निर्णय नं. ३५८० - उत्प्रेषण मिश्रित आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५८० - उत्प्रेषण मिश्रित आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०९/०८ २२६४ निर्णय नं. ३५८० ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको रिट नं. १६५७ आदेश भएको मिति : २०४५।९।८।५ मा निवेदक : गणेश फेरोजिंक इण्डष्ट्रिज विरुद्ध विपक्षी : अन्तःशुल्क कार्यालय, धरान, सुनसरीसमेत मुद्दा : उत्प्रेषण मिश्रित आदेश जारी गरिपाउँ (१) औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(३) मा “यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरे तापनि यो ऐन प्रारम्भ भइसकेपछि मात्र स्थापना भएको वा उत्पादन शुरु गरेको उद्योगले यसै ऐन बमोजिमको सुविधा सहुलियत तथा संरक्षण मात्र उपभोग गर्न पाउने छ” भन्ने उल्लेख भएको, निवेदकको उद्योग उक्त ऐन प्रारम्भ भएपछि सञ्चालन भएको देखिँदा सोही ऐन बमोजिम नै सुविधा पाउने देखिने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशीलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ । गणेश फेरोजिक इण्डष्ट्रिजले मिति २०२८।२।१४ मा अनुमति प्राप्त गरी २०३९।९।७ देखि उत्पादन शुरु गरी नियमित रुपले गैल्मेनाइज कोरोगेटेज स्वीट्स उत्पादन गर्दै आएकोमा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) को उपदफा २ मा साना मझौला तथा ठूलो उद्योगलाई सञ्चालन मितिदेखि ३ वर्षको लागि अन्तःशुल्क लाग्ने छैन भनी प्रष्ट व्याख्या भइरहेकोले सो अनुसार प्रस्तुत उद्योगको उत्पादनमा उत्पादन मितिदेखि ३ वर्ष सम्म अर्थात २०३९।९।७ देखि २०४२।९।६ सम्म अन्तःशुल्क नलाग्ेनमा अन्तःशुल्क कार्यालय धरानले औद्योगिक व्यवसाय ऐन, २०३८ ले प्रदान गरेका अन्तःशुल्क छुटका सुविधा प्रदान नगरी ०४०।०४१ देखि अन्तःशुल्क असूल गर्न लाग्दा निवेदकले उद्योग विभागलाई सो गैरकानूनी अन्तःशुल्क असूलीको सम्बन्धमा निवेदन गरेकोमा श्री ५ को सरकार उद्योग मन्त्रालय उद्योग विभाग सुविधा शाखाले अन्तःशुल्क विभागलाई २०४०।४।११ प्र.सै. २०४०।४१ उ.वि.सु. २३ (ग.प्रे.इ.) १५२ को पत्रद्वारा औ.व्य.ऐन, २०३१ (क) दफा १०(ग) देहाय २ अनुसार सञ्चालन मिति २०३९।९।७ देखि ३ वर्षको लागि यस गणेश फेरोजिक इण्डष्ट्रिजलाई अन्तःशुल्क छूट गरी दिन मिति २०४०।४।९ मा निर्णय भएको भनी अनुरोध गरेको पत्र विपक्षी अन्तःशुल्क विभागलाई अवगत हुँदाहुँदै अन्तःशुल्क विभागले यस उद्योगको उत्पादन एवं सञ्चालन मिति २०३९।९।७ मा लागू रहेको औ.व्य.ऐन, २०३८ र सो को दफा १४ समेतलाई वास्ता नगरी खारेज भइसकेको औ.व्य. ऐन, २०३० अन्तर्गत अन्तःशुल्कको सुविधा पहिलो वर्ष शत प्रतिशत, दोश्रो वर्ष ७५ प्रतिशत र तेश्रो वर्ष ५० प्रतिशत मात्र दिने भनी पहिलो वर्ष शत प्रतिशतले अन्तःशुल्क लाग्ने निर्णय भएको भनी २०४१।९।१८ मा अन्तःशुल्क कार्यालय धरानलाई पत्र लेखी पठाउनु भएको गैरकानूनी हुँदा असूल भएको रकम धरौटी राखी पाउँ भनी र गैरकानूनी अन्तःशुल्क असूल नहोस् भनी मिति २०४१।१०।१९ मा निवेदन दर्ता गराएको थिएँ । सो पत्रको सम्बन्धमा कुनै जवाफ नभएकोले बारम्बार निवेदन गर्दा कारवाही हुँदैछ भन्ने मौखिक जवाफ मात्र पाएकोले मिति २०४२।११।१२ मा अर्थ मन्त्रालयलाई मिति २०४२।१२।२० मा पुनः अन्तःशुल्क विभागलाई र ०४३।१।१८ मा अर्थ मन्त्रीज्यूलाई निवेदन गरेकोमा के कारवाही भइरहेको छ भ