निर्णय नं. ३५८६ - परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५८६ - परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/२१ २८९० निर्णय नं. ३५८६ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको रिट नं. १५८३ आदेश भएको मिति : २०४५।८।२१।३ मा निवेदक : का.न.पं.वा.नं.४ बस्ने लेखक श्री देवेन्द्रराज पाण्डेसमेत विरुद्ध विपक्षी : श्री अञ्चलाधीश, अञ्चलाधीशको कार्यालय, बागमतीसमेत विषय : परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) निवेदकले पुस्तक पाउँ भनी निवेदन दिएको एकवर्ष भन्दा बढी समय सम्म कारवाही नभएको र निर्णय भएको समेत नदेखिँदा एकवर्ष भन्दा बढी समय सम्म कारवाही नगरेको हुनाले सात दिन भित्र यस विषयमा कारवाही शुरु गरी प्रस्तुत विषयलाई अग्राधिकार दिई चाँडो जो गर्नु पर्ने कानून बमोजिमको कारवाही निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयको नाममा परमादेश जारी हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान व.अधिवक्ता श्री लक्ष्मण अर्याल, विद्वान अधिवक्ताहरु श्री विश्वकान्त मैनाली र श्री दमन ढुंगाना प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. निवेदक मध्ये म.डा.देवेन्द्रराज पाण्डे २०१७ सालमा श्री ५ को सरकारको निजामती सेवा अन्तर्गत शाखा अधिकृत पदमा प्रवेश गरी २०३६ सालमा अर्थ सचिवको पदबाट स्वेच्छाले राजीनामा दिई इन्टिग्रेटेड डेभलपमेन्ट सिस्टम नामक गैरसरकारी अनुसन्धान संस्थामा अनुसन्धान कार्य गरी आएको छु । नेपालको अर्थ राजनैतिक परिवेशमा सत्याग्रह एक मूल्यांकन नामक लेख बाहेक बेलाबेलामा पत्रपत्रिकाहरुमा प्रकाशित लेखहरु तथा अन्तर्वार्ताहरुको संगालो “अर्थ राजनैतिक विसंगति राष्ट्र निर्माणको तगारो” नामक पुस्तक म निवेदक मध्येका प्रकाशक किशोर कुँवरले आर्वत प्रेस दलाक्षी लगन काठमाडौंबाट किताब छपाई छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०३९ को दफा ४ बमोजिम पुस्तक मुद्रण भएपछि विपक्षी अञ्चलाधीश कार्यालयमा ४ थान पुस्तक १२ भदौ २०४४ मा पठाई १४ गते सम्पर्क राख्दा १७ गते सम्पर्क राख्नु भनी पुस्तक तथा पत्रपत्रिका सेन्सर फाँटबाट मौखिक आदेश गरियो । २४ भदौमा अञ्चलाधीशले पुस्तक बिक्री वितरण नगर्नु सम्पूर्ण छापिएका पुस्तकहरु बुझाउनु भनी मौखिक आदेश गरेबमोजिम किताब बुझाई भर्पाई पाउन दिन दिन धाउँदा भर्पाई दिन मिल्दैन भन्ने जवाफ पाउँ । निवेदक मध्येको लेखक म देवेन्द्रराज पाण्डेले पुस्तक प्रतिबन्ध लगाउनु पर्ने वा अञ्चलाधीश कार्यालयमा जम्मा गराई राख्नु पर्ने कुनै कारण नभएको हुँदा अविलम्ब बिक्री वितरणको लागि फिर्ता पाउँ भनी ३०।६।०४४ मा द.नं.६७४ मा निवेदन दर्ता गराई पाउँदा पनि पुस्तक फिर्ता पाउन सकिएन । ३. छापाखाना र प्रकाशन सम्बन्धी ऐनको दफा १३ बमोजिम कुन अपराधजन्य कृया उक्त पुस्तक प्रकाशनबाट भएको छ प्रष्ट खोली मुद्दा चलाउनु पर्नेमा विपक्षीहरुले उक्त ऐन बमोजिम अपराधजन्य कृया मेरो पुस्तक प्रकाशनबाट भएको छ भन्न सक्नु भएको छैन र भर्पाई सम्म पनि नदिनु र के कारणले बिक्री गर्न नदिनु पर्ने हो केही नभनी गैरकानूनी रुपले नेपालको संविधान तथा कानूनद्वारा प्रदत्त हकको मेरो वौद्धिक सम्पत्तिलाई गैरकाननुी तरिकाबाट कब्जा गरी संवधिान तथा कानूनको अवज्ञा भएको र उपरोक्त गैरकानूनी कारवाह