निर्णय नं. ३५८७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५८७ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०९/२९ २५६१ निर्णय नं. ३५८७ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको रिट नं. १५५३ आदेश भएको मिति : २०४५।९।२९।५ मा निवेदक : जि.इलाम बखोटे आदर्श गा.पं.वा.नं.१ बस्ने गोविन्द पौडेल विरुद्ध विपक्षी : इलाम जिल्ला अदालत निर्वाचन विशेष अदालतका न्यायाधीश श्री परशुराम भट्टराईसमेत विषय : उत्प्रेषण (१) अदालतले अन्यायमा परें भनी स्पष्ट रुपमा दावी लिई आएको व्यक्तिको उजूरीमा सीमित रही प्रमाणको मूल्यांकन गरी सोही दावीको निरुपण गर्नु पर्ने । (प्रकरण नं. ८) (२) माग दावी नलिई आएको अवस्थामा अदालतले यसको माग दावी यस्तो हुनुपर्छ भनी अनुमान गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. ८) (३) स्पष्ट रुपमा मतदान अधिकृतले गणना गरेको मतगणनामा चित्त बुझेन सो मत गणना पुनः गरिपाउँ भनी उजूर गरेको स्थितिमा मात्र विशेष अदालतले मत गणना गर्न पाउने । (प्रकरण नं. ८) (४) विशेष अदालतले मत गणना गर्दा मत गणना गर्नु पर्ने आधार एवं कारणहरु स्पष्ट रुपमा खुलाउनु पर्ने । (प्रकरण नं. ८) (५) निर्वाचन विशेष अदालतलाई जुनसुकै परिस्थितिमा पनि मत गणना गर्न पाउने अधिकार छ भनी सम्झन निर्वाचन (अपराध र सजाय) ऐन, २०२४ को बनोटबाटै मिल्ने देखिन नआउने । (प्रकरण नं. ८) (६) दावी भन्दा बाहिर गई मत गणना गरी विजयी घोषित गरिएको निर्वाचन विशेष अदालतको फैसला सिद्धान्त तथा कानून दुवैको प्रतिकूल हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना तथा विद्वान अधिवक्ता श्री माधव वास्कोटा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी र विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ उल्लिखित मुद्दा : बंगाली साह तेली वि.निर्वाचन विशेष अदालत बारा समेत (ने.का.प. २०४१ माघ, नि.नं.२१३७) को उत्प्रेषण निवेदनमा फुलबेञ्चबाट र निवेदक गणेशबहादुर थापा वि.निर्वाचन विशेष अदालत समेत (ने.का.प. २०४१, कार्तिक, नि.नं.२०६१, पेज नं.६३८) मा डिभिजन बेञ्चबाट उत्प्रेषणको निवेदनमा सिद्धान्त प्रतिपादन भएको । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण र निर्णय यसप्रकार छ । २. इलाम जिल्ला बखौटे गा.पं.मा मिति २०४३।११।७ मा सम्पन्न भएको निर्वाचनमा म निवेदक समेत ४ जना प्रधानपञ्चको लागि उम्मेदवार थियौं । म निवेदकको ६७० मत, विपक्षी कुमारप्रसाद गौतमको ६६७ मत, काजीबहादुरले १४३ मत र कृष्णबहादुरले ५९ मत प्राप्त गरेकोले सबैभन्दा बढी मत प्राप्त गर्ने म निवेदकलाई मतदान अधिकृतले घोषणा गरे अनुसार प्रधानपञ्च पदमा रही जन प्रतिनिधित्व गर्दै आएकोमा विपक्षी कुमारप्रसाद गौतमले निर्वाचन निष्पक्ष नभएकोले निर्वाचन बदर गरी पाउँ भनी निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १४(१) अन्तर्गतको माग दावी लिई उजूरी दिंदा कानून बमोजिम सम्पन्न भएको निर्वाचन बदर हुनु पर्ने होइन भनी प्रतिउत्तर फिराएकोमा सम्पूर्ण निर्वाचन प्रकृया नै गैरकानूनी तथा धाँधलीपूर्ण भन्ने उजूरी सावित नभएको मेरो मत बढी भएकोमा बदर गरी दियो भन्ने दावी अनुसार मतगणना गर्दा कुमार गौतमको ६६७ मत र गोविन्द पौडेलको ६६४ मत कायम हुन आएकोले घटी मत पाउनेलाई निर्वाचित घोषणा गरेको निर्णय नमिलेकोले उजूरवाला कुमारप्रसाद गौतम उक्त