निर्णय नं. २५८९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५८९ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/१०/१५ २१४३ निर्णय नं. २५८९ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. १४०० आदेश भएको मिति : २०४२।१०।१५।३ मा निवेदक : गुल्मी जिल्ला रुरु गा.पं.वा.नं. ३ बस्ने गिरीराज ज्ञवालीसमेत विरुद्ध विपक्षी : ९ नं. नापी गोश्वरा कार्यालय तम्घाससमेत विषय : उत्प्रेषण (१) पहाडी क्षेत्रका आवादी र वन जंगल छुट्याउने समिति, फायल कागजको अवलोकनबाट कुन कानुन अन्तर्गत गठन भएको हो देखिन नआएकोले उक्त समितिले गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. हामीहरूको हक भोगचलन दर्ता राजीनामाको म गिरीराजका स्वर्गीय पिताजी टिकाराम उपाध्यायका नाममा जि. गुल्मी मौजेर्वा माझा गाउँ मगर गाउँ समेतका मु.मेघराज उपाध्याय जिम्मामा नं. ३९३ मा घरदर १ पा.सेर्मा ७५ सा.फा. ।६१ समेत जम्मा रु.।८१।१ लागि दर्ता भएको कमेरे भन्ने आवादी पाखो जग्गा नाप जाँच ऐन, २०१९ बमोजिम सर्भे हुँदा गुल्मी जिल्ला रुरु गा.पं.वा.नं. ३ कि.नं. १६१ कायम भई नाप जाँच हुने कारवाही चलेको सिलसिलामा वन उपसमितिको निर्णय नं. ३ को ०३८।११।१५ को निर्णयबाट हामी वैवती विशेष भोग तिरोको आवादी क्षेत्रभित्रको कायम ठहरेको जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा नपाएको हुँदा जग्गा नाप जाँच ऐन, ०१९ को दफा ८(२) बमोजिम प्रमुख नापी अधिकृतज्यूमा उजूरी निवेदन दिएकोमा उक्त ऐनको ८(२) बमोजिमको कार्यविधि अपनाई निर्णय गर्नुपर्नेमा विपक्षी नापी गोश्वरामा पठाई हामीलाई बुझ्दै नबुझी उक्त जग्गाहरूलाई वन क्षेत्र कायम गर्न ठहर्याई ०४०।११।१६ मा निर्णय गरी हाम्रो निवेदन तामेलीमा राखिएको जानकारी ०४१।४।३२ मा दिएको हुँदा उक्त विपक्षीहरूको निर्णय निम्न जिकिरद्वारा बदरयोग्य छ भन्ने उल्लेख गरेको छ । ३. जिकिरः म गिरीराजको स्वर्गीय पिता टिकारामको नाउँमा १० वर्ष घरदरमा ३९३ नं. मा दर्ता भई पिताजीका शेषपछि मेरो हक हुन आएको ०२३।११।२३ मा भू.सु.ऐन, ०२१ को दफा १३ ले निर्देश गरे अनुसार ७ नं. फाँटवारी भई जोताहाको अस्थायी निस्सा समेत प्राप्त भएको वन उपसमितिको ०३८।११।१५ को निर्णय बमोजिम कि.नं.१६१ मध्ये मेरो नाउँमा दर्ता भई तिरो तिर्दै आएको पूर्व ताल खोला पश्चिम विरुवाको उपल्लो कुलो उत्तर चक्रपाणी काफ्लेको जग्गा दक्षिण रविलालको जग्गा पूर्व ताल खोला पश्चिम विनवाका उपल्लो कुलो उत्तर चौर जाने बाटो दक्षिण चक्रपाणी काफ्ले को जग्गा यति ४ किल्लाभित्रको कोरे भन्ने जग्गा कित्ता १ ऐ.दर्ताको म राम किशनको पिताजी श्रीधरले ७ नं. फाराम भरी भएको पूर्व खोलो पश्चिम विरुवाको उपल्लो कुलो उत्तर लिश्ने ढुङ्गा र शेषरामको खेत दक्षिण चौर जाने फडने ढुङ्गा यति ४ किल्ला भित्रको जग्गा कित्ता १ ऐ.दर्ताको चक्रपाणीको हकको पूर्व चौर जाने पुरानो ढुङ्गा साँगुको बाटो पश्चिम खाल्डो भूमिको मेरो र रिषीरामको खेत उत्तर ताल खोलो दक्षिण उपल्लो कुला यति ४ किल्ला भित्रको ४ भागको कुला मुनि कमेरे पाखो कित्ता १ ऐ.दर्ताको र रविलालको हकको पूर्व ढुङ्गा साँगु साँध पश्चिम खोल्टे मुनि