निर्णय नं. २५९७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५९७ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: बैशाख अंक: १ फैसला मिति :२०४३/०१/०७ २४४९ निर्णय नं. २५९७ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. १८९५ आदेश भएको मिति : २०४३।१।७।१ मा निवेदक : का.प.जि.फुलबारी गा.पं.वा.नं. ७ बस्ने हर्कबहादुर श्रेष्ठसमेत विरुद्ध विपक्षी : वन डिभिजन कार्यालय काभ्रेपलान्चोकसमेत विषय : उत्प्रेषण (१) दर्ता तिरो भोगको नम्बरी जग्गा वन सीमाना भित्र पारी रोकुवा जनाएको समेतका सम्पूर्ण कारवाई कानुन अनुरुप मिलेको देखिन नआउने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलीरामकुमार आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छन् । २. हामी हिरालाल समेतको ससुरा कृष्णलालले रु.९९९।– मा २००४।८।३० मा का.प.मालमा रजिष्ट्रेशन पास गरी कृष्णचन्द ढुङ्गानाबाट राजीनामा गरी लिएको पूर्व रैकर खेत र कुवेरमानको विर्ता पश्चिम काक्रेली अधिकारीको विर्ता उत्तर कुवाले पानी खोल्सो दक्षिण मूलबाटो र कुवेरको विर्ता खोल्सो यति चार किल्ला भित्रको विर्ता जग्गा फार्सा गरी लिई विर्ता छँदा भोग गरी रहेको र विर्ता उन्मूलन भएपछि ०१७।२।१९ मा विर्ता रैकरमा परिणत गर्दा जम्मा तिरो रु.३।९० लागि दर्ता भएको र बसोवास गरी आएको र निवेदक हर्कलालको बाबु कुवेरमानले जयमणी ढुङ्गानाबाट रु.९९।५० मा २००५।५।५।२ र पुनः २००५।५।१७ मा फार्सा राजीनामा गरी लिएको २ कित्ता जग्गा विर्ता छँदा विर्ता र विर्ता उन्मूलन भई रैकरमा परिणत हुँदा कुवेरमानका नाउँमा २०१७।२।१९।४ मा रैकरमा परिणत गरी जम्मा तिरो रु.२।६६ तिरो लागी रैकरमा दर्ता भएको पूर्व नाल बन्दी खेत पश्चिम पानी ढलो उत्तर काक्रेली पाखो जाने बाटो दक्षिण भोजराज पाध्यायको यति ४ किल्ला भित्रको जग्गामा बसोवास भएको निवेदक श्यामकृष्ण श्रेष्ठको बाबा मोहनलालका नाउँमा ०१७।२।१९।४ मा विवरण गर्दा पेश गरेको राजीनामाको जग्गा रैकरमा परिणत हुँदा झारे बारीको पूर्व मानबहादुरको पश्चिम हिटीको पहिरो खोल्सो उत्तर खोल्सा दक्षिण मूलबाटो यति ४ किल्ला भित्रको कित्ता १ र मल्लेवारीको पूर्व काक्रेली अधिकारीको साँध पश्चिम कुवेरमानको साँध उत्तर खोला दक्षिण मूलबाटो यति चार किल्ला भित्रको कित्ता १ समेत जम्मा २ कित्ता जग्गा र निवेदक रत्नूलाल श्रेष्ठको दर्ता चतुरलाल श्रेष्ठले शिवनाथ पाध्यायसँग राजीनामा गरी २०२०।११।२५ र २०२१।५।३।३ मा समेत गरी २ पटक राजीनामा लिएको पूर्व पोते तामाङ र मानबहादुर पश्चिम रामकृष्ण श्रेष्ठको खोल्सो उत्तर मानबहादुरको मल्ल खोलो दक्षिण मूलबाटो यति चार किल्ला भित्रको जग्गा फुलबारी गा.पं.वडा नं.६ को कि.नं.२११, २२३, २२४ मिति ०३७।११।२९ मा मालपोत कार्यालय मार्फत रु.९०००।– मा राजीनामा गरी लिएको जग्गामा २ तले घर समेत भएको हामी निवेदकहरूले राजीनामा फार्से गरी आ–आफ्ना नाउँमा रैकर विवरण समेत गरी बसोवास गरी दर्ता चल र राजीनामा वालाबाट तिरो फुटाई भोगचलन गरी आएको जग्गा नापीका बखत फुलबारी गा.पं.वडा नं.६ को कि.नं.२१६ मा कि.का.भएको जोताहाको महलमा भीर बुटेन सैछाप भन्ने महलमा वन क्षेत्र चौहदीमा पूर्वतर्फ कि.नं. १३८ पश्चिम बाटो उत्तर कि.नं. १३८ दक्षिण बाटो यति चार किल्ला जनाई कित्ताकाट भएको रहेछ । सो कुरा नापी टोलीमा गई आ–आफ्नो