निर्णय नं. ३५८२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रदत्त हकको प्रचलन गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५८२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रदत्त हकको प्रचलन गराई पाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१५ २१६६ निर्णय नं. ३५८२ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रि.नं.१८०८ आदेश भएको मिति : २०४५।८।१५ मा निवेदक : का.न.पं.वा.नं.२ लाजिम्पाट बस्ने वर्ष ५५ की लक्ष्मी ठकुरी विरुद्ध विपक्षी : श्री भूमिसुधार अधिकारी, भू.सु.का.काठमाडौंसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रदत्त हकको प्रचलन गराई पाउँ (१) अदालतको फैसला, आदेश तथा फैसला बदर र निषेधाज्ञा मुद्दा समेतबाट विवादीत जग्गाको मोहियानी जग्गा निवेदिकाले पाएको भन्ने कुरामा विवाद नदेखिँदा अन्तिम फैसलाबाट पाएको जग्गामा निवेदिकाले मोहियानी बापत पाउन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री नरहरि आचार्य विपक्षीहरुतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी एवं विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ । २. विपक्षी नं. ३ को पति रामबहादुरसंग मेरो अंश मुद्दा परी ५ भागको १ भाग म लक्ष्मी ठकुरीले पाउने ठहरी का.जि.अ.बाट फैसला भई बण्डा छुट्याउन म लक्ष्मी ठकुरीको दर्खास्त परी कारवाई हुँदा रामबहादुरका नाउँमा जारी भएको म्याद विपक्षी जमुनाले रामबहादुर परलोक भएको भनी बुझी सकार गरी तारेखमा बस्नु भएको थियो । सो मुद्दामा अंश छुट्याउँदा मोहियानी जग्गा बण्डा नहुने भएबाट म लक्ष्मी ठकुरीलाई छुट्याइएबाट कि.नं.११४, ३५३, ३५४ को कित्ता जग्गाको मोही म लक्ष्मी ठकुरी हुन आई जोती भोगी आएको फैसला पर्चाबाट स्पष्ट गरेको छ । त्यसलाई कानूनी मान्यता दिन नमिल्ने भनी बदर अमान्य गर्न विपक्षी नं. १ लाई अधिकार छैन । तत्कालिन मोही भनिएका रामबहादुरको मु.स.गर्ने विपक्षी नं. ३ भएपछि अंश मुद्दामा वादी म लक्ष्मी ठकुरी प्रतिवादी विपक्षी नं. ३ भएको निर्विवाद छ । उक्त अनुसारको जग्गा म लक्ष्मी ठकुरीले भोगी आएको प्रष्ट छ । सिर्फ रामबहादुर समेतका अंश मुद्दाका प्रतिवादीहरुको नाम कट्टा गरी म लक्ष्मी ठकुरीका नाउँमा मोही सदर कायम गरी दिन उक्त फैसला पर्चा कार्यान्वयनको सिलसिलामा विपक्षी नं. १ मा प्राप्त भई कारवाई भइरहेको स्थितिमा विपक्षी नं. ३ ले आफ्नो हक अधिकार नभएको मोहियानी हक हुनै पर्दछ भनी अंश मुद्दाको फैसला पर्चा नदेखाई विपक्षी नं. १ लाई झुक्याई ०३७।१।२० मा निर्णय भनिएको गराउँदैमा त्यस्तो निर्णयलाई सदर मान्न नमिल्ने र उक्त फैसला पर्चा पत्रको कार्यान्वयन गर्नु पर्ने कानूनी विद्यमान देखिन आई निज विपक्षी नं. ३ विपक्षी नं. १ बाट झिकाई निजले लिएको भनेको प्रमाणपत्र मिसिल सामेल राखिएको थियो । कि.नं.१८२ को कित्ता काट भई कि.नं.३५३, ३५४ र ११४ को जग्गा समेत जोताहा स्व.रामबहादुरका नाउँबाट विपक्षी नं. ३ का नाउँमा नामसारी गरी जो.अ.नि.प्राप्त गरी सकें । कि.नं.३५३, ३५४ को जोताहा हकको जग्गामा विपक्षी नं. १ को अधिकारीले बलजफतसंग कुनै कुरा गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिपाउँ भनी विपक्षी नं. ३ ले बा.अं.अ.मा निवेदन दिएकोमा मेरा हकको जग्गा हो भनी लिखित जवाफ पेश गरे पछि उक्त