निर्णय नं. ३५८१ - परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५८१ - परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/०६ २३२१ निर्णय नं. ३५८१ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २०७० आदेश भएको मिति : २०४५।८।६।२ मा निवेदक : गुठी संस्थान केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खनाल विरुद्ध विपक्षी : श्री बागमती अञ्चल अदालत, डिल्लीबजारसमेत विषय : परमादेशयुक्त उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कुनै पनि मुद्दामा प्रतिवादी भएका पक्षहरुलाई जानकारी नदिई मिलापत्र गरे गराएको कानूनले मान्यता पाउन नसक्ने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वद्रिप्रसाद शर्मा आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. पर्सा जिल्ला विरुवा गा.पं.अन्तर्गत वडा नं.२(क) नक्शा कि.नं.१, ३, ५, २, २६, २७, ६२, ७५, ८७, ८८, १४५, १५४, १६०, १६६, २१९, २३१, २३३, २३४ वडा नं.२ (ख) नक्शा कि.नं.६६, ६७, २२०, २२३, वडा नं.१(घ) नक्शा कि.नं.१, २, ३ समेतको गुठी संस्थान अन्तर्गत श्री काशी साम्राजेश्वर महादेव नामक राजगुठीको जग्गा त्यस क्षेत्रमा सर्भे नापी हुँदा फिल्डबुकमा कुनै कुनै कित्तामा कसै कसैले आफ्नो नम्बरी भनी लेखाएको भए पनि धेरै जसो कित्ताहरुमा श्री ५ को भन्ने र ऐलानी भन्ने समेत जनिएको र आफ्नो भनी लेखाउने व्यक्तिहरुले जग्गामा हस्तक्षेप पनि नगरेको र सो जग्गा गुठी जग्गाको वर्गीकरण अनुसार गुठी तैनाथी जग्गा मानिन्छ । उक्त कित्ता नम्बरको जग्गामा बेहकसंग दावी गरी विपक्षी मध्येका मिनुदेवी, नथुदेवी, होमप्रसाद, धर्मप्रसाद, दुर्गादेवी, झलकप्रसाद, भक्तबहादुर श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, प्रेमप्रसाद पाण्डे र अरु २ जना समेत जम्मा ११ जना वादी भई भिमबहादुर खड्का, शशिमणि उपाध्याय, किशोरीकुमारी खड्का, कान्छी भट्टिनी पानमती श्रेष्ठ, रामप्रसाद अर्याल, धनप्रताप राणा, शकुन्तला आचार्य, सुरजबहादुर गुरुङ, केदारप्रसाद भन्ने टोपप्रसाद सेढाई समेतका २४ जनाका अतिरिक्त गुठी संस्थान केन्द्रीय कार्यालय र वीरगंजको गुठी तहसील तथा खर्च कार्यालय समेतलाई प्रतिवादी बनाई बागमती अञ्चल अदालतमा जग्गा खिचोला लगायतका दावी लिई फिराद गरेकोमा गुठी संस्थान केन्द्रीय कार्यालय र वीरगंज गुठी तहसील तथा खर्च कार्यालयका तर्फबाट प्रतिवाद गरेकोमा यस कार्यालयहरुलाई थाहा नदिई मिति २०४२।६।१६ गते वादी मध्येका ९ जना र प्रतिवादी मध्येका ११ जना मिलेमतो भई सो जग्गा आपसमा भागबण्डा लगाई खाने व्यहोरा पारी मिलापत्र भएछ । सोको जानकारी बागमती अञ्चल अदालतको ०४३।१।२२ को पत्रबाट प्राप्त भई ०४३।२।१९ गते नक्कल सराई लिंदा गर्न गराउन नहुने मिलापत्र गरे गराएको जानकारी हुन आयो । ३. फिरादपत्र र प्रतिउत्तरपत्रको लेखाइबाट अन्य प्रतिवादी र वादीहरुले आपसमा जग्गा भागबण्डा लगाई लिन खान नहुने छर्लङ्ग हुँदाहुँदै बागमती अञ्चल अदालतले जानजान सो मिलापत्र गराएको र मिलापत्र गर्ने बाहेकका अन्य व्यक्तिका हकमा केही नबोली मुद्दाको लगत कट्टा गरेबाट राजगुठीको सम्पत्तिमा प्रत्यक्ष असर परेको र सो बदर गराउन अन्य उपचारको व्यवस्था नभएको तथा गुठी संस्थानको सम्पत्ति सम्बन्धी संवैधानिक हकमा आघात पर्न गएकोले उत्प्रेषण वा अन्य