निर्णय नं. ३५८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०६/०३ २४३२ निर्णय नं. ३५८८ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १३९७ आदेश भएको मिति : २०४५।६।३।२ मा निवेदक : राप्ती अं.अमृतपूर गा.पं.वा.नं. ६ बेलुवा बस्ने इन्द्रबहादुर शाह विरुद्ध विपक्षी : गाउँ न्यायसमिति तुल्सीपुर गा.पं.कार्यालय, दाङसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(१)(ज) मा आफ्नो क्षेत्रभित्र सीमित रहेको साँध, सीमाना, कुलो पानी वा सन्धिसर्पन बारे मुद्दाको कारवाई र किनारा गर्ने अधिकार गाउँपञ्चायतलाई दिएको देखिने, विवादीत कुलोको मुहान विपक्षी तुल्सीपुर गाउँपञ्चायतको क्षेत्रभित्र अवस्थित (Located) रहेको कुरामा विवाद नभएपछि उक्त मुद्दा तुल्सीपुर गाउँपञ्चायतमा नपरी टरी गाउँपञ्चायतबाट सरी आएको भन्ने मात्र आधारमा तुल्सीपुर गा.पं.ले हेरी किनारा गरेको त्रुटिपूर्ण मान्न नमिल्ने । (प्रकरण नं. ८) (२) निवेदक आफैंले तारेख गुजारेकोमा बयान गराइएन अथवा प्रतिउत्तर लिइएन भन्ने कथनसंग सहमत हुन नसक्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की आदेश न्या.गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्नानुसार छ । २. विपक्षी कोमलबहादुर सिंह समेतले टरी गा.पं.वा.नं.५ गौरिया गाउँ मौजाको हाल तुल्सीपुर गा.पं.साविक लाहुरे चौर गा.पं.वा.नं.२क. कि.नं.१ मा पर्ने सनातन देखिको गौरिया गाउँले कुलाको मुहानबाट तुल्सीपुर गा.पं.अन्तर्गत रजौरा मौजा समेतलाई सिंचाई गर्दै आएकोमा इन्द्रबहादुर शाह समेतले हाम्रो कुलाको पानी शिर कट्टा गरी पाउँ खोलाको बगर बगर पानी लगी दिएकोले सो पानीको हक कायम गरी पाउँ भन्ने झुठ्ठा उजूरी विपक्षी टरी गा.पं. समक्ष २०३८ साल कार्तिकमा दिएछ । टरी गाउँपञ्चायतले सो ठाउँ तुल्सीपुर गा.पं.भित्र पर्ने भनी उजूरी तुल्सीपुर गा.पं.मा पठाएछ । मलाई हाजिर हुने सूचना आई हाजिर हुन जाँदा उसै दिन मुलुकी ऐन, अ.बं.१२९ नं.बमोजिम बयान तथा प्रतिउत्तरपत्र लिनु पर्नेमा नलिई तारेखमा राखेको, विपक्षीको झुठ्ठा दावीलाई खण्डन हुने प्रमाणसमेत पेश गरी गाउँ न्याय समितिलाई यस्तो मुद्दा हेर्ने अधिकार नभएको र मेरो बयान प्रतिवाद पनि नलिएबाट तारेख छोडेको थिएँ । विपक्षी गाउँ न्याय समितिले २०३९।४।२६।३ मा कुलो गौरिया गाउँको नै ठहर्ने गरी जग्गा आवाद गर्नेको १ नं.बमोजिम फैसला गरी जिल्ला पञ्चायतमा पुनरावेदन गर्न जानु भनी निर्णय गरेउपर पुनरावेदन गर्दा जिल्ला पञ्चायत न्यायिक समितिबाट ०४२।७।२५।१ मा मलाई जिताई निर्णय भयो । ३. उजूरवाला विपक्षीहरु ११ जनामध्ये २ जना केशवप्रसाद भण्डारी र लोकबहादुर खड्काले यस अदालत समक्ष रिट निवेदन गर्दा संयुक्त इजलासबाट ०४२ सालको रिट नं. १९१२ को निवेदनमा जिल्ला न्यायिक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्ने ठहर्याई ०४४।३।३२।५ मा आदेश भयो । ४. गाउँपञ्चायत समक्ष गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१ बमोजिम उजूर गर्न चाहनेले गाउँपञ्चायत कार्य व्यवस्था नियमावली, २०२० को नियम ६७ को उपनियम (१) ले निर्देश गरे अनुसार अधिकारप्राप्त न्यायिक समिति समक्ष उजूर गर्नु पर्नेमा गरेक