निर्णय नं. ३५९७ - हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५९७ - हक कायम समेत भाग: ३० साल: २०४५ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०८/१५ २३०८ निर्णय नं. ३५९७ ने.का.प. २०४५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ६५२ फैसला भएको मिति : २०४५।८।१५।४ मा पुनरावेदक/वादी : ललितपुर न.पं.वा.नं.६ प्यापोखरी बस्ने अकिलबहादुर खड्गी विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने ज्यानमाया खड्गीसमेत मुद्दा : हक कायम समेत (१) आफ्नो बाबुसित सम्बन्ध विच्छेद भइसकेपछि पनि आफ्नो साथमा रही घरको मुख्य भई घर व्यवहार गरी आएकी आमाले घर व्यवहार चलाउन भनी लिखतमै व्यहोरा पारी बिक्री गरेको व्यवहारलाई वादीको स्वीकृति नलिएको कारणबाट आधा बिक्री बदर भइसकेपछि फेरि सम्पूर्ण बिक्री नै बदर हुनु पर्ने भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १४) पुनरोदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद ढुंगेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. ल.पु.न.पं.वा.नं.६ थपाट टोल प्यापोखरीको पूर्व सिद्धिलालकै घर, पाताल केववारी, पश्चिम बाटो, उत्तर तुल्सी कसाईको घर, दक्षिण काजीमान ज्यापूको केववारी यति ४ किल्लाभित्रको पक्की घर र सो घरले चर्चेको लगापात समेतको घर १ सोही घर देखि पूर्वपट्टी संग जोडिएको घर थपाटोल बस्ने जितबहादुर कसाईले कमाएको केववारी, पश्चिम उक्त फार्छेको घर, उत्तर तुल्सी कसाईको घर, पाताल केववारी दक्षिण आफ्नै पर्खाल साथ यति ४ किल्लाभित्रको ज.रो. ०–२–३–२ को घर पाताल केववारी समेत मिति २०१५।११।१।५ मा सिद्धिलाल कसाईसंग रु.१,००१।– मा मेरो नाममा फार्छे पास भएको उक्त घर जग्गा सर्भे नापीबाट कि.नं.१४३२ कायम भएको छ । उक्त घर जग्गा ल.पु.जि.अ.बाट २०२९।१०।११ को फैसला बमोजिम २०३०।११।२१।४ मा चलन समेत चलाई पाएको छु । उक्त घर जग्ग ०–२–३–२ मध्ये रोपनी ०–१–१–३ जग्गालाई विपक्षी मध्येको आमा ज्यानमायाले विपक्षी लक्ष्मीकुमारी खड्गी लाई २०३९।८।६।१ मा राजीनामा गरी लिनुदिनु भएको कुरा २०४०।२।६।६ मा नक्कल सारी लिंदा थाहा पाएकोले मेरो हकभोगको घर जग्गा विपक्षी ज्यानमायाले दर्ता गराई विपक्षी लक्ष्मीकुमारीलाई बेचबिखन गरी दिएकोमा निजहरुको नाममा दर्ता भएको घर जग्गाको दर्ता लिखत बदर गरी मेरो हक भोगको घर जग्गामा समेत हक कायम गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. सर्भे नापी हुँदा मेरै नाउँमा नापी दर्ता भएको तिरोतिरान केही नलागेको कि.नं.१४३२ को क्षेत्रफल ०–३–३–२ कायम भएको घरजग्गा मध्ये उत्तरतर्फको क्षेत्रफल ०–१–१–३ घरजग्गा राजीनामा गरी दिन्छु भनी आग्रह गरेकोले मलाई पनि घरजग्गाको आवश्यकता परेकोले उक्त बमोजिमको घरजग्गा कित्ता १ रु.२०,०००।– मा ०३९।८।६।१ मा र.नं.८६९ बाट राजीनामा रजिष्ट्रेशन गराई लिएको हो मैले फिरादीका हक मेट्ने गरी लिएको र ज्यानमायाले दिएको नभई ज्यानमायाकै आर्जनबाट कमाएको धनले घर समेत बनाई बसी आएको स्ववासी घर जग्गा मध्ये स्त्री अंश धनको २ नं.बमोजिम आफखुस गर्न पाउने घर जग्गा मलाई राजीनामा गरी दिएको र मैले लिएको हुँ । दायरै हुन नसक्ने विपक्षको यो फिराद हुँदा अ.बं.१८० नं.बमोजिम सजायँ गरी झुठ्ठा दावीबाट फूर्सत गराई पाउँ भन्ने समेत व्यहोराको प्र.लक्ष्मीकुमारी खड्गीको प्रतिउत्तरपत्र । ४. फिराद दावीको घ