निर्णय नं. ३५९४ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५९४ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०७/१२ २८२० निर्णय नं. ३५९४ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको रिट नं. २२३४ आदेश भएको मिति : २०४५।७।१२।६ मा निवेदक : काठमाडौं न.पं.वा.नं.१४ ताहाचल बस्ने रिचार्ड ड्यूल टटल होलिडे नेपाल रिसार्टस प्रा.लि.हङ्गकङ्गको म्यानेजिंज डाइरेक्टर विरुद्ध विपक्षी : कर अधिकृत, कर कार्यालय, काठमाडौंसमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) विज्ञापन प्रबन्ध तथा व्यापार प्रबन्धका खर्चहरु भनी देखाइएको वा शंकास्पद आसामी भनी देखाइएका खर्चहरुको रकम सम्बन्धमा यथार्थ प्रमाण बील भर्पाई समेतको अभाव भएको, यथार्थ खर्चलाई समर्थन गर्ने प्रमाणको अभावमा क्षेत्रीय अदालतबाट राजश्व न्यायाधिकरणको निर्णय सदर गर्ने कुरालाई कानूनी त्रुटि गरिएको मान्न नमिल्ने । (प्रकरण नं. १८) (२) एउटै व्यक्तिले सञ्चालन गरी प्राप्त वा आर्जन गरेको आयको एउटै आय विवरण भरी पेश गर्नु पर्नेमा अलग अलग आय विवरण भरी आयकर ऐन, २०३१ (सं.स.) को दफा २४(२) उल्लंघन भएको अवस्थामा सो दफा प्रयोग गरेको भन्ने कर कार्यालयको निर्णय गैरकानूनी मान्न नमिल्ने । (प्रकरण नं. १९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ प्रत्यर्थीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री गौरीबहादुर कार्की आदेश न्या.महेशरामभक्त माथेमा : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर भई निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. हामी निवेदक होलिडे नेपाल कन्टिनेन्टल रिसोर्ट लि.नेपाल कानून अन्तर्गत दर्ता गरिएको कम्पनी नभए तापनि आयकर ऐन अन्तर्गत पेश गर्नु पर्ने आ.ब. १।१०।१९७९ देखि ५।८।१९८० को आय व्ययको विवरण समेत हामीले समयमै पेश गरेका थियौं । तर विपक्षी कर कार्यालयले यसरी पेश गरेको आय व्ययको विवरणलाई मान्यता नदिई आयकर ऐनको दफा ३३(३) बमोजिम आ.ब. १।१०।१९७९ देखि ५।८।१९८० सम्मको खूद आय रु.११,७८,५७८।१४ कायम गरी आय कर निर्धारण आदेश जारी गरेको थियो । ३. उक्त आयकर निर्धारण आदेश आधारहीन समेत हुँदा निर्णय बदर गराई हामीले देखाएको आय विवरण नै कायम गराउन राजश्व न्यायाधिकरण काठमाडौं समक्ष पुनरावेदन गरेका थियौं । उक्त निर्णय सारवान कानूनी त्रुटिपूर्ण भएकोले पुनरावेदनको अनुमति पाउँ भनी निवेदकले मध्यमाञ्चल क्षेत्रीय अदालत समक्ष निवेदन प्रस्तुत गरेका थियौं । म.क्षे.अ.बाट कर कार्यालय र राजश्व न्यायाधिकरणको निर्णयलाई सदर गरी निर्णय भयो । ४. क्यासिनो नेपालको आयमा पनि निवेदकलाई आयकरको भार वहन गराएको कानूनको ठाडो उपेक्षा र उल्लंघन छ । कानूनले आफ्नो बाहेक अरुको आयमा आय करको भार वहन गर्न नपर्ने समुचित व्यवस्था गरेको छ । क्यासिनो नेपाल र निवेदक छुट्टाछुट्टै निकाय र मालिकत्वमा रहेको छ । करदाताको हैसियतले क्यासिनो नेपालले विधिवत आयकर विवरण भरी आएको छ, त्यस्तै निवेदकको पनि छुट्टै आयकर दर्ता प्रमाण व्यवहार हुँदै आएको छ । तथ्यको यस परिप्रेक्षमा करारनामा अनुसार क्यासिनो नेपालको आयमा निवेदकलाई भार वहन गराएको कानूनको त्रुटि भएको छ । क्यासिनो नेपाललाई खर्च लेखेको ९,९०,५३२।८५ निवेदकको खूद आयमा समावेश गरेको आयकर ऐनको दफा २(क) र (८), ४, ५, ६ लगायतका कानूनी व्यवस्थाको विरुद्ध आवेदककै होलिडे नेपालले सम्झौतापत्र र