निर्णय नं. २५९५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५९५ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/११/२७ २००३ निर्णय नं. २५९५ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ४७० सम्वत् २०४१ सालको फौ.सा.नं. ११६ फैसला भएको मिति : २०४२।११।२७।२ पुनरावेदक/प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी रहेको प्रेमबहादुर के.सी. विरुद्ध विपक्षी/वादी : प्रहरी गोपालबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) सावितीलाई अन्य चस्मदिद साक्षी सरजमीनबाट समेत पूर्ण रुपमा पुष्टि भएको देखिन्छ । मृतकसंग घटनासँगकै समयमा पिटापीट भएकोमा र बक्सिंग हानी मेरो नाकबाट रगत आएको भन्ने अदालतमा समेत प्रत्यवादीले साविती बयान गरेको पाइन्छ । यस्तो स्थितिमा पुनरावेदक प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गर्ने गरेको इन्साफमा कुनै कानुनी त्रुटि नभई मिलेकै देखिने । (प्रकरण नं. २०) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री रमेश कार्की फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी पुनरावेदक प्रतिवादीले दिनु भएको पुनरावेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. ०३७।१।२५ गते बेलुका अं.७ बजे तिर प्रहरी मदन सिंह दाहाल प्रहरी, रामप्रसाद थापा र म ३ जना रोलकलको समय भएकोले कार्यालयतर्फ आउन लागेका थियौं कार्यालय तर्फबाट प्रहरी ओमबहादुर गुरुङ्ग प्रहरी, प्रेमबहादुर के.सी. भट्टीतर्फ आउँदै थिए । हामीहरूको भेट भट्टी निरको कलभर्टको बीचमा भयो र प्रेमबहादुर के.सी. ले मदनसिंह दाहाललाई संकेत गर्दै मेरो पेटी लिइस् भन्दा तेरो पेटी मैले लिएको छैन भनी मदनले भन्यो र त्यत्तिकैमा प्रेमबहादुरले मदनको जिउमा बक्सीङले एकपटक हिर्काएपछि मदनले पनि मुक्काले प्रेमबहादुरलाई हिर्काउन थाल्यो प्र.जि.अ.ज्यू र प्रहरी निरीक्षकज्यू जि.का.को गाडीमा आउनु हुँदा थाहा पाई लडाई गर्न छाडेका थिए म पछाडि थिएँ किन हो मदन र प्रेमबहादुर आपसमा लड्दै कलभर्टको उता यहीतर्फ बाटोमा पुगें म पनि उतै फर्कें त्यस्तैमा मदनले (यसको) प्रेमबहादुरका हातमा चक्कू छ खोस भनी कराएको सुनियो झट्ट अगाडि बढी प्रेमबहादुरका हातबाट चक्कू खोस्न नपाउँदै निजले निज मदन माथि चक्कूको प्रहार गरी सकेको रहेछ फेरी पनि फलामको धारीलो चक्कू प्रहार गर्न खोज्दा चक्कू मैले खोसें चक्कूको प्रहारबाट मेरो दाहिने हातको बूढी औंलाको केही भाग काटिएको छ । घाइते मदनसिंको अवस्था मर्न बाँच्न दोसाँध रहेको जस्तो लाग्छ । औषधी उपचार गर्न घाइते मदन सिंहलाई र मार्ने प्रयास गर्ने प्रेमबहादुर के.सी.लाई र निजले प्रहार गरेको देसी चक्कू एक समेत कारवाहीको लागि यसैसाथ पेश गरेको छु भन्ने समेत व्यहोराको ०३७।१।२५ को प्रहरी गोपालबहादुर तामाङको प्रतिवेदन । ३. जि.प्र.का.त.को कम्पाउण्डमा रहेको पुरानो भान्सा घरदेखि पश्चिम क्वार्टर गार्डदेखि पूर्व माछा पाल्ने सगरा देखि उत्तर पूर्व पश्चिम आउने जाने सडक देखि दक्षिण यति ४ किल्ला भित्रको २३ हात लामो १० हात चौडाई भएको फुसको छाना र चारैतिर टाटी नै घेरी उत्तरतर्फ खुल्ला ढोका भएको घरको विवरण उत्तरतर्फ निस्किने ढोका देखि ३ हात पश्चिममा उत्तर टाउको दक्षिण खुट्टा गरी सिरकले पुरा छोपी भुँईमा सुताई राखेको भन्ने समेत लाश रहेको ठाउँको विवरण मुचुल्का । ४. मदन सिंको लाश हेर्दा घाँटीको दायाँ पट्टि लहरै सात वटा सानो सानो नङ्ग