निर्णय नं. ३५९६ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५९६ - दर्ता बदर भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/२८ २४१५ निर्णय नं. ३५९६ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ८६४ फैसला भएको मिति : २०४५।८।२८।३ मा पुनरावेदक/वादी : दमक न.पं.वार्ड नं. १२ बस्ने रनमाया राईनी गुरुङ विरुद्ध विपक्षी/प्रतिवादी : दमक न.पं.वार्ड नं. १२ बस्ने लालबहादुर गुरुङ मुद्दा : दर्ता बदर (१) विधवा स्वास्नी मानिसले आफ्नो लोग्नेको सत्य डगाएमा सो लोग्नेको तर्फबाट पाएको अंश र त्यसबाट बढे बढाएको सम्पत्तिमासम्म त्यस्तो स्वास्नीको हक नरहने । (प्रकरण नं. १२) (२) आफ्नो लोग्नेको सत्य डगाई कुनै स्वास्नीमान्छे पोइल जान्छ भने सो लोग्नेबाट पाएको अंश र सोबाट बढे बढाएको सम्पत्तिमा निजको हक समाप्त भई हकवालाले पाउने । (प्रकरण नं. १२) (३) लोग्ने तर्फबाट पाएको अचल स्वास्नीको पेवाको सम्पत्ति हुने, निज स्वास्नी मानिस नमरेसम्म निजले आफू खुस गर्न पाउने निजी सम्पत्ति ठहरिने हुँदा पोइल गएको नाताबाट विपक्षीलाई हकदार मानी निजको नाउँमा नामसारी गर्ने ठहर्‍याएको मालपोत कार्यालयको निर्णय कानून अनुरुपको नदेखिने । (प्रकरण नं. १२) फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. मेरो श्रीमान चक्रबहादुर राई भारतीय सेनामा भएको अवस्था एक्सीडेण्टमा परी मृत्यु भएको क्षतिपूर्ति मैले पाई नेपाल आउन लाग्दा विपक्षीलाई भेटी सँगै नेपाल आई दमक न.पं.वा.नं.६ को ६ धुरजग्गा मञ्जूरनामा दिई मेरो नाउँमा खरीद गर्न पठाउँदा सो मञ्जूरनामा छिपाई प्रतिवादीले आफ्ना नाउँमा जग्गा दर्ता गराएछन, सो कुरा थाहा पाई भन्दा तुरुन्तै तिम्रा नाउँमा सारी दिउँला भन्दै विपक्षी मेरो घरमा संगै रहँदै बस्दै थिए, यसरी विपक्षीले मेरो श्रीमानको क्षतिपूर्तिद्वारा प्राप्त रुपैयाँबाट खरीद गर्ने गरेका जग्गा झुक्याई दर्ता गराएको बदर गरी पाउँ भन्ने समेत वादीको फिरादपत्र । ३. २०१८ सालदेखि नै आसामबाटै पति पत्नीको रुप कायम भई पैसाको जोहो भएपछि २०२६ सालमा नेपाल फर्की दमक गा.पं.वार्ड नं. ६ को कि.नं.१३२३ को जग्गा ६ धुर खरीद गरी घर बनाई १८ वर्ष सम्म वादी प्रतिवादीको सहवासबाट जायजन्म नभई दुबैजनाको सल्लाहले २०३४ सालमा अर्को विवाह गरेको पछि फिरादीले मलाई विचल्ली पार्नुहुन्छ होला भन्दा उक्त ज.वि.६ धूर फिरादीका नाउँमा पास गरी दिएको २०४० साल बैशाखमा मधुमल्ला बस्ने प्रेमबहादुरसंग वादी पोइल गएको थाहा पाई प्र.ले आफ्ना नाउँको जग्गा नामसारी गरी पाउन कारवाही चलाई प्र.का नाउँमा अब उजूर गर्ला भन्ने निश्चित देखि उक्त अपराध बाट बच्न सकिन्छ कि भनी म समेतउपर फौ.दा.नं. ५०४ को जालसाज मुद्दा दायर गरेको छन फिरादीले पनि चक्रबहादुरको उपदानबाट जग्गा किनेको भए उपदान पाएको प्रमाण समेत पेश गर्न सक्नु पर्ने सो समेत नगरेको झुठ्ठा दावीबाट अलग गरी मेरा नाउँ दर्ताको जग्गा कायम सदर गरी पाउँ भन्ने प्रतिवादीको प्रतिउत्तरपत्र । ४. वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने वादीको मेची अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. वादी दावी नपुग्ने ठहर्‍याई गरेको शुरु झापा जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मेची अञ्च