निर्णय नं. ३५९२ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५९२ - बन्दीप्रत्यक्षीकरण भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/२९ २१९४ निर्णय नं. ३५९२ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रि.नं.२००८ आदेश भएको मिति : २०४५।८।२९।४ मा निवेदक : कारागार शाखा काठमाडौंमा थुनामा बस्ने ज्ञानबहादुर राना मगरसमेत विरुद्ध विपक्षी : श्री तनहुँ जिल्ला अदालतसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) तेश्रोपटक पारी डाँका गरेको ठहरिँदा मुलुकी ऐन चोरीको महलको १४(४) नं. अनुसार जनही १२ वर्ष कैद हुने तथा जरिवाना बापत ४ वर्ष थप कैद हुने, थुनुवा भागे भगाए बापत कारागार ऐन, २०१९ को दफा २४(३) बमोजिम बाँकी कैदको डेढीको हिसाबले ४ वर्ष १० महीना १६ दिन कैद हुनेमा ऐ.ऐनको दफा २४(६) बमोजिम उपल्लो हद कैद वर्ष २० हुने अर्थात् सो भन्दा बढी कैद लगत ठेक्नु कानूनसंगत नहुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री भानुभक्त शर्मा प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. टेकप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार, प्रतिवादी हामी रिट निवेदकहरु भएको डाँका मुद्दामा कसूर गरेको ठहरी म्यादी तथा जरिवानाको समेत गरी जम्मा १२ वर्ष २ महीना २ दिन कैद ठेकी मिति २०३३।१२।१२ देखि थुनामा राखेको कलम एक, भुपाल सिंको जाहेरीले वादी श्री ५ को सरकार, प्र.हामी रिट निवेदकहरु नै भएको डाँका ज्यान मुद्दामा विपक्षी नं. १ ले २०३७।७।४ मा फैसला गरी लागेको कैद वर्ष ६ र जरिवाना रु.५,२८६।८९ हुने भनी ठहर गरेको कलम एक, जि.का.कारागार शाखा तनहुँको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी हामीहरुनै भएको थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा विपक्षी नं. १ ले मिति २०३८।७।२४ मा ४ वर्ष १० महीना १६ दिन कैद हुने भनी भएको फैसलाले कलम एक, चन्द्रबहादुर भुजेलको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी हामी रिट निवेदकहरु नै भएको डाँका मुद्दामा दोश्रापटक पारी डाँका गरेको ठहर गरी ९ वर्ष कैद र जरिवाना रु.३१,०५०।– हुनेमा जरिवाना नतिरे बापत ४ वर्ष समेत जम्मा १३ वर्ष कैद हुने भनी विपक्षी नं. २ ले मिति २०३९।३।६ मा फैसला भएको थियो । ३. विपक्षी नं. १ ले ठहर तथा फैसला गरेको ३ कलम मध्येबाट सबै कलमको खत पटक खापी सजायँ गर्न नपाउने हुँदा उक्त उल्लिखित टेकप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार, प्रतिवादी हामी भएको डाँका मुद्दाको १२ वर्ष २ महीना २ दिन कैदको मात्र लाग्ने अन्य सानु कलमको कैद त्यसै भित्र पर्ने गरी कैदको लगत ठेकी कैद असूलउपर गर्नु भनी विपक्षी नं. ३ को नाउँमा जनाउ र हामी रिट निवेदकहरुलाई कैद म्याद ठोकुवा पुर्जी समेत २०३८।८।३० मा दिएको थियो । तत्पश्चात विपक्षी नं. ३ ले उक्त टेकप्रसाद समेतको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दाको भाग्ने अवस्था बसिसकेको कैद कटाई बाँकी ९ वर्ष ९ महीना २ दिन, भुपालसिंको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दाको ६ वर्ष कैद जरिवाना बापतको ४ वर्ष कैद र थुनुवा भाग्यो भगायो भन्ने मुद्दाको ४ वर्ष १० महीना १६ दिन समेत गरी जम्मा ३ कलम मुद्दाको मात्र २४ वर्ष ७ महीना १८ दिनको कैदको लगत ठेकिएको छ । ४. उल्लिखित लगत बमोजिमको कैद भुक्तान भएपछि मात्र विपक्षी नं. २ ले ठहर गरेको १३ वर्ष कैद लाग