निर्णय नं. ३५९१ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५९१ - जालसाजी भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०७/०९ २६४९ निर्णय नं. ३५९१ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४८९ फैसला भएको मिति : २०४५।७।९।३ मा पुनरावेदक/वादी : का.न.पं.वा.नं.१३ बस्ने नरेन्द्र बिक्रम थापा विरुद्ध विपक्षी/प्रतिवादी : वीरगंज न.पं. वा.नं.१३ बस्ने लखीचन साहु कानूसमेत मुद्दा : जालसाजी (१) राजीनामा अनुसार दा.खा.ढिलो भएको कारणबाट राजीनामा नै बदर भएको अथवा निष्कृय भएको मान्न नमिल्ने । (प्रकरण नं. १४) (२) राजीनामा कायम भएसम्म सो राजीनामाबाट श्रृजित हक अनुसार बकपत्रलाई जालसाजी मान्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल प्रत्यथीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल फैसला न्या.महेशरामभक्त माथेमा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर चित्त नबुझाई वादीतर्फबाट परेको निवेदनमा यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ : २. काठमाडौं जिल्ला कालिमाटी भिममुक्तेश्वर गुठी विर्ताको सञ्चालक म नरेन्द्रविक्रम थापा १, विपक्षी विष्णुकुमारी थापा १ र विपक्षी नेत्रविक्रम थापा हौं । भिममुक्तेश्वर गुठी अन्तर्गतको जग्गाहरु सबैले विर्षवालो गरी चलाई आएकोमा हामीहरुको आपसमा मुद्दा परी बारा जिल्ला अदालत बसडिलवा गुठी विर्ता मौजा जिमिन्दारी म नरेन्द्रविक्रमको नाउँमा भएको साविक बमोजिम कायम राखी उक्त मौजाको जग्गा जोत जिरायत समेत म नरेन्द्रविक्रमले चलाई आएको र मेरो जिउतासम्मलाई नै बाली नखोज्ने गरी निजले चलाउन भनी मिति २०२३।४।३२ गते काठमाडौं मालबाट मिलापत्र भई सोही बमोजिम आयस्ताबाट गुठी चलाई आएको छु त्यसरी भएको मिलापत्र बदर गरी भनी विपक्षी नेत्रविक्रम र विष्णुकुमारीले मेरो नाउँमा पर्सा जिल्ला अदालतमा उजूर गरी मिति २०३४।८।१९ मा डिसमिस फैसला भएको उक्त गुठीको जग्गा भिममुक्तेश्वर गुठीको नाममा नापी भई जग्गा कमाउने व्यक्ति क.प. इन्द्रध्वजलाई रकम बुझाउन बाँकी राखेमा पजनी बन्दोवत गर्न परी मिति २०२०।११।९।५ मा मोहनसिंह चमरिया कोइरिनी, किसुनदेव हजारा, धुरी महतो, ठगिया अहिरनी, इनरदेव राउत, राम सवारीदेवी, मनिफमियाँ, पतिया अहिरनी, बेलायत मियाँ, जगदिश राउत, कमल महतो, जगदेव राउत समेतका साथ पजनी बन्दोवस्त भई निजहरुबाट रकम आयस्ता चली आएको जग्गामा विपक्षी सुखी साह, रामअसिष साहको हक तथा दर्ता श्रेस्ता समेत नभएको बारा जिल्ला मौजे पोखरिया मटिपरियामा विपक्षी लखिचनको जग्गाहरु भएको सुखी साह तथा राम असिष नातादार समेत भएकोले यही मिति २०३३।१२।१२।३ का दिन बसडिलवा मौजामा विपक्षीहरु आई जग्गाहरु हेरी जग्गाहरु राम्रो र आवादलायक रहेछ, मेरो छोरा पशुपतिका नाउँमा बकसपत्र लेखी दिनुहोस् । विर्तावालाको भतिजा नेत्रविक्रम तथा विष्णुकुमारी ज्यू साथै हुनुहुन्छ, अहिले नै रसीद दाखिल खारेज समेत देखाई चाहिने रसीद लगतहरु खडा गरी गराई लिखत पारितको मुद्दा पारी फैसला गराई ती जग्गाहरु आपसमा बाँडी खाउँला भन्ने राय सल्लाह अनुसार लखिचनले मानी रामअसिषले लिखत गरी दिई सुखी साहुका नाउँबाट बारा जिल्ला इनरवासिरा गा.पं.वा.नं.कि.नं. ८६, ४१७, ४१९, ५३२, ५४०, ६६८, ७१६, ७२३, ७५५, ७७९, ७९६, ८०९, ७१, ४१८, ४७६, ५३३, ६६४, ६७१, ७२२, ७२४, ७७८, ७८०, ८०४ समेतको जम्मा जग्गा विगहा १३–११–६ को