निर्णय नं. २५९३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५९३ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/११/०९ २०५५ निर्णय नं. २५९३ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नम्बर २३४३ आदेश भएको मिति : २०४२।११।९ निवेदक : जि.दाङ मानपुर गा.पं.वा.नं.२ बस्ने नारायणप्रसाद रेग्मीसमेत विरुद्ध विपक्षी : उच्चस्तरीय समिति दाङसमेत विषय : उत्प्रेषण (१) मोही सम्बन्धी कार्यवाही चलिरहेको अवस्थामा रहेको कार्यविधि नअपनाई केवल सरजमीनलाई मात्र मोहीको प्रमाण मानी विवादीत जग्गाको मोहियानी कायम गर्ने गरेको विपक्षी समितिको निर्णय भूमिसम्बन्धी तत्कालीन नियमावलीको नियम ११(क) को समेत विपरीत भएको हुँदा सो निर्णय कानुनसंगत भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान व.अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. पुस्तौं पुस्ता देखि ज.ध.नारायणप्रसाद मोहनप्रसादको २–०–० जग्गा कमाई आएको छु तीन कुर लिने गरेका छन् ज.ध. झिकाई कबूलियत गराई पाउँ भनी ०३५।१।२५ मा उजूरी पर्दा उजूरवालाको उजूरी झुठ्ठा हो निजले जग्गा जोतेका छैनन् भन्ने म नारायणप्रसादको र उजूरवालाको जोतभोग छैन मेरो आफ्नै भर खेती छ भनी म टिका देवीको बयान भएकोमा विपक्ष समितिबाट जग्गाधनी बाट इन्कारी रहेको कित्ता चेक भएको जग्गाको संधियार सहित गाउँ सरजमीन बुझ्दा बहुसंख्यक संधियार सहितमा सरजमीनका व्यक्तिबाट नक्शा ट्रेशमा देखाएका जग्गा जोतभोग भन्ने देखिन आएको र जो.अ.नि. नक्कल समेत पेश भएको देखिएकोले बुझिएको प्रमाणको आधारमा धान चोकर तोरी अधिया बुझाउने गरी भू.सं. ऐनको दफा २५(क) बमोजिम उजूरवालाको नाममा म टिकादेवीको मानपुर २(ख) कि.नं. ६ को २–१८–१० मध्ये ०–३–४, ०–०–७–१८, ०–१–९ गरी जम्मा ज.वि.०–१४–१ ऐ.कि.नं. १४ को ज.वि.२–१९–२ मध्ये ०–५–० ऐ.ऐ.कि.नं. ६५ को २–१३–१८ मध्ये ०–१३–९½ मा र म नारायणप्रसादको मानपुर वा.नं. २(ख) कि.नं. १२४ को ३–०–९ मध्ये ०–१५–९ जग्गामा मोही कायम हुने ठहर्छ भन्ने विपक्षी समितिले गरेको निर्णय उपर हाम्रो रिट परी सम्माननीय स.अ.बाट उक्त निर्णय बदर भई तोकिएको कार्यविधि अनुसरण गरी निर्णय गर्नु भनी परमादेशको आदेश समेत भई गएको पुनःकार्यवाही चल्दा सरजमीन र जो.अ.नि.को आधारमा भू.सं. ऐनको दफा २५(क) अनुसार मोही कायम हुने ठहर्छ भन्ने निर्णय गरेको निम्न लेखिएबमोजिम गैरकानुनी छ भनी उल्लेख गरेको छ । ३. जिकिरः सम्मानीत स.अ.बाट भई गएको परमादेशको आदेशको पूर्ण रुपमा प्रतिकूल निर्णय विपक्षी समितिले गरेको छ किनकि परमादेशमा भू.सं. नियमको ११(क) को प्रतिकूल भएको हुँदा परमादेशको आदेश भएको थियो अतः उक्त निर्णय पूर्ण रुपमा बदरभागी रहेको प्रष्टै छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(क)(२) मा उल्लेख गरे बमोजिमको कार्यविधि पूरा नगरी केवल सरजमीनको मात्र आधार लिई गरेको निर्णय उक्त ऐनको समेत पूर्ण विपरीत भएको छ । उजूरी दिँदा कि.नं. क्षेत्रफल र ज.ध.को प्रष्ट रुपमा उल्लेख हुनु पर्दछ । एउटा जग्गाधनी र दोश्रोको नामको उजूरीबाट मोही कायम गरेको भू.सं. नियमावलीको नियम ११(क) को समेत प्रतिकूल हुन पुगेको छ । अनुसूची प्रकाशित गर्ने कार्य समेत विपक्षी समितिले गरेको छ