९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५७९ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०९/११ २१७३ निर्णय नं. ३५७९ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रिट नं. १५९१ आदेश भएको मिति : २०४५।९।११।१ मा निवेदक : सुनसरी इनरुवा गा.पं.वा.नं.३ बस्ने भीमकुमारी खनालसमेत विरुद्ध विपक्षी : मालपोत कार्यालय सुनसरीसमेत विषय : उत्प्रेषण (१) बेरुजु सम्बन्धी रकम असूल गर्नलाई सरकारी रकम असूल फछ््र्यौट ऐन, २०२५ को व्यवस्था भएको र सो ऐन अनुसार बेरुजू बाँकीमा अंशियारको सम्पत्ति लिलाम गरी असूलउपर गर्ने कानूनी व्यवस्था नभएकोले उक्त सम्बन्धमा विशेष ऐनको व्यवस्था भएकोमा मु.ऐन दण्ड सजायको २६ नं.अनुसार हकदारको सम्पत्ति समेतबाट बेरुजु रकम असूल गर्ने केन्द्रीय तहसील कार्यालयको निर्णय र त्यसको प्रत्यायोजित अधिकार बमोजिम मालपोत कार्यालयले गरेको निर्णय कानून अनुरुप नहुनाले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पवनकुमार ओझा विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.बब्बरप्रसाद सिंह : हामी निवेदकहरु हरिप्रसाद खनालका स्वास्नी छोराहरु हौं हामी निवेदकहरु र केशव खनाल र मनोज खनाल मध्ये कोही जागिर खाने, कोही के गर्ने भई अलग अलग बसेकाले २०४१ फाल्गुणमा रीतपूर्वकको अंशबण्डाको कागज रजिष्ट्रेशन पारित गरी आ–आफ्नो भागमा परेको जमीन आ–आफ्नो नाउँमा दर्ता गराई भोगचलन गरी छुट्टी बसेका हौं । हामी मध्येका मनोज खनाल २०३६ देखि नोकरी गरी काठमाडौंमा बसेका; निजको नोकरीबाट हामीलाई सहयोग नपुगेको; निजले कुनै किसिमबाट मासेको सम्पत्ति हाम्रो पेटमा छैन । २. यस क्रममा हामी निवेदकहरुका नाउँको जग्गाहरु रोक्का गरी २०४४।९।५ मा संयुक्त रुपमा लिलाम हुने मिति २०४४।८।२ मा कोशी अञ्चल सुनसरी जिल्ला इनरुवा गा.पं.वार्ड नं. ३ उत्तर टोल बस्ने श्री मदु खनालको नाती हरिप्रसाद खनालको छोरा मनोज खनालले श्री घरेलु तथा ग्रामीण उद्योग विभाग काठमाडौंको सहलेखापाल पदमा रही कामकाज गर्दाका समयमा आ.ब. ०४१।०४२ मा सञ्चालन गरेको विभिन्न खाताहरुको सम्बन्धमा महालेखा परीक्षकको विभागबाट हिनामिना तथा मस्यौट भएको भनी औंल्याएको बेरुजु कायम हुनआएको बिगो र बिगो बमोजिम जरिवाना रु.१,२३,२४७।७४ मध्ये मनोज खनालका नाउँमा भएको जग्गा लिलाम बढाबढ हुँदा रु.१०,३९०।– मात्रउपर भई बाँकी रहन आएको रु.१,१२,८५७।७४ असूलउपर गर्ने केन्द्रीय तहसील कार्यालयबाट ताकेता भई त्यो धन खाँदै संग बसेका नजिकका हकदारबाट मुलुकी ऐन दण्ड सजायको २६ नं.बमोजिम जायजेथा लिलाम बढाबढ गरी असूलउपर गर्नु पर्ने भएबाट निजका हकदारहरुका नाममा रहेको यसै जिल्ला अन्तर्गत भोक्राहा गा.पं.को तपसीलको जग्गा लिलाम बिक्री गर्ने भएकोले लिलाम बढाबढ गरी लिन इच्छुक महानुभावहरु सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ भन्ने सूचनाको जानकारी हामीलाई दिइयो । उक्त सूचना पढेपछि बुझ्दा हाम्रा छुट्टिएका भाइ मनोज खनालले विपक्षी घरेलु तथा ग्रामीण उद्योग विभागमा सहलेखापाल पदमा कार्यरत रहँदा लेखापरीक्षणबाट ठहरेको बेरुजु रु.१,२३,२४७।७४ विपक्षी विभागबाट केन्द्रीय तहसील कार्यालयलाई लेखी केन्द्रीय तहसील कार्यालयले सोको लगत राखी विपक्षी मालपोत कार्यालय सुनसरीलाई सरकारी रकम असूल फछ्र्यौट नियम, २०२५ को दफा ९(ग)(२) बमोजिम अधिकार प्रत्यायोजन गरी मनोज खनालका नाउँको जग्गा लिल