निर्णय नं. ३५८९ - खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५८९ - खिचोला भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१९ २४६० निर्णय नं. ३५८९ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको दे.पु.नं. ५७३ फैसला भएको मिति : २०४५।८।१९।१ मा पुनरावेदक/प्रतिवादी : जि.ललितपुर गा.पं.लुभु वा.नं.८ बस्ने भक्तबहादुर थापा विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने टेकबहादुर थापा मुद्दा : खिचोला (१) आफ्नो हक प्रति सचेत नरही सुतेर बस्नेलाई अदालतले निजको हक कायम गराई दिन सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवभक्त प्रधानांग फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. बाबा जुद्धबहादुरको २ श्रीमतीमा जेठी विपक्षी कुमाले तथा भक्तबहादुरको आमा र कान्छी तर्फबाट हरीबहादुर तथा म फिरादी टंकबहादुर समेत भएको हुँदा बाबा जुद्धबहादुर तथा आमा मिनकुमारीको मैले टहल चाकरी सेवा गरी सो सेवा टहलबाट खुसी भई सो बापत मलाई ललितपुर रजिष्ट्रेशन मार्फत मिति २०१६।१२।२४ गते रजिष्ट्रेशन पास गरी शेषपछिको बकसपत्र लेखी दिनु भएकोमा माता तथा पिताजीको परलोक अवस्था पछि मेरो हक भोग भई चलन समेत गरी रहेकोमा मिति २०२३ सालमा विपक्षीहरुसंग अंश मुद्दा परी आखिरमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०२८।२।६ गते अन्य अचल सम्पत्ति सहित ललितपुर जिल्ला लामाटार गा.पं.वा.नं.६(क) अन्तर्गत नापी भएको पूर्व सानो कृष्णबहादुर थापाको घर पश्चिम भक्तबहादुरको बारी उत्तर तिलकबहादुरको खेतको कुलो दक्षिण हरीबहादुरको बारी यति ४ किल्लाभित्रको कि.नं.८३ को रोपनी ०–७–० को जग्गा विपक्षी मध्येका भक्तबहादुरको नामबाट नाप नक्शा भई निजको नाउँमा दर्ता रहेको भए तापनि त्यसबाट विपक्षी भक्तबहादुर कुमालेले उत्तरतर्फको ०–४–० जग्गा पाउने गरी मिलापत्र भएकोले बाँकी ०–३–० जग्गामा शेषपछिको बकसपत्र बमोजिम मेरो हक भएको हुँदा दक्षिण तर्फको ०–३–० जग्गा मेरो नाममा कित्ताकाट गरी नामसारी गरी दिनु पर्‍यो भनी विपक्षीलाई भन्दा सो बमोजिम गर्ने छैन भनी जवाफ दिएकोले यो नालिश गर्न आएको छु । अतः विक्षीका नाउँमा दर्ता रहेको कि.नं.८३ को ०–७–० जग्गा मध्येबाट ०–३–० जग्गा कित्ताकाट गरी मेरो नाममा नामसारी दर्ता समेत गरिपाउँ भन्ने समेत व्यहोराको टंकबहादुर थापाको मिति २०३६।१०।२७।१ को फिरादपत्र । ३. उक्त जग्गा म प्रतिवादी भक्तबहादुरको नाउँमा दर्ता रहेको विपक्षीले देखाई सक्नु भएकै छ । यदि विपक्षीको हक लाग्ने भए देखि जग्गा नाप जाँच ऐनको म्यादभित्र उजूर गर्न सक्नु पर्ने र विपक्षीले दावी लिएको जग्गा हाल भक्तपुर जिल्ला लुभु गा.पं.वा.नं.८ बस्ने सानो कृष्णबहादुर थापाले घर बनाई बसोबास गरी आएको समेत हुँदा विपक्षीले मिलापत्रबाट उल्लिखित जग्गा पाएको भन्ने कतै उल्लेख समेत नभएकोले विपक्षीको फिराद खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भक्तबहादुर थापा समेतको संयुक्त प्रतिउत्तरपत्र । ४. प्रतिवादी भक्तबहादुरले कि.नं.८३ को ०–४–० मात्र जग्गा पाउने उल्लेख भई अंश मुद्दा मिलापत्र भएकोमा बाँकी ०–३–० जग्गा समेतमा सानु कृष्णबहादुरले घर बनाई बसोबास गरिरहेको भन्ने हुँदा वादी दावी नपुग्नुको साथै प्रतिवादीको समेत जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु भक्तपुर जिल्ला अदालतबाट मिति २०३८।१२।२