निर्णय नं. ३५९० - घरमा आगो लगायो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५९० - घरमा आगो लगायो भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/०८ २५२९ निर्णय नं. ३५९० ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ५८३ फैसला भएको मिति : २०४५।८।८।२ मा पुनरावेदक/प्रतिवादी : महेन्द्र नगर न.पं.वा.नं.२ उल्टाखाम बस्ने कीर्तिबहादुर विष्ट विरुद्ध विपक्षी/वादी : जगन्नाथ कार्कीको जाहेरीले वादी श्री ५ को सरकार मुद्दा : घरमा आगो लगायो (१) दुइतले घरमा प्रतिवादीले सलाईको काँटी कोरी हातले लगाएको भन्ने कुरा पत्यारलायक नदेखिने । (प्रकरण नं. २३) (२) शंकास्पद स्थितिमा शुरुले आगलागी गरेको हो भनी ठहर्याएकोलाई सदर गरेको निर्णयलाई नै मनासिब ठहर्याएको इन्साफ नमिलेको हुँदा पुनरावेदकले सफाई पाउने । (प्रकरण नं. २३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी/वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : सुदूर पश्चिमाञ्च क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यसप्रकार छ : २. २०४० साल आषाढमा घरको छाना छाउन कृपासिं विष्टसंग खर खरीद गरी बाँकी रहेको रुपैयाँको विषयमा वादविवाद हुँदा मिति २०४०।७।१३ मा कृपासिं, रामबहादुर र वीरबहादुरले सल्लाह गरी कृपासिंले सलाई कोरी मेरो घरमा आगो लगाई दिंदा रु.१६,५५०। को नगदी जिन्सी समेत नोक्सान भएकोले नोक्सानीको बिगो विपक्षीहरुबाट भराई कारवाही गरी पाउँ भन्ने व्यहोराको मिति २०४०।७।१२ को जगन्नाथ कार्कीको जाहेरी दर्खास्त । ३. वारदातको मितिमा मैले सलाईबाट जाहेरवालाको घरमा आगो लगाएको हुँ, रामबहादुर र वीरबहादुर सो समयमा थिएनन् भन्ने प्र.कृपासिं भन्ने कृति बहादुरको मिति २०४०।७।२९ मा प्रहरी समक्ष भएको साविती बयान । ४. आगो कस्ले लगायो थाहा छैन, आफूले लगाएको होइन भनी प्र.रामबहादुर र वीरबहादुर विष्टको मिति २०४०।७।२९ मा प्रहरी समक्ष भएको इन्कारी बयान । ५. कृपा विष्टले जगन्नाथको घरमा आगो लगाएको हो, निजहरुको लेनदेन थियो भन्ने सरजमीनका विष्णु सिं खत्री समेत, जाहेरवाला र कृपासिंको लेनदेन विषयमा विवाद हुँदा कृपासिं समेतले आगो लगायो भन्ने कर वीरसिं भण्डारी, मन्दिरचन्द तथा कृपासिंले आगो लगाएको सुनेका हौं भन्ने गगनसिं विष्ट समेतले मिति २०४०।८।१ मा गरिदिएको सरजमीन मुचुल्का । ६. आगो लगाएको भनिएको स्थानमा केही आधा केही पूरा जलेको खम्बाहरु, एक कोठामा केही भाँडाकुँडा भेटिएको, अर्को कोठामा भेटिएको अं.१½ फिट लम्बा ९ इन्च चौडा ६ इन्च उचाई भएको पुरानो जलेको बक्सा खोली हेर्दा जलेको चिन्न नसकिने कपडा भएको भन्ने समेत घटनास्थल प्रकृति मुचुल्का मिसिल सामेल रहेको । ७. अभियुक्त कृतबहादुर विष्ट समेतले मु.ऐ.आगो लगाउनेको महलको १ नं.अनुसारको कसूर गरेकोले ऐ.को ५ नं.बमोजिम सजायँ हुन तथा ऐ.१० नं.बमोजिम जाहेरवालाको नोक्सान भएको रु.१६,२५०।– निजहरुबाट भराई दिलाई पाउँ भन्ने समेत वादीको प्रहरी प्रतिवेदन । ८. जाहेरवालाको घरमा आगो लगाएको होइन, झुठ्ठा वारदात खडा गरी हामी प्रति झुठ्ठा उजूरी दिएको हो, डोरमा आफ्ना पक्षका मानिस बकाई हामीलाई बोल्न दिएन भन्ने समेत प्र.वीरबहादुर विष्टको अदालत समक्ष इन्कारी बयान । ९. जाहेरवालालाई चिनेको छैन, आगो लागे लगाएको थाहा छैन, कृतबहादुरको घरमा डेरा गरी बसेको हुँदा म माथि पनि उजू