निर्णय नं. ३५८३ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५८३ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०३/२९ २१९५ निर्णय नं. ३५८३ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रि.नं.२३९३ आदेश भएको मिति : २०४५।३।२९।४ मा निवेदक : कमला सिंचाई आयोजना धनुषाका का.मु.योजना प्रमुखका रुपमा कार्यरत का.ई. विश्वम्भर चौधरी विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरबार विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) पदको जिम्मेवारी अनुसारको आचरण नगरेकोले पदमा राखी रहँदा श्री ५ को सरकारको हित नहुने भनी उल्लेख गरेकोलाई सफाईको सबूद पेश गर्ने मौका दिनु अव्यवहारिक हुने भन्ने कुराको कारण हुन नसक्ने । (प्रकरण नं. १०) (२) नि.से.ऐन, २०१३ तथा नि.से.नि., २०२१ अनुसार सफाईको सबूद पेश गर्ने मौका दिनुपर्ने साथै सजायँ गर्ने निर्णय गर्दा उचित र पर्याप्त कारण प्रष्टतः उल्लेख भएको हुनपर्ने । (प्रकरण नं. १०) (३) पर्चा खडा गरी सेवाबाट बर्खास्त गर्ने निर्णयमा निवेदकले आफ्नो पद अनुसारको आचरण नगरेको भन्ने तथ्यगत आधारको उल्लेख नहुनुको साथै निजलाई सफाईको सबूद पेश गर्न मौका दिंदा के कति र कस्तो कारणले अव्यवहारिक हुने हो सो समेत प्रष्ट उल्लेख भएको नदेखिँदा विपक्षीको निर्णय सो निर्णय बमोजिम निवेदकलाई दिइएको बर्खासी पत्र समेत कानून तथा प्रतिपादित सिद्धान्तको प्रतिकूल भई त्रुटि पूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लिखित मुद्दा : यस अदालत संयुक्त इजलासबाट मिति २०४४।२।८।६ मा रि.नं.२२९९ निवेदक भैरवप्रसाद उपाध्याय भट्टराई विरुद्ध श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय समेत भएको रिट निवेदनमा सिद्धान्त प्रतिपादित । आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. इन्जिनियरिङ स्नातक उत्तीर्ण गरी सिंचाई मन्त्रालयमा ०२८ सालमा सेवामा प्रवेश गरी विभिन्न आयोजनामा सेवा गर्दै आई २०४० साल मार्गमा मध्यमाञ्चल क्षेत्र अन्तर्गत कमला सिंचाई आयोजना धनुषाका का.मु. योजना प्रमुख भई काम गर्दै आउँदा २०२८ सालदेखि २०४२ सालसम्म कुनै नसिहत, घटुवा, निलम्बन इत्यादि कुनै सजायँ नपाएको व्यक्तिलाई श्री ५ को सरकारको मिति ०४२।११।२७ को निर्णय बमोजिम तपाईलाई निजामती सेवा ऐन, २०१३ का दफा ६ को उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गरी निजामती सेवा नियमावलीका नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीका निमित्त अयोग्य नठहरिने गरी सिंचाई तथा जल वायु विज्ञान विभागका इन्जिनीयरिङ सेवा, सिभिल समूह, इरिगेशन उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका पदबाट हटाएको छ भनी मिति ०४२।११।३० को विपक्षीको पत्र मिति ०४२।१२।२ मा प्राप्त भयो । निर्णयको नक्कल माग गर्दा दिइएन । नि.से.ऐन, २०१३ को दफा ६ को उपदफा १(ख) बमोजिम पर्चा खडा गरी नोकरीबाट हटाएको सरासर गैरकानूनी छ । उक्त ऐनको दफा ६(१) मा सफाईको सबूद दिन मनासिब माफिकको मौका नदिई बर्खास्त गर्न वा दर्जा घटाउँन हुँदैन भन्ने स्पष्ट प्रावधान छ । प्राकृतिक न्यायको सिद्धान्त अनुरुप अपराधको सम्बन्धमा स्पष