निर्णय नं. २५९१ - जालसाजी लेखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५९१ - जालसाजी लेखत बदर भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/१०/२८ २३५० निर्णय नं. २५९१ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको फौ.पु.नं. ५४० फैसला भएको मिति : २०४२।१०।२८।२ पुनरावेदक/वादी : विराटनर न.पं.वडा नं.९ बस्ने रेवतमल धाडेवा विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.विराटनगर बजार बस्ने जगदीशप्रसाद सिंघानीयासमेत मुद्दा : जालसाजी लेखत बदर (१) आफ्नो आर्जनको आफूखुसी गर्न पाउने अचल सम्पत्ति बिक्री गरेको सदर गरी जालसाजी गरेको नठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै कानुनी त्रुटि गरे भएको नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुम्भुप्रसाद ज्ञवाली विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनका अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा लिएको पुनरावेदन जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकारका छन् । २. प्रतिवादी ईश्वरी चन्द्र पिता र रामलाल भाइ भए पनि काकाले रीतपूर्वक अंश नदिनु भएकोले दायर गरेको अंश मुद्दा उक्त अदालतमा छ । मेरो हक मेटाउन काकाले केही जग्गा भाइ रामलालको पत्नी राजकुमारीका नाउँमा जालसाजी राजीनामा गरी दिनु भएको मुद्दा यसै अदालतमा छ । फेरी अन्यायीहरू मिली करपुरको १।९।। धनी बाबु र ऋणीमा जगदीशप्रसाद सिंहानीया र साक्षीमा रामलाल अरु नोकर समेतका मानिस राखी रु.२१,७०१।– मा ०१६।९।२४ गते राजीनामा गराएको भन्ने बुझिएकोले नक्कल लिई ३५ दिनभित्र उजूर गर्न आएको छु । जुन जग्गाको राजीनामा गरिएको छ । सो जग्गाको उचित मुल्य ३०।३५ हजार हुन आउँछ काका तथा धनी हुनेको घरबाट इलाका माल रु.१००।– गज फरकको हुँदा हरतरहबाट लिनु दिनु केही नगरी मेरो हक मार्न जालसाजी लिखत खडा गरी गराएको देखिन आउने र जालसाजी खडा गरेको लिखत बदर गरी अन्यायीहरूलाई ऐन बमोजिम सजायँ गरिपाउँ भन्ने रेवतमल धाडेवाको फेरादी । ३. वादी दावी बमोजिम लिनु दिनु नगरी वादीको हक मार्नलाई जालसाजी गरी बिक्री गरेको नभई खास मैले आर्जन गरेको सम्पत्ति हुँदा वादीलाई मैले अघि अंश दिएको चित्त नबुझे पनि दिने नदिने मेरो खुस हुनाले शंकरपुर मौजाको जग्गा मध्ये १।९।। जगदीशलाई २१७०१।– मा राजीनामा लेखी दिई मालमा पारीत समेत गरी दिएको जगदीश मेरो कुनै नातेदार गफमेलको मानिस नभई निजको बाबु बाजे अघि देखि झगडीया हुँदा घर व्यवहार चलाउन मुस्किल परी जगदीशलाई मात्र होइन कि यो भन्दा अघि पछि पनि बिक्री व्यवहार अरुलाई गरेको छु अड्डामा गनी गनाउ नगरी गरेको जालसाजी हुन्छ भन्ने कुनै ऐनमा नभएको आफ्नो आर्जनको धन नदिई अरुलाई दिनुपर्ने प्रयोजन नभएको र रजिष्ट्रेशन पास नहोस् भनी वादीले निवेदन दिएकोमा पास रोकिएन पास भएको छ भने राजकुमारीलाई दिएकोमा पनि जालसाजी मुद्दा दिएको प्रतिउत्तर परेबाट विदित हुने हुनाले वादी दावा झुठ्ठा हो भन्ने समेत व्यहोराको ईश्वरी चन्द्रको प्रतिउत्तर । ४. वादी समेत काका ईश्वरीचन्द्रका ५ छोरा हो काकाले हामी जम्मै छोरालाई घरबाट निकाला गरेको बखत एकैसाथ बसी कुनियत चिताई गर गहना समेत लुटी कुटी काटी मर्ने बाच्नेको दोसाँध पारेको भन्ने समेत मुद्दा चलेको हुँदा वादीको दावा झुठ्ठा हो लिनु दिनु नगरी जालसाजी लिखत भएको